धापासि देउराली युवा क्लब र बाल प्रेमी खेलकुद मण्डल बिजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । भाद्र ३ । काठमाडौं । श्री भगवती क्लवको आयोजनामा टोखाको भुटखेल खेल मैदानमा जारी उत्तर भेगिय गजराज जाेशी स्मृति कप २०७४ फुटबल प्रतियाेगिताको आज भएको खेलमा धापासि देउराली युवा क्लब र बाल प्रेमी खेलकुद मण्डल बिजयी भएका छन् ।

आज भएको पहिलो खेलमा समुह सी मा रहेका धापासि देउराली युवा क्लबले गोलढ्ङगा युवा क्लवलाई १ का बिरुद २ गोलले जीत हासिल गरेका थिए भने दोस्रो खेलमा समुह ए मा रहेका बाल प्रेमी खेलकुद मण्डलले नर्थभ्याली युनाईटे क्लबलाई १ का बिरुद ४ गोलले पराजीत गरेका थिए ।

त्यस्तै गरी आजको खेलहरुमा धापासि देउराली युवा क्लबका धिरेन मोक्तान र बाल प्रेमी खेलकुद मण्डल हेम तामाङ् म्यान अफ द म्याच भएका थिए ।

गत भाद्र १ गतेदेखि सुरु भईरहेको उक्त खेल लिग चरणमा भईरहेको छ भने उक्त प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ । खेल भोलि पनि जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>