टोखा नगर र काठमाडौं महानगर बीच साझेदारी हुदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा | असोज १० मंगलबार, ऐतिहासिक टोखा नगर र काठमाडौं महानगर बीच भोलि ऐतिहासिक साझेदारी हुने भएको छ । टोखा र काठमाडौं महानगरपालिका बीच सांस्कृति तथा पर्यटन क्षेत्रमा औपचारिक रुपमा साझेदारी हुन लागेको हो ।

भोलि हुन लागेको उक्त कार्यक्रममा टोखा नगर र काठमाडौं महानगरका मेयर तथा उपमेयर बीच साझेदारी कार्यक्रममा हस्तक्षरण हुने कार्यक्रम आयोजक तथा उक्त साझेदारी गर्न विशेष भूमिका खेलेका टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनि राज श्रेष्ल डंगोलले जानकारी दिनुभयो ।

यस कार्यक्रमले टोखा र काठमाडौं महानगर बीचको सम्बन्ध अझ प्रघार र सुमधुर बनाउनुका साथै भाइचाराको सम्वन्ध स्थापित हुने विश्वास कार्यक्रमका आयोजक टोखा संस्कृति सम्पदा संरक्षण दबुले लिएको छ ।

उक्त कार्यक्रम भोलि असोज ११ गते टोखा न.पा. ३ वडाको कार्यालय भवनमा बिहान ८ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>