काठमाडौं क्षेत्र नं. ५ मा ७१.१४ प्रतिशत मत खस्यो (विवरण सहित)

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा, २०७४ मंसिर २१|काठमाडौँ – दोश्रो चरणको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज सम्पन्न मतदानमा काठमाडौँ क्षेत्र नम्वर ५ मा ७१.१४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा काठमाडौं क्षेत्र नम्वर ५ मा ७१.१४ प्रतिशत मतदान भएको जनाएको हो । आज सम्पन्न मतदानमा काठमाडौं क्षेत्र नम्वर ५ मा कुल ६४,५२६ मत मध्य ४५,९१२ मतदान भएको आयोगको भनाई छ।

काठमाडौं क्षेत्र नम्वर ५ अन्तरगत कुन ठाउँबाट कति मत खसे ?प्रदेश-३(ख)

टोखा नगरपालिका
वडा नं. २ – मतदाता संख्या- ३०१६     खसेको मत- २६७३
वडा नं. ३ – मतदाता संख्या- ४३२७    खसेको मत- ३५५३
वडा नं. ४ – मतदाता संख्या- २२४०    खसेको मत- १७०१
वडा नं. ५ – मतदाता संख्या- २४१९    खसेको मत- १७७५
वडा नं. ६ – मतदाता संख्या- ३०८१    खसेको मत- २२३३
वडा नं. ७ – मतदाता संख्या- २८५४   खसेको मत- २०७६

बुढानिलकण्ठ नगरपालिका
वडा नं. ३ – मतदाता संख्या- २४१३    खसेको मत- १७९५
वडा नं. ४ – मतदाता संख्या- २६१५   खसेको मत- २०३६
वडा नं. ५ – मतदाता संख्या- १५२९   खसेको मत- ११९९
वडा नं. ६ – मतदाता संख्या- २२७३  खसेको मत- १७७०
वडा नं. ७ – मतदाता संख्या- २०५०  खसेको मत- १४९०

प्रदेश-३(क)

काठमाडौं महानगरपालिका

वडा नं. २ – मतदाता संख्या- ५११७     खसेको मत- ३२५०
वडा नं. ३ – मतदाता संख्या- ९८४७    खसेको मत- ६३७५
वडा नं. ४ – मतदाता संख्या- १४६९४  खसेको मत- ९६९१
वडा नं. ५ – मतदाता संख्या- ५७५१   खसेको मत- ४०४५

कुल मतदाता संख्या- ६४५२६  खसेको मत ४५९१२

त्यसैगरी पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>