तलेजु र खः द्यः(खड्ग) जात्रा

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

khadaga jatra Taleju Tokhaसुबिन्द्र श्रेष्ठ । ऐतिहासिक तथा प्राचीन नगरी टोखाको निकै नै पुरानो ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको क्वाखः द्यः -तलेजु मन्दिर) टोखाको एक अभिन्न अंगको रुपमा रहेको छ । साँस्कृतिक नगरी टोखा बस्तीको ठीक बीचमा रहेको यो मन्दिरले टोखाको त्यो कालखण्डको प्रतिनिधित्व गरिरहेको छ, जुन मल्लकालमा एउटा निकै नै सशक्त राज्य अथवा किलाको रुपमा रहेको अनुमान लगाउन सकिन्छ । त्यस ताका कान्त्तिपुर राज्यबाट नुवाकोट जोड्ने छोटो मार्गको रुपमा रहेकोले पनि मल्लकालमा आफ्नो राज्यको सुरक्षाका लागि यहाँ सुरक्षा किलाको रुपमा यस तलेजुको विकास गरेको अनुमान गर्न सकिन्छ । यद्यपी मल्लकाल भन्दा कयौ वर्षअथवा त्यस भन्दा पहिलाका शासकहरुको कालखण्डमा राखिएका शीलापत्रहरु आज पनि छरप्रष्ट रुपमा छरिएर रहेको भेटाउन सकिन्छ । यस तलेजु मन्दिर कसको शासनकालमा र कहिले स्थापना गरिएको हो भन्ने कुरा प्रष्ट तिथिमिति नभेटिए तापनि यो मन्दिर र यसको वरिपरी भेटिएका अवशेषहरुले यो ठाउँको प्राचीनता र महत्वलाई दर्शाई रहेको छ ।

टोखाको मौलिक परम्परा तथा जीवन्त चार्डपर्व एवम् कला संस्कृतिको केन्द्रको रुपमा रहेको यस तलेजु मन्दिरमा वर्षो एक पल्ट विशेष जात्रा हुने गर्दछ । जीवित देवी गणेश कुमारी सहित दशैंको समयमा हुने खःद्यः -खड्ग) जात्रा यस मन्दिरको निकै नै ठुलो र एक मात्र जात्राको रुपमा रहेको छ । हुन त चैते दशैंको बेलामा पनि यस मन्दिरमा पूजा आजा नहुने भने होईन, तर त्यो भन्दा पनि विशेष र धुमधामसँग बडा दशैंको समयमा मात्र हुने खः द्यः जात्रालाई लिईन्छ । मुल नायो हेमराज श्रेष्ठका अनुसार यसको संरक्षणका लागि स्थानीय निकाय वडा कार्यालय हाल टोखा नगरपालिकाले तजेजु मन्दिरलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिरहेको छ ।

टोखाको मुल नायोको व्यवस्थापन तथा आचाजु र्-कर्मचारी थर)का पूजारीको विशेष मन्त्रोचारण तथा पूजापाठमा हुने यो जात्रा सत्यले असत्यमाथी जिते पछि खुशीयालीको रुपमा मनाएको प्रतीकका रुपमा लिन सकिन्छ । टोखाको विशेष वर्ग अथवा थरहरुका जेष्ठ व्यक्तिहरुको सहभागितामायो जात्रा हुने गर्दछ ।

टोखाको देय् थकालि सहित १३ जना थकालिहरु यस जात्रामा सहभागिता रहने गर्दछ । यस जात्रामा सहभागि हुनका लागि आफ्नै विशेष नियम तथा प्रकृया हुन्छ । यस तलेजु मन्दिरभित्र जो पायो त्यसले प्रवेश गर्न पाउदैन, त्यहाँ प्रवेश गर्न विशेष खल अथवा जात -थर)का व्यक्तिहरुले मात्र पाउने गर्दछ । जुन परापुर्वकालदेखि नै तोकिएको विशेष थर र खलः हरुका सन्ततिहरुले मात्र यहाँ जुनसुकै समयमा पनि प्रवेश गर्न सकिनेछ । यद्यपी त्यस बाहेकका व्यक्तिहरुले बडा दशैंको दशमीको एकदिन मात्र प्रवेश गर्न अथवा तलेजु भवानीको दर्शन गर्न पाउनेछन् । विशेष गरि आगँ द्यः खलः हरु मात्र यस मन्दिरमा प्रवेश गर्न पाउने प्रावधान गरेको छ ।

श्रेष्ठ थरका १२ परिवार तथा डंगोल थरका १ परिवारबाट १/१ जना थकाली -जेष्ठ व्यक्ति) यस मन्दिरको थकालीका रुपमा रहने परम्परा रहेकोछ । त्यसमा पनि डंगोल थरमा बाह्र थकाली गुठीको मूल थकाली यस मन्दिरमा थकालीको रुपमा रहन सक्ने छ । घ्यजु, किजिजु, छंुजु, हृयजु, कोजु, नायजु, ग्वाजु, खाय्जु यी परिवार वा खलः हरु तलेजुमा सहभागिता जनाउन नपाइने प्रवाधान रहेको छ ।

तलेजु मन्दिरमा १३ जना थकालीहरु रहने गर्दछ । ती थकालीहरुको पनि उमेर अनुसार विशेष स्थान र पद दिने गरिन्छ । श्रेष्ठ थरका १२ जना थकालीहरु मध्यमा पनि जेष्ठ व्यक्तिलाई देय् थकालीको स्थान र दर्जा दिने गरिन्छ भने डंगोल थरक एक जना जुन बाह्र थकालीको पनि थकालीलाई तलेजुमा पनि बाह्र थकालीको स्थान र दर्जा दिने गरिन्छ ।

दशैंको पहिलो दिन अर्थात शुक्ल प्रतिपदाका दिन टोखा देय मुल नायो र पूजारी आचायजु -कर्माचारी थरका पूजारी)ले तलेजु मन्दिरमा नलस्वाः -जमरा) राख्ने गरिन्छ । फुलपातीका दिन आचायजुले पूजाको सरसामान तयार गरी फुलपाती भित्राउने गरिन्छ । पूजाका क्रममा हाँसको बलि दिनै पर्ने चलन रहेको छ । खःद्यः जात्राका लागि चाहिने बाँसको छत्र आकारको १३ वटा खटलाई समेत पूजा गरि स्थापना गरिन्छ । पूजामा १३ जना थकालीहरुको अनिवार्य उपस्थिती रहन्छ । पूजा पश्चात् थकालीहरुलाई सम्यबजिका साथै भोजसमेत खुवाइन्छ । यस दिनदेखि एकादशीका दिनसम्म देयथकाली सहितले दैनिक पूजाआजा गर्ने गर्दछ ।

बिजायदशमीको भोलि पल्ट अर्थात् एकादशीका दिन विहानदेखि तलेजु मन्दिर परिसरमा विशेेष चहल पहल हुने गर्दछ । आचायजुले विशेष पूजा गरेर तलेजु भवानीको खड्ग सहित फुलपातीका दिन पूजा गरी स्थापना गरिएको बाँसको छत्रलाई झिकेर त्यसै बाँसको छत्र भित्र खड्ग राखि दर्जा अनुसार थकालीहरुलाई दिईन्छ । यस दिन थकालीहरुको शीरमा सेतो कपडाको बेताली पहिराएको हुन्छ । थकालीको सहयोगका लागि तीन जना अन्य सहयोगी समेत उसको दुर्इजना थकाली दाँयाबाँया र एकजना छत्र बोक्ने थकालीको पछाडी हुन्छ । त्यसका साथै थकालीहरुका घरपरिवार तथा महिला आफन्तहरु सुकुन्दाले बत्ती देखाउने गर्दछ ।

यस जात्रा सुरु गर्नु पर्ुव जीवित देवि गणेश कुमारीको उपस्थिती अनिवार्य रहन्छ । यस खःद्यःलाई गणेश कुमारीको जात्राको रुपमा समेत लिने गरिन्छ । यस दिन विहान गणेश र कुमारीको घरमा मुल नायो पुजाको साथमा बाजागाजा सहित देवी घरमा गएर लिन जान्छ । देवी घरबाट गणेश कुमारीलाई विशेष बाजा र सुकुन्दाले बत्ती देखाएर क्वाखलमा अर्थात तलेजु परिसरमा रहेको कुमारी पाटीमा ल्याई विराजमान गर्राईन्छ ।

गणेश कुमारीको तलेजु परिसरआगमन पश्चात् पूजारीले थकालीहरुलाई दर्जा अनुसार क्रमबद्ध रुपमा बाँसको छत्र दिई मन्दिर परिसरबाट बाहिरीन्छ । यसरी क्रमबद्ध रुपमा बाहिरिनेमा सबै भन्दा अग्रस्थानमा डंगोल थरका बाह्र थकालीलाई शरिरमा ढाल -युद्धमा सैनिकले पहिरिने कवज) का साथै राँगाको आन्द्रामा हावा फुलाई माला लगाई दिएको हुन्छ । बाह्र थकाली पछि श्रेष्ठ थरका थकाली अर्थात देय थकाली दोस्रो स्थानमा रहन्छ भने अन्य क्रम अनुसार लाम्बद्ध बसि धिमे बाजा र प्वां बाजा सहित तपलाछीमा रहेको लिंगेश्वर तथा नारायण मन्दिरको परिक्रमा गर्राई ताहालेमा रहेको क्षेत्रपालमा लाम्बद्ध राखिन्छ । यसरी बाँसको छत्रलाई जालिदेवी पनि भन्ने गरिन्छ । लिंगेश्वर र नारायण मन्दिर परिक्रमा पश्चात् ताहालेमा रहेको क्षेत्रपालमा थकालीहरुलाई मुल नायो र आचायजुले ती थकालीहरुलाई विधिवत पुजाआजा गरेपछि थकालीहरु तलेजु मन्दिरतिर दौडिन्छ ।

यसरी दौडमा जो पहिला तलेजु मन्दिर भित्र पुग्छ त्यसलाई विशेष सम्मान गर्ने व्यवस्था गरेको हुन्छ । यसरी दौडिदा थकालीहरुलाई सहयोगिहरुले सकेसम्म उचालेर भए पनि दैडाउने गरिन्छ भने बाँसको छत्र बोकेकाहरु थकालीको नाममा छत्र मन्दिरमा बुझाउने गरिन्छ । बाँसको छत्रमा रहेको फुल जीवित देवी गणेश कुमारीलाई चर्ढाईन्छ । भने उता थकालीहरु दौडिएसंगै उक्त क्षेत्रका सुरक्षादेवता क्षेत्रपालमा भुइफसि -कुभिण्डो)को बलि लिईन्छ अर्थात काटि्न्छ । औषधी हुने विश्वासले गर्दा काटिएको भुइफसी पाउन जात्रामा सरिक भएका मानिसहरु लुछाचुडी समेत गर्छन । यो निकै नै हेर्न लायकको जात्रा मानिन्छ । यसरी क्षेत्रपालमा भुइफसी काट्नुको धार्मिक विश्वास के रहेको छ भने भुइफसी भित्र दुस्त -कुशक्ति) प्रवशे गरी बसेकोर उसको बध गरेको प्रतीकका रुपमा भुइफसी काट्ने गरिन्छ ।

यस जात्राका बारेमा एउटा किंबदन्ती सुन्न पाईन्छ । किंबदन्ती अनुसार तलेजु मन्दिरमा रहेको १३ वटा खड्ग सहितको भगवती देवी हुन्छ । यी देवीलाई भक्तपुर बाट ल्याएको विश्वास गरिन्छ । त्यसैले खड्गजात्रा गर्दा बाँसभित्र लुकाएर फुलैफुलको छत्र जस्तो आकृति बनाई ढाक्ने गरेको मान्छेहरु बताउँछन् । किंबदन्ती जेसुकै जस्तो सुकै होस् । टोखाको मौलिक पर्वको रुपमा रहेको यस खःद्यः -खड्ग) जात्राको सर्ंबर्द्धन र प्रवर्धन गर्नु हामी सबैको कर्तव्य हो ।

प्रकाशित मिति २०७४ असोज १३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>