ईबोला तीब्र रुपमा फैलिदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

भदौं २४, एजेन्सी । विश्व महामारी इबोला संक्रमण तीब्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विशेषगरी लाईबेरियामा इबोला संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ ।

लाईबेरियामा इबोला संक्रमितको उपचारका लागि कम्तिमा १ हजार शैय्या आवश्यक भएपनि हाल २ सय ४० शैय्याको मात्रै व्यवस्था गरिएको छ । जसका कारण उपचारका लागि अस्पताल पुग्ने बिरामीहरु घर फर्कने क्रम बढ्दो छ । इबोला संक्रमणको संवेदनशीलता नबुझ्दा घर फर्किएका संक्रमितबाट अन्यमा समेत यो भाइरस सर्ने गरेको संगठनले जनाएको छ । प्रभावित मुलुकहरुमा उपनाइएको उपचार पद्धती पनि प्रभावकारी हुन सकेको छैन ।

इबोलाको संक्रमणबाट पश्चिम अफ्रिकाका गिनि, लाइबेरिया, सियरा लियोन र नाइजेरियामा गरी २ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>