दर्जनौं युवा नेपाली काँग्रेसमा प्रवेश

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा |२०७४ मंसिर २|प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबको मिति नजिकदै गर्दा स्थानीय नेता तथा कार्यकर्ताहरु चुनाबी अभियानमा लागि परेका छन् |

संगठन मजबुद अनि आफ्नो पार्टीलाई जिताउन बिभिन्न कार्यक्रम तथा अभियान सुरु हुदै गर्दा काठमाडौँ निर्बाचन क्षेत्र न ५ का समानुपातिक उम्मेद्वार मनिष जोशी तथा नेपाली कांग्रेसको चुनाबी अभियानमा सहयोग स्वरूप  नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य रमेश जोशीको संयोजकत्वमा धापासिमा आयोजना भएको युवा भेला तथा चियापान कार्यक्रममा जोशीको पहलमा ४० जना युवाहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका थिए  । पार्टी प्रवेश गर्नेमा अधिकांश धापासी, गंगबुका युवाहरू थिए ।

कार्यक्रममा सम्बोधन गर्दै स्वागत मन्तव्य दिनेक्रममा जोशीले निर्वाचनमा युवाहरूको भूमिका महत्वपुर्ण हुनेभएकाले नेपाली काँग्रेसलाई जिताउन युवाहरू लाग्न आग्रह गरेका थिए ।

काठमाडौँ निर्बाचन क्षेत्र न ५ का समानुपातिक उम्मेद्वार मनिष जोशीले गत हप्ता योंग नेपालको कार्यक्रममा सम्बोधन गर्दै युवा हक हित र युवाको भावना बमोजिम आफु अगाडी बढ्ने बताएका मनिष जोशीले आज धापासिमा भएको  युवाभेला तथा चियापान कार्यक्रममा ४० जना युवाहरुलाई टिकालागएर स्वागत गरेका थिए । भने कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उम्मेद्वार डा.प्रकाश शरण महतले युवा हरुलाई माला लगाई पार्टी प्रवेश गराएका थिए |

कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले स्वतन्त्रता लाई अंगाल्दै युवाहरुले नेपाली कांग्रेसलाई रोजेकोमा युवाहरुको हक हितको लागि आफु सधै लागि रहने बताए |

लोकतान्त्रिक  विधिको शासनका लागि नेपालि कांग्रेसलाई जिताउनुकै कुनै विकलप नरहेको काठमाडौं क्षेत्र नं. ५ बाट प्रदेशसभा तर्फ समानुपातिकमा उम्मेद्वार मनिष जोशीले कार्यक्रममा सम्बोधनका क्रममा बताए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य रमेश जोशीको संयोजकत्व तथा सभापतित्वमा भएको थिउक्त कार्यक्रमा युवाहरुको उपस्थिति उल्लेख्य थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>