टोखामा नेपाली कांग्रेसले थाल्यो घरदैलो कार्यक्रम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा |२०७४ कार्तिक २३ | कला, संस्कृति र सम्पदाले भरिएको ऐतिहासिक नगरी टोखामा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरेको छ |आज विहानदेखि नै घरदैलो कार्यक्रममा वेस्त भएका काठमाडाै क्षेत्र नं. ५ उम्मेदवार नेपाली काँग्रेसका नेता डा.प्रकाश शरण महत तथा टोखाबाट समानुपातिक उम्मेदवारमा मनोनित भएका मनिष जोशी सहितका उम्मेदवारहरुले टोखाबाट आफ्नो चुनावी घरदैलो कार्यक्रमको थाल्नी गरेको छ ।

डा .महतसंगै अहिले प्रदेश सभाका उम्मेद्वार र समानुपातिक तर्फ परेका उम्मेद्वार घरदैलो कार्यक्रममा ब्यस्त छन | टोखा नगरपालिकामा भएको घरदैलो कार्यक्रममा डा.महतले नेपाली कांग्रेस सधै विधिको शासन माथि बिश्वास राख्ने पार्टी भएको हुदाँ जनताको मौलिक हक अधिकारको सुनिश्चितता नेपाली कांग्रेसले गर्ने बताएका थिए | नेपाली कांग्रेसको प्रदेश सभा २ ख का उम्मेद्वार रमेश खड्काले एतिहासिक नगरी टोखाको मौलिकता जोगाउन हर सम्भब प्रयास गर्ने बताए |

घरदैलो कार्यक्रममा जनता संग साक्षात्कार गर्दै डा.महतले आफु राष्ट्रिय योजना आयोगको बोर्डमा बसेर काम गरि सकेको अनुभवले टोखा नगरलाई एक नमुना नगर बनाउन सक्ने सम्भावना भएको बताएका थिए |पवित्र धार्मिक स्थल चणडेश्वोरी मन्दिर नजिकनै रहेको बुढानिलकण्ठ मन्दिर जोड्ने बाटो निर्माण गर्न सके धार्मिक पर्यटनको सम्भावना बढ्ने बताएका थिए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>