जहाज डुब्ने भो

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

सुवर्ण महर्जन
नगाउँ की.न.पा-१६

नयाँ वर्षको आगमन सँगै बसन्त ऋतुको हरियाली छाई सके,
अचेल दलहरु सक्रिय हुने समय आईसके ।

देश बनाउने हस्तिहरु दनादन आगो बाली रहे
कर्मठ यूवा शक्तिहरु बिदेश पलायन भई रहे ।

यही कछुवा चालले देश लाखौँ ढिला हुने भो,
त्यहि बदलिंदो समय चिन्न सकेन भने जहाज डुब्ने भो ।

पटक पटक तुहाई सक्यो जनताका इच्छा आकांक्षा हरे,
२१ औँ शताब्दीमा उँभो लाग्नु पर्ने उँदो लागी रहे ।

यता ग्याँस बल्दैन उता संविधान बन्दैन,
जहाँ काम गर्न खोज्यो लोडसेडिगको चाल पाउँदैन ।

हुनेले, जेनेरेटर, इन्भटर, व्याट्री कोठामा आँगन उज्यालो,
भद्र गरीबिलाई अर्थ तन्त्रले झन् समायो कठालो ।

जसले जे भने पनि यव अवस्था क्षण भरको सुख मात्र हो,
खई कहिले देशमा सदासदाको लागि उज्यालो हुने हो ।

जहाँ जता यल्लीमा सोध मुखमा यही छ नोट,
माग्ने बेला भोटै भोट दिने बेला चोटै चोट ।

डिग्री पास गरे नोकरी छैन,
पैदल हिंडे धुवाँ धुलो सिवाय् स्वच्छ हावै छैन ।

विकासको नाममा यहाँ सार्क सम्मेलन आउँछ,
रातारात पार्क मार्क कहीं सडक कतै खाल्डै हुन्छ ।

जबसम्म संविधान बन्दैन,
तबसम्म नागरिक चुप हुँदैन ।

अब बन्ने सविधान बरदान सावित होस्,
यही सबै सबैको आवाज होस् ।

(यो कविता ८ औँ जन साहित्य समेलनमा उत्कृष्ट भएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>