टोखाले जित्यो नगर कप

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा ।टोखा टाइम्स । जेष्ठ २९ । टोखा नगरपालिकाले प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा आइतवार भएको फाइनलमा टोखाले चन्द्रागिरी नगरपालिकालाई ५-३ गोलले पराजित गर्यो । टोखाले ३-१ ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेको हो । पहिलो हाफमा चन्द्रागिरीले ३-१ को अग्रता लियो । चन्द्रागिरीका रुजित पुडासैनीले तीने गोल गरेका थिए भने टोखाका  त्रिलोक दुराले पहिलो १ गोल फर्काएका थिए। रुजित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिदै १० हजार रुपैयाँबाट पुरस्कृत भए ।

दर्शकहरुले पुरै रंगशाला गुञ्जयमान हुनेगरी टोखा टोखा भन्दै खेलाडीलाई हौसला दिदै गर्दा ती दर्शकहरुको हौसालासँगै खेलाडीहरुले खेलको दोस्रो हाफमा लगातार चार गोल गर्यो र खेल आफ्नो कबजा जमायो । देस्रो हाफमा आशिष डंगोल र अनिल थापाले एकएक गोल गरे भने निर्णायक दुई गोल विजय श्रेष्ठले गरेका थिए । त्यस्तै गरी प्रतियोगितामा कीर्तिपुर नगरपालिकाे तेस्रो भएका थिए । कीर्तिपुरले नागार्जुनलाई २-० गोलले हरायो ।

प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि बिजेता टोखालाई १ लाख ११ हजार १ सय ११ रुपैया सहित ट्राफि प्रदान भगरिएको थियो भने त्यस्तै गरी क्रमश उपविजेता चन्द्रागिरीलाई ५१ हजार १ सय ११ र तेस्रो भएका कीर्तिपुरलाई २५ हजार १ सय ११ रुपैया र ट्रफि प्रदान गरेका थिए ।

त्यस्तै गरी गोलरक्षकमा टोखाका नवीन श्रेष्ठ डिफेन्समा टोखाका गोविन्द रिमाल फरवार्डमा टोखाका आशिष डंगोल र प्रशिक्षकमा चन्द्रागिरीका रमेश विष्ट सर्वोत्कृष्ट भए । उत्कृष्ट सबैले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै गरी कीर्तिपुरले अनुशासित टोलीको उपाधि हाल पारेको थियो ।
जिल्ला समन्व समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यस्थापनमा भएको उक्त प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताका बिजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, काठमाडौँ जिल्ला खेलकुद विकास समतिका अध्यक्ष ध्रुव न्यौपाने र अध्यक्ष दामोदर भट्टराई आयोजक जिल्ला समन्व समितिका एलडीओ गोपाल अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>