टोखा नगरमा शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

२०७४ पौष ०५ बुधवार, काठमाडौं । टोखा नगरपालिकामा सरकारको शिक्षा नीति नियम तथा कार्यान्वयन सम्बन्धि नगर प्रतिनिधिहरुलाई जानकारी दिने उद्देश्यले आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंको आयोजना तथा टोखा नगरपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा टोखा नगरपालिकाको प्रमुख र उप प्रमुखका साथै ११ वटै वडा अध्यक्ष तथा सदस्य तथा टोखा नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्याकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा टोखामा रहेका सामुदायिक विद्यालयमा जिल्ला शिक्षा कार्यालयको कार्यक्रम तथा बजेट विनियोजन लगायत विद्यालयको अवस्थाका बारेमा समेत जानकारी गराएको थियो ।

टोखा नगर ३ वडा कार्यलयको सभाहलमा भएको उक्त कार्यक्रममा टोखा नगरपालिकामा जिल्ला शिक्षा कार्यालयले आधारभुत तथा माध्यामिक विद्यालय शिक्षक तलब शिर्षक अन्तर्गत स्थानीयतहमा विनियोजित शिक्षक तलब भत्ता विद्यालय क्षेत्र विकास तर्फको नियमित शिर्षक अन्तर्गतका विनियोजित कार्यक्रम तथा आ.व.२०७४/०७५ को बजेट सम्बन्धमा जानकारी गराएका थिए । त्यस सँगै जि.शि.का.ले आ.व.२०७४/०७५ मा जिल्लाका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम तथा त्यस कार्यक्रम कार्यान्वयनका सन्दर्भमा कार्यक्रम निर्देशिका र त्यसमा तोकेका मुख्य मुख्य प्रावधानहरुका बारेमा जानकारी गराएका थिए । यसका साथै स्थानीयतहमा विनियोजित कार्यक्रम तथा बजेटमा अवश्यक हेरफेर वा संशोधनका लागि पृष्ठपोषण अर्थात राय सूझाव तथा जानकारी प्राप्त गर्ने उद्देश्यले यस कार्यक्रम गरेका थिए ।

टोखाको शिक्षा क्षेत्रलाई गुणस्तर बनाउदै सर्वसुलवरुपमा लैजान सबै एक जुट भएर अगाडी बढ्न कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले सबैमा अनुरोध गरेका थिए ।

टोखा नगरपालिकामा अाठ वटा सामुदायिक विद्यालय रहेका छन् । जस मध्य सात वटा माध्यामिक तथा एक वटा निम्न माध्यामिक विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>