टोखामा खुल्यो सस्तो G10 मार्ट

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

G10न्युजअफ टोखा । भाद्र २८ । आजदेखि टोखामा जि G10 मार्ट खुलेको छ । टोखा नगरपालिका ३ वडा बिसिंगालमा G10 मार्टले आजदेखि विधिवत रुपमा आफ्नो सेवा सुरुवाट गरेको हो ।

G10 बिजनेश हाउसद्धारा सन्चालित यस G10 मार्ट टोखाका उपभोगताहरुको दैनिक घरायसीका लागि आवश्यक पर्ने उपभोग्य सामाग्रीहरु सस्तो र सुलभ मूल्यमा गुणिस्तरीय सामाग्री उपलब्ध गराउने उद्देश्यले मार्टको सुरु गरिएको जि १० बिजनेश हाउसका अध्यक्ष शैलेन्द्र डंगोल बताउनु हुन्छ ।

झन्दै तिन रोपनि क्षेत्रफलमा फैलिएको यस मार्टमा खाद्यान्न पीयपदार्थ लगाएको मिनि मार्ट, रेष्टुरेड एण्ड क्याफे, बुट्टिक, फेन्सी , कोड स्टोर र फलफुल तथा तरकारी पसल एकै ठाउँमा उपलब्ध रहेकोछ । उपभोक्ताहरुको सुविधाका लागि सामानहरु होम डेलिभरिसम्मेत गरिदिने व्यवस्था रहेको छ ।

अहिलेको वेस्त समयमा यताउता भौतारिहनु पर्ने झन्झत र समयको बरबादि गरिरहनु भन्दा विना झन्झत एकै स्थानमा आवश्यक पर्ने सामाग्रीहरु सहज रुपमा र सुलभ मूल्यमा आम उपभोक्ताहरुलाई सुविधा दिन यस मार्टको सुरुभएको डंगोल भन्नुहुन्छ।

स्थानीयस्तरमा रोजगारिको सिर्जना गर्नु यस जि १०को अर्को उद्देश्य रहेको छ । यस मार्टमा ७५ प्रतिशत स्थानीय कर्मचारीहरु लाई रोजगारको अवसर दिएको छ ।

२ करोड ५० लाखको लागानीमा सञ्चालित यस मार्ट आवश्यता अनुसार अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको जि १० बिजनेश हाउसका अध्यक्ष शैलेन्द्र डंगोलले बताउनु भयो । G10  ले नै महाराजगञ्जमा फेन्सी कोरियन शपको समेत सुरुगरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>