टोखा जनसाहित्य समाजको धन्यवाद कार्यक्रम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा डट कम । काठमाडौं, २०७३ फागुन २२। जन साहित्य समाज टोखा काठमाडौंद्वारा दशौं जन साहित्य सम्मेलन सफल भएको अवसरमा आयोजित धन्यवाद तथा सम्यबजी कार्यक्रम हिजो शनिबार चन्देश्वरी मन्दिर परिसरमा सम्पन्न भयो।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले साहित्य राजनीतिको हतियारको रुपमा जन साहित्य समाजले अँगीकार गरेको छ भन्नुभयो।

आदर्श समाज निर्माण गर्न साहित्यमार्फत राजनीतिक गतिविधिले एक त जन साहित्यकारको उत्पादन हुन्छ भने अर्को समाजमा देखिने विकृतिविरुद्ध जनचेतना जगाउने काम गर्दछ भन्दै उहाँले साहित्यकारहरूले पूँजीवादी र समाजवादीको भेद आफ्नो साहित्यमार्फत प्रस्तुत गर्नुपर्ने बताउनुभयो। उहाँले संविधान संशोधन विधेयक संसदमा टेवुल गरे पनि असफल हुने निश्चित भएपछि समय सार्दै गरेको हो भन्नुभयो। संसदमा नेमकिपाले देशको सार्वभौमिकता रक्षाको लागि आन्दोलन गरिरहेको स्मरण गर्दै उहाँले संविधान संशोधनमा एमाले मौन बस्दा पनि नेमकिपा चुप नलाग्ने बताउनुभयो। स्थानीय जनप्रतिनिधिको अभावले विकासमा गति नलिएको भन्दै उहाँले कुनै वहानामा पनि चुनाव सार्न नहुने बताउनुभयो।

कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य राजवीर डंगोलले साहित्यले जनताको सेवा गर्नुपर्ने भन्दै नयाँ–नयाँ साहित्यकार उत्पादन गर्न मासिक साहित्यिक कार्यक्रम गर्नुपर्ने बताउनुभयो। उहाँले सांस्कृतिक आक्रमणको प्रमाण घरघरमा हिन्दी च्यानलको प्रयोगले देखाउँछ, नेपालमा के भइरहेको छ भनेर समाचार हेर्ने बानी समेत नभएकोले भोलि हामी अर्काको दासी बन्ने सम्भावना छ भन्नुभयो।

नेमकिपा टोखा नगरका प्रतिनिधि वीरबहादुर डंगोलले हतियार उठाउँदैमा कम्युनिष्ट नबन्ने माओवादी, एमालेको चरित्रबाट प्रस्ट भएको बताउनुभयो। कार्यक्रममा समाजका पूर्व अध्यक्ष मदन श्रेष्ठले पुरातात्त्विक र ऐतिहासिकता बचाउनुपर्ने भन्दै गलत कार्य गर्नेलाई स्थान दिनुहुँदैन भन्नुभयो। पूर्व अध्यक्ष शैलेन्द्र डंगोलले जन साहित्यमा प्रस्तुत साहित्य र सांस्कृतिक टोली अझ सक्षम ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो।

जन साहित्य समाजका अध्यक्ष शैलेश डंगोलको सभापतित्वमा भएको कार्यक्रममा सचिव रणबहादुर डंगोल, अविनास डंगोलले पनि बोल्नुभएको थियो। सोही भेलाले रणबहादुर डंगोलको अध्यक्षतामा ९ सदस्यीय जन साहित्य समाजको नयाँ नेतृत्व चयन गरेको थियो।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सहयोगी महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने समाजका अध्यक्षले अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रममा जन साहित्य सांस्कृतिक समाजका कलाकाहरूले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>