टोखाको पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुरातत्व विभागले बनाइदिने

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टाेखा । श्रावण २५ बुधबार । प्राचीन नगर टोखाका महत्वपुर्ण पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुरातत्व विभागले बनाइदिने भएको छ । हिजो नेवाः गुठी तोखाले आयोजना गरेको अध्ययन तथा अवलोकन कार्यक्रममा सम्वोधन गर्नेक्रममा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले यस्तो भन्नुभएको हो ।

पुरातत्व विभागले टोखाको थःनेलाछिमा रहेको पुरातात्विक महत्व वोकेको ऐतिहासिक नारायण मन्दिरको जीर्णोद्धारका लागि आवश्यक तयारी गरिसकेको छ । उक्त मन्दिर जीर्णोद्धारका लागि मन्दिरको मौलिक स्वरुपलाई जस्ताकोतस्तै बनाउनका लागि बुट्टेदार टुंडालहरु स्थानीय नेवाः गुठी खलःलाई हस्तान्तरण गरिसकिएको कार्यक्रममा जानकारी गराएको थियो, भने मन्दिरको पुनर्निर्माण कार्य चाडै नै शुरु हुने सम्मेत सम्वोधनका क्रममा दाहालले भन्नुभयाे ।

सम्बोधनकै क्रममा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले टोखाका महत्वपुर्ण पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरु पुनर्निर्माणका लागि योजना बनिसकेको समेत जानकारी गराउनुभयो ।

अवालोकन तथा अध्ययन भ्रमण कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले टोखामा प्रचूर पर्यटनको सम्भावना रहेको पनि बताउनु भयो ।

नेवाः गुठी टोखाका अध्यक्ष देवराज डंगोलको सभापतित्वमा भएको कार्यक्रममा खलःका सल्लाहकार गणेशमान श्रेष्ठ, टोखा संस्कृति सम्पदा संरक्षण समाजका अध्यक्ष मनिराज डंगोलले पनि आफ्ना योजना प्रस्तुत गर्नुभएको थियो ।

नेवाः गुठी टोखाको आयाेजना तथा टोखा सम्पदा समाज र टोखा साँस्कृतिक दबुः पुचः सहयाेगमा थनेलाछिको दबुमा भएको उक्त कार्यक्रममा स्थानीय वडाका जनप्रतिधिनि, साँस्कृतिक बाजाखल, विधिन्न संघसंस्थाका सदस्य तथा नगरपालिकाका जनप्रतिनिधि लगाएकता सहभिगता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>