गजराज जाेशी स्मृति कपको पाचौँ दिन, दुबै खेल बराबरीमा सम्पन्न

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । भाद्र ५ । काठमाडौं । श्री भगवती क्लवको आयोजनामा टोखाको भुटखेल खेल मैदानमा जारी उत्तर भेगिय गजराज जाेशी स्मृति कप २०७४ फुटबल प्रतियाेगितामा आज   द काेरल क्लब, धापासी र समाज कल्याण खेलकुद केन्द्र बीच भएकाे पहिलो खेल गाेल रहित बराबरीमा सकिएको छ ।

त्यस प्रतियोगिताको दोस्रो चरणको मदन भण्डारी स्पोर्स एकेडेमी र न्यू जुनतारा युवा क्लब बीच भएको खेल १-१ गोलको बराबरीमा सम्पन्न भएको छ ।

त्यस्तै गरी हिजो भएको पहिलो चरणको खेलमा सदावहार खेलकुड समाज कपन ले द टोखली ब्वाइज लाई ८ गोलको अन्तरले जीतेको छ भने प्रतियोगितको दोस्रो चरण अन्तर्गतको आयोजक टिम भगवती क्लव बी  र अमर ब्रदर्श क्लब टोखा बीच भएको खेलमा भगवतीले जीतेको छ ।

भगवती  बी  ले अमर ब्रदर्शलाई २ का विरुद ३ गोल गरेर जीतेको थियो ।

प्रतियोगिता भोलिको खेल गाम्चा युवा क्लव र भगवती क्लव ए बीच पहिलो चरणको खेल हुदैछ भने दोस्रो चरणको खेलमा सानाे गौचरणर र बाल प्रेमी बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>