जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर ढलेको दिन

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

जेठ ३ । आज जेठ ३, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर ढलेको दिन । आजैका दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीतको चितवनको दासढुङ्गा दुर्घटनामा परेर निधन भएको आज २३ वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते पार्टी कामको शिलशिलामा चितवनतर्फ जाँदैगर्दा दासढुङ्गामा जीप दुर्घटना हुँदा उहाँहरुको निधन भएको थियो । जनताको बहुदलीय जनवादका प्रवर्तक भण्डारी र कुशल संगठक आश्रीतको दुर्घटनाबाट भएको मृत्युलाई एमालेले हत्याको संज्ञा दिँदै आएको छ । मदन आश्रीतको स्मृतिमा आज एमालेले दाङलगायत मुलुकभरि विभिन्न कार्यक्रम गरेर उहाँहरुको स्मरण गरेको छ । दुर्घटनामा जीपका चालक अमर लामा भने बाँच्न सफल हुनुभएको थियो । मदन–आश्रीतको हत्या भएपछि एमाले पटक–पटक सरकारमा पुगे पनि अहिलेसम्म हत्यारा पत्ता लगाउने विषयमा कुनै तदारुकता देखाउन सकेको छैन । तत्कालीन सरकारले यसलाई दुर्घटना भने पनि एमालेले हत्या भएको दावी गरेको छ ।

मदन भण्डारी र जीवराज आश्रीतको मृत्युपछि एमालेमा नेतृत्वको खडेरी देखिएको छ, भने पार्टीभित्र गुटबन्दी पनि हावी भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा अघि बढेको एमालेले त्यसको स्वामित्वमा समेत एकाधिकार जमाउन नसकेको कार्यकर्ताको गुनासो छ ।

के हो मदन भण्डारीको परिचय ?
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपाको आन्दोलनले निश्चित रूपमा नयाँ नेपाल बन्ने र नेपाली जनताको आमूल परिवर्तनको सपना पुरा हुने सम्भावना थियो ।

कास्कीको पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनलगायत तराईको पार्टी कामको सिलसिलामा, तत्कालीन परिस्थिति देशी बिदेशी साँठगाँठका कारण दासढुंगामा उहाँको सुनियोजित षड्यन्त्रका साथ हत्या गरियो । यो घटना देख्दादेख्दा सामान्य लाग्ने जस्तो देखिए पनि भयावह राजनैतिक चक्रव्यूह थियो जुन जेष्ठ ३ गते भयो । सारा मुलुक शोकमा डुवेको थियो । जनताहरु स्तव्ध भएँ नेपाली धर्ती रोइन् । एक राष्ट्रवादी विलय हुँदा कतिले लाश नभेटुञ्जेल खाना खाएनन् त कतिले कपाल समेत खौरे । घटनाका दोषीलाई सजाय दिनु कता हो कता घटनामा संलग्न अमर लामालाई समेत केहि वर्ष पहिले हत्या गरियो ।

जननेता भण्डारी पूर्वी पहाड ताप्लेजुङमा पिता देवीप्रसाद भन्डारी का माइलो छोरोका रूपमा शिक्षित परिवारमा जून २७, १९५२ मा भएको हो । ताप्लेजुङमा सामान्य पढाइ सकेपछि आचार्यसम्म र एम. ए. गर्न बनारस विश्वविद्यालय जानुभयो र डबल एमए गर्नुभयो । भोजपुरमा जन्मिएर मोरङमा अध्ययन गर्ने र पार्टीको कार्यकर्ता विद्या देवी पाण्डे त्यतिबेला उहाँ अखिल पाँचौंको तर्फबाट महेन्द्र मोरङ क्याम्पसमा स्ववियुको पदाधिकारी र भूमिगत ढंगले मालेको महिला संगठनलाई बढाउने हिसावले मोरङमा बस्दा तत्कालीन मालेको निर्णय बमोजिम जनावादी विवाह भएको हो भनिन्छ । 


मदन भन्डारीको राजनीतिक यात्रा र नक्सलवादी आन्दोलन र तत्कालीन झापा सशस्त्र बिद्रोह पुष्पलालले खोल्नुभएको विद्यार्थी मोर्चाको सेन्ट्रल कमिटीको मेम्वर हुनुभयो । पुष्पलालले खोल्नुभएको विद्यार्थी मोर्चा को सेन्ट्रल कमिटीको मेम्वर हुनुभयो १९७२ आर्थात् २०२८ सालमा बनारस विश्वविद्यालयमा बनारस पढ्न जाँंदा ‘को’ समयमा नै उहाँ बाम्पन्थी राजनीतिक प्रभावमा परिसक्नुभएको थियो र उहाँ पढाईमा अत्यन्त तेजिलो हुनुहुन्थ्यो, कविता, जनवादी गीतका रचयिता पनि हुनुहुन्थ्यो ।

नेपालका वामपंथी शक्ति, प्रजातान्त्रिक शक्ति र राष्ट्रवादी शक्तिहरुले जननेता भन्डारीबाट सिक्नुपर्ने विषय धेरै छन् । उहाँ सिद्धानतमा अडिग हुनुहुन्थ्यो, कार्यनीति तय गर्दा जैले पनि जनता र देशको स्वार्थ हेर्नुहुन्थ्यो र आर्थिक रूपमा उहाँ कुनै कुरामा विवादमा आउनु भएन । त्यत्रो पार्टिको महासचिव जस्तो शक्तिशाली पद ग्रहण गर्दा पनि सामान्य डेरामा बस्नु हुन्थ्यो । काठमाडौंँमा उहाँको कुनै घर थिएन । वर्ग विश्लेषण र वर्ग बीचको अन्तर्बिरोध र त्यसको निकास जाति, भाषा, अर्थ, संस्कृति, रीतिरिवाज, भेषभुषा सम्बन्धी उहाँको राम्रो अध्ययन थियो । सामन्त, शोसक तथा त्यसलाई सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुत हुनुहुन्थ्यो ।

कसले गर्यो मदन–आश्रीतको हत्या ?
२०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटना गराएर भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । जीप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौं नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताउनुभएको छ ।


मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्राउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भडारीका कारण भारत र अमेरिकाले सोचेजस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ, भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लेखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्षपहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढंगले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो ।

लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउनसक्ने व्यक्तिका रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले पुष्पकमल दाहालमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ । स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । दाहाल युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार संगठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयं सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् ।


माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानवअधिकारवादी संस्थाका नाममा थुप्रै संगठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको दाहाल र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो । मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्रले भण्डारीको कथित जीप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठूलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन ।


 राजा वीरेन्द्रको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्यांकहरूबाट प्रमाणित भइसकेको छ । चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो ।

 यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्राउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या ०५० सालमा गराइयो भने ठीक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।
साभारः  सबै www.dangkhabar.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>