अरिङ्गाल आतंकः अरिङ्गालको टोकाइबाट एकै परिवारका ७ घाइते

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । असोज १४ , नुवाकोट, नुवाकोटको समुन्द्रदेवीमा आज अरिङ्गालको टोकाइबाट एकै परिवारका सातजना घाइटे भएका छन् । बाटोमा हिडिरहेको बेला एकासि अरिङ्गालको हुलले टोके पछि नुवाकोट समुन्द्रदेवी निवासी बिनु तामाङका साथै उनीसहित अन्य ६ जना घाइते भएका थिए ।

अरिङ्गालको टोकाइबाट घाइते भएका ती सबैको उपचार अहिले काठमाडौंको ग्रिनसिटी अस्पताल बसुन्धारामा भईरहेको छ । अरिगाल अरिङ्गालको टोकाइबाट १५ वर्षकी बालिकाको अवस्था गम्भीर रहेको छ, तीनको आईयुमा उपचार भई रहेको छ, भने अन्यको अवस्था खतरामुक्त छन् ।

स्मरण रहोस् यसभन्दा तीन दिन अघिनुवाकोटमै अरिङ्गालको टोकाइबाट घाइतेभएर ग्रिनसिटीमा उपचारका लागि ल्याएका घाइते उपचारका क्रममा मृत्युभएको थियो ।

नुवाकोटवासिका लागि अरिङ्गालको आतंक अहिले बढिरहेको छ । महिनामा मात्र दर्जनौं यसका सिकार भएका छन भने धेरै जसोको ज्यान जानेल गरेको छ । नुवाकोट प्रशासनले अरिङ्गाल नियन्त्रण गर्ने तर्फ समयमा नै ध्यानदिन अत्यन्त जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>