टोखाको आशाको केन्द्र अष्ट नारायण

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं |२०७४ मंसिर १८ |आसन्न  प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ५ प्रदेश ३ (ख) मा प्रतिनिधि सभामा नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवारका रुपमा टोखाका अष्ट नारायण डंगोल यतिबेला चुनावी मैदानामा होमिएका छन् । सिगो टोखाको प्रतिनिधित्व गर्दै टोखालाई राष्ट्रिय राजनीतिमा जोड्दै टोखाको समग्र विकास र परिवर्तनको सम्बाहक बन्ने युगिन ईतिहास रचन यति बेला चुनावी मैदानमा उत्रिका डंगोल टोखाको एक आशाका केन्द्र बनेका छन् ।

विद्यार्थी कालदेखि नै देशमा प्रजातन्त्र स्थापन गर्नका लागि जेलनेल सहेर अनवरत रुपमा कम्युनिष्ट अर्थात नेकपा एमालेको विभिन्न टप्पका र ओहोदामा रहेर जिम्मेवारी बहन गर्दै हालसम्म राजनीतिमा डंगोल सक्रिय रहेका छन् । सामान्य किषान परिवारमा जन्मिएका डंगोल टोखाका एक लोक प्रिय व्यक्तित्व हुन । अहिले सम्पुर्ण टोखाबासीको आशाका केन्द्र बनेका डंगोल टोखालाई राष्ट्रिय राजनीतिसँग जोड्दै टोखाको संवाङ्गीन विकास तथा परिवर्तन गर्नका लागि विधिन्न प्रतिबद्धका साथ अहिले उनि चुनावी मैदानमा उत्रिएका छन् ।

डंगोलका प्रतिवद्धताहरु
१. शिक्षा– वर्तमान शिक्षा प्रणालिमा व्यवसायिक शिक्षालाई उच्च शिक्षाका लागि स्थानीय सरकारी विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था गर्दै प्राविधिक शिक्षालाई सर्वसुलव र सबैको पहुँचमा पुर्याईउने ।
२. स्वास्थ्य– हाल टोखा नगरपालिका वडा नं. २ को गलेमा निर्माणाधिन स्वास्थ्य केन्द्रलाई अझ सेवा सुविधा थपेर क्षेत्रिय अस्पतालको रुपमा स्तोरउन्नती गरेर लाने , स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुराउने गरि सुविधा उपलब्ध गराउने ।
३. विकास निर्माण तथा भौतिक पुर्वाधार निर्माण– काठमाडौँ क्षेत्र नं.५ लाई वातावरण मैत्री स्थानको रुपमा परिन्त गर्दन ढल निकासलाई ध्नयानमा राखि त्यसको उच्च व्यवस्थापन गर्दै समय सापेक्ष रुपमा निर्माणका कार्यलाई अगाडी बढाईनेछ ।
४. संस्कृति तथा पर्व– टोखाको जीवन्त सँस्कृति तथा पर्वहरुलाई जीवन्तता दिनका लागि हाल टोखामा रहेका दापाः खल भजन खल तथा जीवित देवी गणेश कुमारीको संरक्षण तथा सम्वर्धनका लागि २ करोड अक्षयकोषको स्थपना गरि त्यसलाई निर्नतरता दिने । यसका साथै टोखाको धार्मिक तीर्थ तथा मठ मन्दिरहरुको भौतिक पुर्वाधार निर्माण तथा मर्मत गर्दै त्यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
५. बृढा मिल्न केन्द्रको स्थापना– टोखाका बृढाहरुका लागि समय बिताउनका लागि बुढा मैत्रि बुढा मिल्न केन्द्रको स्थापना गर्ने र घरबार विहिन बृदाहरुका लागि बस्नका लागि बृदा आश्रमको स्थापना गर्ने ।

टोखाले देशमा प्रजातन्त्र तथा गणतन्त्र स्थापनका लागि खेलेको अतुल्नीय भूमिका र एमाले पार्टीको अस्थित्व रक्षाका लागि गरेको योग्दानलाई अहिले एमाले सम्झनु पर्ने बेला आएको छ ।  टोखाबासीका लागि तीनको योग्दानको कडर स्वरुप टोखालाई ऋण चुक्काउने अवसर अहिले पाएको छ । एमालेले ती विगतलाई मन्न गरेर टोखाबाट समानुपातिक उम्मेदवारमा उम्मेदवार दिएका अष्ट नारायण डंगोललाई कुनै पनि मूल्यमा स्थान दिनु पर्ने समय आएको छ । त्यसका साथै सम्पुर्ण टोखाबासीले पनि टोखालाई राष्ट्रिय राजनीतिसँग जोड्न र टोखाको सवांङ्गीन विकासका लागि डंगोललाई बिजय गराउनु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>