टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर हुदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । २०७४ भाद्र ३१ । नेपाल परिवार नियोजन संघ र महिला आफन्त सेवाको संयुक्त आयोजनामा भोलि असोज १ गते प्रजनन स्वास्थ्य घुम्ती शिविर सञ्चालन हुनेभएको छ । टोखा नगरपालिका २ वडा  कार्यालय र टोखा प्राथमिक स्वास्थ्य केन्द्रसंगको सहकार्यमा विहान १० बजेदेखि स्वास्थ्य केन्द्र परिसरमा उक्त निःशुल्क प्रजनन् स्वास्थ्य शिविर हुनेछ ।

चौंथो राष्ट्रिय परिवार नियोजन दिवस तथा नेपाल परिवार नियोजन संघको ५९ औं जन्मोत्सवको अवसमा हुन लागेको उक्त निःशुल्क स्वास्थ्य शिविरमा परिवार नियोजनका अस्थायी तथा स्थायी सेवाहरुः कपर टी, इम्प्लान्ट, पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) महिला बन्ध्याकरण (मिनिल्याप) उपलब्ध हुनेछ । पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, स्त्रीरोग सम्बन्धी परामर्श तथा सेवा तथा एच.आई.भी/एड्स परामर्श तथा परीक्षाण सेवा समेत रहने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>