काठमाडौं फुटभली संघको नेतृत्वमा हरी महर्जन

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

सोमवार, असार २६, काठमाडौं : राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको फुटभली संघको काठमाडौं समिति गठन भएको छ । जिल्ला खेलकुद विकास समिति काठमाडौंको सभाहलमा सम्पन्न भेलाबाट हरी महर्जनको अध्यक्षयतामा जिल्ला फुटभली संघ काठमाडौंको नौ सदस्यीय समिति गठन भएको छ ।

काठमाडौं जिल्ला समिति गठन कार्यक्रमा नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुव्रराज न्यौपाने, दक्षिण एशियाली फुटभली संघका महासचिव पुरु जोशी, जिखेविस उपाध्यक्ष एवम फुटभली संघका महासचिव बद्रि भट्राई, लोकतान्त्रिक खेलकुद संघका सदस्य राजु विक्रम थापा, काठमाडौं जिखेविस कार्यालय प्रमुख लिलाराम बस्नेत लगायतले शुभकामना तथा बधाई दिनु भएको थियो।

हरी महर्जनको नेतृत्वमा रहेको समितिमा उपाध्यक्ष शेखर डंगोल, सचिव नविन महर्जन, कोषाध्यक्ष अनु सापकोटा, सदस्यहरुमा राजन लामा, सागर कार्की, विष्णु मगर, निरन्जन डङ्गोल, प्रकाश महर्जन लगायत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>