दिपज्योती : टोखा नगर अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताका बिजेता

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा |काठमाडौँ, २०७४ कार्तिक २५- प्रथम टोखा नगर अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा दिपज्योती स्कुल प्रथम भएको छ । फ्रेण्डशिप ग्रुप अफ टाेखाको आयोजनामा गत कार्तिक २३ गतेदेखि जारी उक्त हाजिरि जवाफ प्रतियोगिताको आज भएको फाईनलमा दिपज्योती स्कुल प्रथम भएको हो । त्यस्तैगरी सरस्वती उच्च मा.वि. र ग्रिनल्याण्ड स्कुल क्रमश: प्रतियोगितामा द्वितीय र तृतीय भएको छ ।

टोखा नगरपालिकाका १७ वटा विद्यालयहरुबाट २० वटा टिमको सहभागिता रहेको उक्त प्रतियोगिता तीन समूह बनाएर तीन चरणमा खेलाएको थियो । प्रत्यक समूहका विजेता र उपविजेताहरूलाई फाईनलमा प्रतिस्पर्धा गराइएको आयोजकका अध्यक्ष बुद्धि श्रेष्ठले बताउनु भयो ।

प्रतियोगितामा प्रमथ, द्वितीय र तृतीय हुने समूहलाई कार्यक्रमका प्रमुख अतिथि टोखा नगर २ वडाका वडा अध्यक्ष दिपक राज जोशीले क्रमशः नगद रू. चार हजार, तीन हजार र दुई हजार सहित ट्रफि मायाको चिनो  तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

जागरुक युवाहरूको संगठित संस्था फ्रेण्डशिप ग्रुप अफ टाेखाले समय समयमा युवा तथा खेलकुड  लगायत समाज प्रति लक्षित गरि विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको यस समूहले यस वर्षदेखि शिक्षा क्षेत्रमा पनि आफ्नो भूमिका निभाउने उद्देश्य अनुरुप यस अन्तर विद्यालय हाजिरि जवाफ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । यस टोखा नगर व्यापी हाजिरि जवाफ प्रतियोगितालाई निरन्तर्तादिदै प्रत्येक वर्ष आयोजना समेत गरिने श्रेष्ठ बताउनुहुन्छ ।

उक्त प्रतियोगिता टोखा न.पा. २ थनेलाछीको दबलीमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>