केही राष्ट्रिय रोग : एक अनुसन्धान~भैरब अर्याल~

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

Bhairab_Aryal_Kantipurभैरव अर्याल –  छोटो परिचय

भैरव अर्याल (Bhairav Aryal) (वि.स. १९९३-२०२३ / स.न्. १९३६-१९६६) नेपाली साहित्यको हास्य व्यङ्ग्य फाँटका महान् प्रतिभा हुन् । उनको जन्म वि.स. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो भने उनको निधन काठमाडौँको गोकर्णमा वि.स. २०२३ मा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनले काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दश औतार आदि हास्य व्यङ्ग्य निबन्धका पुस्तकहरू लेखेका छन् ।

सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति  व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो । मानवीय स्वभावमा रहने कमी कमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको ‍उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन्। उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग  गर्न पनि उनी खप्पिस छन् ।

यसरी ३० वर्षमै अकाल मृत्युले आफ्नो ज्यान गुमाउनु परे पनि तीस वर्षको त्यो छोटो अवधिमै नेपालको हास्य व्यङ्ग्य निबन्धका क्षेत्रमा आफ्ना साहित्यिक रचनाले ठूलो योगदान पुर्‍याएका प्रसिद्ध हास्य व्यङ्ग्य निबन्धकार भैरव अर्याल साँच्चै नै एक महान् साहित्यकार हुन् ।

केही राष्ट्रिय रोग : एक अनुसन्धान

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेरझण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरीखोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरीगर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँजतिसुकै बढे पनि के लाग्यो र, बिरामीको सङ्ख्या बेकार स्नातकझैँ दिन दोब्बर रात चौबर बढेको छ, छ ।

नपत्याए नि:शुल्क अस्पतालहरूमा हेर्नजानोस् कक्षामा मानौँ एउटा भव्य प्रोसेसन ने चलेको हुन्छ । तै हाम्रा कतिपयडाक्टरसाहेबहरु स्टेथोस्कोप सुघाउनासाथ रोगको गन्ध पाइहाल्नुहुन्छ रमात्रै हो, नत्र गयाका पण्डाले श्राद्ध गराएझैँ आएजति बिरामीलाई लस्करैराखी आफ्नोआफ्नो रोग सम्झेर मम भन्नोस् भनी सामूहिक जाँच गर्नुपर्लाभनेजस्तो भइसकेको छ । यसै त टेलिफोनको कल आयो कि दमकलझैँ कुद्नुपर्नेडाक्टरी पेसा, त्यसमाथि टोलटोलमा क्लिनिकको साइनबोर्ड झुन्डयाएरप्रतीक्षारत औषधिपसल । यो असल कि उ असल ? सबभन्दा राम्रो आफ्नै बिरामी- पसल। अब तपाईं नै भन्नोस्, यस्तो बेफुर्सदीको अवस्थामा डाक्टरसाहेबहरुबाटनयाँनयाँ रोगको रिसर्च कसरी होला ?

त्यसैले त आजदेखि यो महत्त्वपूर्ण कार्यभारमैले लिँदै छु । मैले नै नलिई नहुने कारण अर्को के पर्‍यो भन्नुहुन्छ भनेमेडिकल साइन्स हाम्रो विध्या नै होइन । समुन्द्रपारिको साइन्स पढेरटुकुचावारिपारिका रोगहरुको रिसर्च कसरी गर्ने ? मेडिकल साइन्स मात्र पढेकोडाक्टरसाहेब कसैलाई एक दिन बिहान विष्णुमतीको भ्रमण गराइदुनोस्, त्यहाँकोपोजिसनबद्ध प्रोसेसन देख्ता उहाँ पक्कै सोच्नुहुनेछ काठमाडौँमा कलेरा बढेछ ।वास्तवमा त्यो कलेरा होइन, काठमाडौँ सहरको टिपिकल रोग हो भन्ने कुराउहाँलाई कसले बताइदेओस् । त्यस्तै दिन बैँसैमा कुप्रिएका कतिपए तन्नेरीलाईदेख्ता डाक्टरसाहेब आत्तिँदा हुन्… धनुष्टङ्कारले धेरैमाई खतम पार्न लागेछ; वास्तवमा उहाँलाई कसले बताइदेओस्; यो धनुष्टङ्कार होइन, पौने पेटकोचमत्कार हो । अधिकांश नेपालीहरु साँझबिहान पौने पेट पाने- रोटी, दिउँसोहोटेलमा हाफ प्लेट आलुदम खान्छन् भन्ने रहस्य मेडिकल साइन्सका पुस्तकमाकहाँ लेखेको छ र ? हामी भिँडेखोर्सानीमा भिटामिन ‘ए’ पाउँछौँ, भ्यान्टामाभिटामिन ‘भि’ देखि ‘जेड’ सम्म; टिनका भाँडाकुँडामा परेजति पदार्थ स्वत:प्रोटिन भैहाल्छन्; कालो भाँडामा पाकेजति सबै क्याल्सियम । त्यसैले त मभन्दै छु अब धन्वन्तरिको आयुर्वेद, हिप्पोक्रेटिसको एलोप्याथी रह्यानिम्यानको होमियोप्याथी कुनैबाट पनि हाम्रो देशका खासखास रोगको पत्तालाग्न सक्तैन ! तर धन्दा नमान्नुहोस्, शास्त्रै नयाँ आविष्कार गरेको छु-आधुनिक नेपालोप्याथी ।

यो नयाँ अनुसन्धान र आविष्कारमा लागेबापतमैले पनि कमसे-कम हाललाई कायममुकायम डाक्टरको दर्जा त पाउनै पर्ने हो, तरहाम्रो समाजको आधुनिक परम्परा अलि बेग्लै छ, मैले रोगहरुको अनुसन्धान गर्नलागेको सुइँको पाउनासाथ कतिपय डाक्टरहरु हाम्रो अधिकारमा हस्तक्षेप गर्‍योभनी उजुर गर्न पाल्नुहुनैछ; कोही इष्टमित्रचाहिँ यो छुसीले चाहिँदो-नचाहिँदो आयक्टिभिटी देखाएर हामीभन्दा पुग्ने दाउ ल्यायो भनी खुट्टो तान्नथाल्नुहुनेछ । कोही बान्धव फलानाको मगज त सुइँकेछ नि भन्दै सम्भावित मेन्टलहस्पितलको पेसेन्टलिस्टमा मेरो नाम दर्ता गराउन पुग्नुहुनेछ भने कुनैहितैषि साथीले चाहिँ फलानाको दृष्टिकोण अलि वक्र छ है भन्ने जनाउ ठाउँमापुर्‍याएर भद्रगोल जेलको वेटिङ लिस्टमा मेरो नाम टिपाउन सहयोग गर्नुहुनेछ ।तर जोसुकैले जेसुकै भने पनि मेरो अनुसन्धानलाई भोलिको समाजले ठीकभन्नुपर्नेछ र मरणोपरान्त एउटा ठूलो पुरस्कार मेरो नाममा पन्छाइनेछ भन्नेनिश्चित छ ।

दिव्य बाह्र घण्टाको अनुसन्धानपछिनेपालोप्याथीअनुसार मैले केही नयाँ रोगहरु पत्ता लगाएको छु र यिनकोभाव-प्रभाव बुझ्दा म के निष्कर्षमा पुगेको छु भने आधुनिक नेपालका यीराष्ट्रिय महारोग हुन् । यी बिसेक नभएसम्म न देश स्वस्थ हुन्छ, न देशवासीकैइच्छा पुग्छ । यो के झर्कोलाग्दो भूमिका भट्टयाइरहन्छ; रोगै बताइदिए तभइहाल्यो नि भन्नुहोला; लौ टिप्तै जानोस्-

नं. १- अहिलेसम्मका डाक्टरसाहेबहरुलाईकोन्डिस मात्र थाहा छ; उहाहरु भन्नुहुन्छ- जोन्डिसमा रोगीहरुको आँखा पहेँलोहुन्छ र उसले सबै पहेँलै देख्न थाल्छ । तर नेपालोप्याथीअनुसारजोन्डिसभन्दा खतरनाक महाजोन्डिस भन्ने रोग हुन्छ । यो लागेपछि रोगीका आँखासाह्रै विचित्र भई बदलिन्छन् र उनीहरुले आफूबाहेक अरु कसैलाई मान्छे नैदेख्तैनन् । धाक रबाफ र कटु जबाफ यस रोगका प्रारम्भिक लक्षण हुन्; रोगबढ्ढै गएपछि रोगीको हात लुलो तर जिभ्रो तीखो हुँदै जान्छ । ऊ कसैसित मिलेरकाम गर्न सक्तैन; त्यसैले एउटा आरामकुर्सीमा राखेर दिनभर आत्मपुराणफलाकिरहू भनी छाडिदिनुपर्छ । महाजोन्डिस पोज, मोज र भोजबाट फैलने रोग हो ।बेलामा उपचार हुन नसके रोगीज्यूहरु सम्झेजतिलाई सराप्तै गल्लीगल्लीभुस्याहा कुकुर घुकाएर रल्लिन थाल्नुहुन्छ । यो रोग प्राय:बुद्धिजीवीवर्गमा लाग्दछ ।

नं. २- गनेरियाजस्तै अर्को नयाँ रोग पत्तालागेको छ- चमेरिया । तर यो जाँघबाट होइन, जिभ्राबाट पस्ने रोग हो । यसलेछुनासाथ मान्छेको जिभ्रो चिरिएर आउँछ र केही दिनपछि नै दुई फ्याक हुन्छ ।चमेरियाका रोगीको आँखा चनाखा हुन्छन् । हात लामो हुन्छ । यो रोग लागेकोपहिले कत्ति पनि चिनिँदैन, यसैले रोगीले सबैका ढोकामा सम्मानसाथ प्रवेशपाउँछ, तर धोका नदिई निस्कन सक्तैन । चमेरिया अन्तिम स्थितिमा पुगेपछिरोगीको सर्वाङ्ग सिनोझैँ गह्नाउन थाल्छ तर गह्नाउनुभन्दा अघि नै रोगीलेधेरैलाई आफ्नो रोगको कुप्रभाव पारिदिइसकेको हुन्छ । चमेरिया भन्ने रोगराजनीतिक रन्डीबाजीबाट उत्पन्न भएको हो भन्ने कुरा उहिल्यै पत्ता लागिसकेकोछ ।

नं. ३- खास गरी जागिरदारहरुलाई बराबर दु:खदिने अर्को नयाँ रोग छ- पद प्रेसर । ब्लड प्रेसरजस्तै यो पनि दुई किसिमकोहुन्छ- हाईपद प्रेसर, लोपद प्रेसर । हाईपद प्रसर लागेको छ भने हरहमेसाजाँडको पुङ्गोमा डुब्ने मान्छेको खप्परबाट पनि अपुङ्गोको बास्ना आउँछ, आफ्नो नाम लेख्न जानेपछि जुनसुकै काम गर्न सकिन्छ । लो प्रेसरले सताएको छभने कानमा झ्याउँझ्याउँ गरेर हिँड्न-सुत्न दिँदैन । जति माथि पुग्यो उति लोप्रेसरले सताउँछ । यसलाई करकर पनि भन्छन् । तर हाई वा लो जुनसुकै प्रेसरलागे पनि नियमकानुन भनी मुख बारिरहनु पर्दैन ।

नं. ४- नेपालोप्याथीअनुसार अर्को एउटाचर्को रोग पत्ता लागेको छ- कन्सुत्ले । कहाँकहाँ कसकसले केके कुरा गरे, तीसबै पहिले शान्त भएर आफ्नो कानभित्र पर्नु र जोजोसँग सम्बन्धित छ, उसउसकाकानमा सुलुत्त पसालिदिनु कन्सुत्ले रोगको प्रमुख लक्षण हो । कन्सुत्लेलागेका रोगीहरु जाँचताकाका टयुसन मास्टरझैँ अथवा सोह्रसरादका पुरेतबाजेझैँअथवा भनूँ दसैँका फौबन्जारझैँ चौबीसै घण्टामा पच्चीसतिर पुगेर कुराकोलेनदेन गर्दछन् । कतै केही पाइएन भने ‘बुझ्नुभो फलानाज्यू, तपाईंलाईफलानाले फलान्थोक भन्थ्यो है’ भनी मनगढन्त कुरा सुनाएर पनि कन्सुत्लाहरुएकअर्काका बीच फाटो पारेर आफ्नो जिभ्रो कन्याउँछन् । ‘फलानाले फलानो दिनठीक यति बजे यतिपल्ट डकार्‍यो; त्यसैले त्यो दिन राति उसले कतैबाट एउटाबासी पेडा खाएको हुनुपर्छ’ भन्ने जस्ता अनुमान गरि त्यो पेडा ख्वाउने कोहोला र किन ख्वायो होला भनी गम्दागम्दै रातभर ननिदाउने कन्सुत्ले रोगीहरुपनि मैले धेरै पत्ता लगाएको छु ।

नं. ५- बिफरजस्तै अर्को सङ्क्रामक रोगपत्ता लागेको छ- ‘रे’ मेनिया । तिलजत्रो कारणबाट पहाडजत्रो सम्भावना सोचीहल्ला गर्दै हल्लिनु ‘रे’ मेनियाको पहिलो लक्षण हो । टाइमचोर र कामचोरलाईयस रोगले बढी आक्रमण गर्छ । नेपालोप्याथीअनुसार ‘रे’ मेनियाका रोगीहरुमासोच्ने शक्ति र तर्क गर्ने क्षमता केही हुँदैन; त्यसैले उनीहरु फुटपाथमाउभिएर मन्त्रिमण्डलको सूची बनाउँछन्; साइकलमा गडेर नवग्रहको निर्णयसुनाउँछन् । अझ ‘रे’ मेनियाका रोगीलाई यसपालि तिम्रो पनि भाग्य खुल्नेसम्भावना छ रे भनिदिनू; उसले स्वास्नीको सारी बन्धकी राखेर एउटा आडभान्सपार्टी बोलाउन बेर छैन ।

नं. ६- नेपालोप्याथीले अर्को एउटा नयाँ रोगपत्ता लगाएको छ, जसको नाम हो नामाञ्ची । हुन त दुनियाँमा जति मान्छेजन्मन्छन् सबैलाई आफ्नो नाम राख्ने धोको हुन्छ । तर जब यो सामान्यबाटअसामान्यमा परिणत हुन्छ, नामाञ्चीको रोगले छोएको बुझ्नुपर्छ । आलुबारीकोउत्खननदेखि शौचालयको शिलान्याससम्म के गरेमा ठूलो अक्षरमा नाम छापिएलाभन्ने नामाञ्चीको ध्याउन्न हुन्छ । रेडियोमा दिनको पन्ध्रोटा फर्माइसीपठाएर हुन्छ कि, सागपात केलाउने समितिको अध्यक्ष भएर हुन्छ कि, दिनकोचारोटा भाषण गरेर हुन्छ कि, साताको एउटा वक्तव्य प्रकाशित गरेर हुन्छ, नामाञ्चीका रोगीहरुलाई नामै चाहिन्छ । नेपालोप्याथीमा उल्लेख भएअनुसारदुनियाँको बजारमा नामको भाउ साह्रै महँगो छ; बिनाकाम नाम आउँदैन, तरनेपालका नामाञ्चीहरुलाई कामकुराको होइन, नामसुराको तिर्खाचाहिँ यस्तरीलाग्दछ कि कोठाको भित्ताभरि आफ्नो शुभकामना आफ्नै हस्ताक्षरमा लेखेर पनिउनीहरु तिर्खा मेट्न सर्माउँदैनन् ।

नं. ७- नेपालोप्याथीले अन्त्यमा एउटाव्यापक रोगको चर्चा गरेको छ । अधिकाशं जनातालाई बराबर दु:ख दिने यसमहारोगको नाम हो- पकेटोक्य्रासिस । झ्याउरे अनुहार, दाउरे जीउ र चाउरे गालापकेटोक्य्रासिसका लक्षण हुन् । यो बढ्दै गएपछि फेमेलियोसाइटिस पनि हुनसक्छ भनी एक अनुभवीले बताएका छन् । खास गरेर यो रोग शिक्षित बेकार रन्यूनवैतनिक कामदारहरुमा बराबर लागेको देखिन्छ ।

अहिले पत्ता लगाएका मुख्यमुख्य रोग यिनैहुन् । अनुसन्धान गर्दै जाँदा फेरिफेरि पत्ता लागेका जति फेरिफेरि बताउँदैजाउँला भन्ने उम्मेद छ; अब मलाई डाक्टरको दर्जा दिने कि नदिने त्यसबारेतपाईंहरु छलफल गर्दै गर्नुहोला ।

(श्रोत: इतिश्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>