दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै आज टोखामा सापारू मनाईदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

tokha2टोखा । श्रावण २४, दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै आज टोखामा सापारू मनाईदै छ । शोकमय वातावरणमा यस सापारू पर्व टोखामा मनाईदै आईरहेको छ । यसदिन दिउँसो १ बजे दिवंगत आफ्ना परिवारका घरबाट विशेष गाईको प्रतिमारहेको विशेष मुकुट तथा पहिरी धिमे बाजा र प्वं बाजा सहित सामुहिक रूपमा नगर परिक्रमा गर्ने प्रचलन टोखामा रहँदै आएको छ ।

धिमे र प्वं बाजा मृतकको घरमा गई लिन जानै पर्ने चलन छ । आफ्नतले विशेष पुजा गरि शिरमा गाईको मुकुट पहिराई नगर परिक्रमाको लागि विदा गरि नगर परिक्रमामा पठाईन्छ । यसरी नगर वरिक्रमा गर्न पठाउदाको दृश्य निकै नै कारूणिक शोकमय हुन्छ । साथै विभिन्न हास्यव्यङ्ग प्रहसनका झाकी सहित नगर परिक्रमा गर्ने गर्छन । यसरी नगर परिक्रमा सहभागिहरूलाई मृतक परिवारका घरबाट विशेष प्रकारका खाद्य वस्तु दान गर्ने चलन छ । नगर परिक्रमा पश्चात् आफुले लगाएको गाईको मुकुत नजिकको मन्दिरमा चडाउन लगिन्छ । आफ्नतहरू लाई बोलाई प्रशाद खुवाउने चलन रहेको छ ।

आजको दिन दिवंगत भएका आफन्तको सम्झनामा गाईको प्रतिमा भएको फोटोलाई शिरमा राखि सामुहिक नगर परिक्रमा गर्ने गर्दछ । टोखाको सन्दर्भमा भन्ने हो भने यस दिन दिवंगत भएका घरहरुबाट ३ जना पुरुषहरु गाईको प्रतिमा पहिरी नगर परिक्रमाका लागि जाने परम्परा रहँदै आइरहेको छ । भने एक जना साना बाबु पनि हातमा धुप बालेर उनिहरु सँगै नगर परिक्रमा जानु पर्ने परम्परा रहँदै आइरहेको छ । यसरी सामुहिक नगर परिक्रमा गर्नका लागि टोखाका धिम्य खलकःहरु उक्त वर्ष भरीदिवंगत भएका प्रत्येक दिवंगत भएका घरहरुमा गएर लिन जान्छन ।

घरबाट सामुहिक नगर परिक्रमा गराउन पाठाउनु पुर्व घरको मुलढोकामा विधिवतरुपमा पुजागरी सकेपछि मात्र नगर परिक्रमाका लागि पठाईन्छ । यसरी नगर परिक्रमाका लागि पठाउदा आफन्तजनहरु दिवंगत भएका आफन्तको सम्झनामा भावविह्वल भएर रुने गर्दछ । यो दृश्य जति सुकै कठोर मुटु भएका व्यक्ति भएता पनि उसको आँखाबाट आँशु झार्न विवस हुन्छन । यसरी नगर परिक्रमामा हिडेकाहरुलाई खाद्यानहरु दानसमेत गर्ने गरिन्छ ।

साँचौ नै यो क्षण यस्तो शोकमय भावुक र पिडादायिक बनिदिन्छ यस भावुक र पिडादायक लाई रोचक बनाउन विभिन्न हास्यव्यङ्गका झाकिहरु समेत आउने गर्दछ । सामुहिन नगरपिरक्रका क्रममा नखःल र क्वाखः तलेजु पुगेपछि आआफ्नो घरमा फर्किन्छ र आफुले पहिरिएको मुकुटलाई नजिकको मन्दिर  लगेर चडाइन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसनसामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शननाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>