आईक्लाउडको सुरक्षा बढाउने एप्पलको घोषणा

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्नो स्टोरेज सेवा आईक्लाउडको सुरक्षा बढाउने घोषणा गरेका छन् ।आईक्लाउडबाट चर्चित हस्तीहरुको निजी तस्वीर चोरी र अनलाइन पोष्टपछि एप्पलले यो कदम चालेको हो ।

टिम कुकले वाल स्ट्रीट जर्नलसँग भनेका छन्-’हृयाकरले अब सही पासवर्ड अनुमान गर्नुपर्छ ।’ तस्वीर चोरीका क्रममा एप्पलको सुरक्षा घेरा भने नतोडिएको उनले बताएका छन् ।अब कुनै नयाँ डिभाइसबाट डाटा खोल्ने वा पासवर्ड परिर्वतन गर्ने प्रयास गरेर एप्पलले आफ्नो ग्राहकलाई अलर्ट गराउनेछ ।दई साताभित्र एप्पलले आफ्ना यूजरको गतिविधिका बारेमा नोटिफिकेशन पठाउने सुरु गर्नेछ ।

हालै मात्र हलिउडका हस्तीहरुको निजी तस्वीर अनलाइनमा प्रकाशित भएको थियो । अभिनेत्री जेनिफरले अनलाइनमा प्रकाशित आफ्नो नग्न तस्वीर असली भएको बताएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>