टोखाको बिकासका लागि एकजुट भएर लागौं : उपप्रमुख ज्ञान माया

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । काठमाडौं, २०७४ कार्तिक २६, टोखाको सम्रग बिकास गर्नको लागि टोखाबासी एकजुट भएर लाग्न टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोल आह्वान गरेको छ । हिजो हलिं नेवा: ग्वाहाली पुच, टोखाले नेपाल संवत् ११७८ नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा मन्तव्यका क्रममा यस्तो आह्वान गरेको हो ।

उनले टोखा राजनैतिक खिचातानीले हरेक क्षेत्रमा पछि परिरहेको दुखेसो पोख्दै राजनीतिक स्वार्थलाई त्यागी सिंगो टोखाको बिकास र समृद्धिको लागि सबै एकजुट भएर अगाडि बढ्न सबैमा आग्रह समेत गरे ।

मन्तव्यकै क्रमम नेवा: समुदायमा एकताको अभावमा देशैभरी उनीहरू वसोवास गर्ने क्षेत्र निकै नै नाजुक बनिरहेको भन्दै अब सबै राजनीतिक दल संघसंस्था स्थानीय एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।

नेवा: ग्वाहालि पुच, टोखाको आयोजना तथा टोखा युवा क्लव र नेवाः हलिं गुथिको सहयोगमा  ससखेलमा कार्यक्रमभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>