काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को योंग नेपालले गर्यो उम्मेद्वारहरु संग साक्षतकार एबं चियापान कार्यक्रम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा | काठमाडौँ, २०७४ कार्तिक २६- बिभिन्न सामाजिक गतिबिधि एबं खेलकुदको माध्यमबाट परिचित योंग नेपाल संस्थाले एक कार्यक्रम आयोजना गरि प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका उम्मेद्वारहरु संग साक्षतकार गरेको छ |

योंग नेपालका अध्यक्ष राजन लामाको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ निर्बाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य डा.प्रकाश शरण महत थिए | बिशेष अतिथि प्रदेश सभा २ “ख”को उम्मेद्वार रमेश कुमार खड्का साथै अन्य अतिथिमा सामानुपातिक मनोनयनमा परेका उम्मेद्वार मनिष जोशी सागर खनाल भीमसेन खत्री प्रम बहादुर खड्का लगाएतका अतिथि हरु रहेका कार्यक्रममा योंग नेपाल टिमका उल्लेखनीय युवा उपस्थित थिए |

कार्यक्रममा बोल्दै मनिष जोशीले योंग नेपाल संगको आफ्नो सम्बन्ध खेलकुदको मध्यमबाट भएता पनि योंग नेपालले गरेको बिभिन्न सामाजिक काममा संगै अगाडी बढ्ने मौका पाएकोमा योंग नेपाल प्रति आभार ब्यक्त गरेका थिए | आउदै गरेको प्रतिनिधि साभा र प्रदेश सभाको चुनाबमा योंग नेपालको टिम जस्तै गरि सबै युवा बर्गले प्रजातन्त्र माथी आस्था राख्ने लोकतन्त्रको मुल्य र मान्यता मान्ने नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गराउन आग्रह गरेका थिए |

कार्यक्रमका बिशेष अतिथि रमेश कुमार खड्काले आफ्नो मन्तब्य राख्दै युवा सहभागीता देखेर आफु खुशी भएको बताउदै युवाहरुको समस्या समाधान तर्फ आफु लागीपर्ने बताए | कार्यक्रमका प्रमुख अतिथि डा.प्रकाश शरण महतले युवाहरुको जोश र जाँगरको सम्मान गर्दै युवाहरुको लागी रोजगारी उधमशिलता लगानीको बाताबरण बनाउदै सम्बृद्धिको बाटो तर्फ अगी बढाउने कुरामा जोड दिनु भएको थियो |

योंग नेपाल सुशासनको लागी काम गर्नुपर्ने कुरामा जोड दिदै आएको संस्था हो यस संस्थाले भूकम्प पछिको राहत वितरण र पुन निर्माणमा देशको ग्रामीणक्षेत्रमा पुगेर धेरै कार्य समेत गरेको कार्यक्रमका सभापति राजन लामाले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>