नयाँ वर्षसँगै शुरुभयो बिस्काः नखः

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

सुबिन्द्र श्रेष्ठ टोखा-  बिक्रम संवतको नयाँ वर्षको आगमनसंगै ऐतिहासिक तथा प्राचीन नगरी टोखामा बिस्का नखः(बिस्केट जात्रा) सुरु हुन्छ । टोखाको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल सपनतीर्थ मेलासंगै ४ दिनसम्म बिस्का नखः मनाइदै आइरहेको छ । बिस्का नखः भन्ना साथ प्राय सबैको मुखमा भत्तपुरको बिस्का नखःको नाम झुन्दिन्छ। काठमाण्डौको बिस्का नखःका रुपमा टोखामा मनाईने बिस्का नखःलाई लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको विस्का नखः जनमानसमा त्यती भिज्न सकिरहेको छैन् । आफ्नै छुट्टै मौलिकता बोकेको यस टोखाको विस्का नखः तथा टोखालाई नै सबै समुदायमाझ चिनाउँने प्रयासमा भने विस्तारै स्थानीयहरु जुरुमुराउँदै गरेको देखिन्छ । त्यसो त विगतका केही वर्षहरु देखि टोखा र टोखाको ऐतिहासिक तथा धार्मिक पर्व बिस्का नखःमा प्रत्यक्ष सहभागि भई अवलोकन गर्न आउँनेहरुको संख्यामा विस्तारै वृद्धि भैरहेको देखिन्छ । जे होस्  काठमाडौँको आँखे दुरीमा अवस्थीत नेवाः समुदायको बाहुल्यता रहेको प्राचीन तथा ऐतिहासिक नगरी टोखाको मौलिक पर्व विस्का नखःको प्रचार प्रसार त्यती नभएता पनि आजको यो बसाईमा तपाईहरु समक्ष टोखाको विस्का नखः को बारेमा यहाँ चर्चा गर्ने जम्क्रो गर्नेछु ।

किम्वदन्ती अनुसार- सत्य युगमा एक राज परिवारमा राजा सत्य वन्तका सात वटी छोरीहरु थियो रे एवम् ढंगले छोरीहरु हुर्कदै आएछ । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरु सँग विवाह गरी दिए र एक जना कान्छि छोरी सत्यकेशरी लाई गरीब असहाय अपाङ्ग कुष्ट रोगी सँग विवाह गरी दिएछ । ६ जनाको हकमा दाइजो पनि अनगन्ति र सत्य केशरीको हकमा केही पनि नदिएको र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढ विश्वास आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्विकार्यै आŠनो कर्यमा लेखि आए अनुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे शारिरीक तंदुरुस्तको लागि खानेकुरा (अन्त) त चाहिन्छ नै अन्न पानी विना बाच्न सक्ने अवस्था हुदैन त्यसैको खोज नितीको लागि आफ्ना घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पति लाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न जान्छन् । त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउने खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फल्ने र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृया चलिरह¥यो । निकै वेर हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे । धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग यो हुने हो कि भनी अन्नुवय र विनय गरे तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन र केही भयो भने के गर्ने हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन । फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आŠना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अच्चमित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा वस्त्रलगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो सबै तिर वाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो । त्यसै समयमा माग्न गएका सत्य केशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आŠना पतिलाई खोज्छन् भेटाउन सक्दैन र देख्न सक्दैन त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका छन् । केही छिन पछि म त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे हु म तिम्रै पति हु भनेर भने पनि पत्याउदैन पत्याउनु पनि कसरी राजकुमारी साथ केशरी ले मलाई छलछाम गर्न लागेको मेरो ईज्जत र अस्तित्व लुट्न लाग्यो मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पति ले आफुले मागेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे । सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए । रमाए र एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे समय छिपिदै जादा भेला भएका अपार जनसमुदाय सबै आ–आफ्ना घर तिर जादा त्यस पोखरीको प्रचार प्रसार गर्दै गयो र महत्व हुदै गयो । आफ्ना शरीरमा देखा परेका कुनै पनि रोग व्यथा हरु त्यस ठाउँमा गई स्नान गर्न जादा निको हुने जन विश्वासका साथ यस सपनतिर्थमा मेला लाग्ने गर्छ । त्यो जन विश्वास अहिले सम्म त्यतिकै महत्वका साथ मेला लाग्ने गर्छ ।

बैशाख १ गतेदेखि विधिवतरुपमा टोखाको विस्का नखःको शुरुवाट हुन्छ । बैशाख १ गतेदेखि ४ गतेसम्म मौलिक परम्परा अनुरुप टोखामा सागीतिकमय वातावरणमा हर्षोल्हासकासाथ मनाईने गर्दछ । बैशाख १ गते ऐतिहासिक धार्मिम तीर्थस्थल सपनतीर्थमा रहेको सपनविनायक मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । बैशाख १ गतेको कुरा गर्नु पुर्व त्यसका लागि तयारी अवस्था वा चर्णको बारेमा चर्चा गर्नु सान्दर्भि देखिन्छ । बैशाख १ गतेका लागि सपनतीर्थमा रहेको सिद्धपोखरीमा पानी थुन्ने गरिन्छ । यो कार्य मेलाहुने चारदिन अगाडी गरिन्छ । पुरौ माटोबाटको पर्खाल बनाएर खोलाको पानीलाई थुनिन्छ । र पोखरीमा पानी जम्मा गरिन्छ । यसरी पोखरी बनाइसके पछि उत्त पोखरीमा कसैले पनि छुनुहुन्न यहाँसम्म कि चराचुरीङगीहरुलाई समेत त्यस पोखरीको पानी छुन्न दिदैन । रातदिन मन्दिर खलकहरु पैरादिएर बस्ने गर्दछ । चैत्र ३० गते– बेलुका सपनविनायक गणेश तथा चण्डेश्वरी भगवतीको खटलाई विशेष बाजागाजा र मुस्याप्वाँ(दियो)का साथ संयुक्त नगर परिक्रमा गराई सपनाविनायक गणेशलाई सपनातिर्थमा र चण्डेश्वरी भवतीलाई चण्डेश्वरी परिसरमा लगेर विसाइन्छ र रातभर जागारा तथा देव देवीको आराधाना गरिन्छ । यता राती मसानकाली देवीघरबाट नवदुर्गाका मूर्तिहरु सहितको जाली खटमा राखेर टोखाको महोत्वपुर्ण चोकमा घुमाउँदै विसाउँदै नगर परिक्रमा पश्चात मन्दिरको पुर्वपट्टि ज्यापुको मसानघाटमा खट विसाएर मूर्तिहरु मन्दिर भित्र सजाउने कार्य गरिन्छ । गणेश,कोथु गणेश,महादेव, सरस्वतीको मूर्तिहरु पनि आ–आफ्नो मन्दिर परिसरमा लगेर रातभर सजाउने कार्य गरिन्छ । यस्तै साँझ तपलाछीस्थित लिङ्गेश्वर महादेवको प्रतिककारुपमा रहेको यंसी (लिंग) मा हलपटाय् )विश्व ध्वज) फहराउने गरिन्छ । यसरी हलपटाय् यँसीमा फहराई सकेपछि जात्रा शुरुभएको संकेट रुपमा लिइन्छ । बैशाख १ गते -बिक्रम संवतको नयाँ वर्षको आगमनसंगै सपनतीर्थ मेला सुरु हुन्छ । सपनतीर्थमा रहेको सिद्धपोखरीमा मेला भर्न देशका विभिन्न ठाउँबाट धर्मावलिहरुको उपस्थिति हुन्छ । यस दिन अर्थात बैशाख १ गतेका दिन सपनतिर्थमा रहेको सिद्धिपोखरीमा स्नान गर्नाले रोगहरु निको हुने जनविश्वास रहंदै आई रहेको छ ।

             यसै दिन दिउँसो भुतखेल स्थित मसानकाली मन्दिर परिसरमा हृदयविदारक महायज्ञ गरिन्छ ।आचाजुमार्फत देवीलाई जमिनमा उम्रिएका १ सय ८ प्रकारका अन्न, एक जोडी जिउँडो भंगेरा, एक जोडी सर्प र एउटा निख्खर कालो बोको जीविततै दनदनी बलिरहेको आगोमा हृदयविदारक होम गर्ने र पुजा गर्ने गरिन्छ यो बेलुका ४ बजे तिर प्रारम्भ गरिन्छ ।

 सपनतिर्थ परिसरबाट सपनविनायक गणेशको खटलाई साँझ नगरमा फर्काउने काम गरिन्छ । नासल पाचा( ओकालो) मा अवस्थित पाटीमा एक घन्टा जति विसाएर फल्चा गुठीद्धारा सम्य्य बजि दिने चलन छ र पुजा आजा गरे पछि सम्य्य बजि दिइन्छ ,त्यस लगतै खटलाई नगर परिक्रमाका लागि चण्डेश्वरी भगवतीको खटलाई प्रतिक्षाका साथ दुबै खटको तालमेल मिलाइन्छ । चण्डेश्वरी परिसरमा चण्डेश्वरी देवीलाई मरजा(विशेष प्रकारको चात) खुवाएपछि खटलाई विशेष बाजागाजा साथ नगर परिरक्रमा गराइन्छ ।त्यस संगसंगै सपनाविनायक गणेशको पनि उपस्थिती रहन्छ र नगर परिक्रमा पश्चात साँझ ७ः३० बजे तिर चण्डेश्वरी देवीको खटलाई थलाग टोल र सपनविनायकलाई यलाग टोलमा विसाइन्छ र रातभर भजनकृतन गरिन्छ ।

बैशाख २ गते विहानी जात्रा-विहानै ७ः०० बजे मुल खलकका ५ जना मध्य तिन घर धुरीबाट जाड संकलन गरी भैलद्यः भन्ने तामाको ठुलो ध्यामपोमा हालि टोखा परिक्रमा पछि मासानकाली मन्दिर परिसरमा मरजा खुवाइन्छ । बिस्केट जात्राको पहिलो प्रमुख सुरुवाट विशेष देवी मध्यको एक नवदुर्गा मसानकालीको खट अगाडी बढाउन विशाल जन भक्तजनहरुको ओहिरो एक प्रकारको विशेषता नै हो । हातमा लावा, सुकुन्दा पूजाका साथ विविध बाजागाजाका साथ उपस्थित भक्तजनहरुको सहभागितामा विहान ७ः१५ बजे खटलाई नगर परिक्रमा गराइन्छ । खटले कुनै घरमा धक्का दिएमा वा छोएमा मात्र अनिष्ट हुने सम्भाविय जनविश्वासका कारण विशेष सावधानि पुर्वक खटलाई अगाडी बढाइन्छ।

         सपनाविनायक तथा चण्डेश्वरी भगवतीको खट पनि विशेष बाजागाजा तथा सिन्दुर जात्राका साथ नगर परिक्रमा गराइन्छ । विहानै पहिला चण्डेश्वरी तथा सपनातिर्थको खट अगाडी बढाइ सकेपछि मात्र मसानकालि नवदुर्गाको खट अगाडी बडाइन्छ । यी तीन वटा खटको विशेष तालमेलले जात्रालाई निकै रोमाञ्चक बनाई दिन्छ ।  मासनकालीको खट नगर परिक्रमा पछि भुतखेलको ढुङ्गेधाराको पाटीमा बिसाई कोथु गणेशको पूजा गरी देवीको पूजा गर्न पूजारी त्यहाँ सामेल हुने गर्छन र पाटीका गुठियारहरुको तर्फबाट विशेष पूजा गरी थुम्बा(भ्याँचा) बलि दिई सम्या बजि दिइन्छ र संगसंगै कोथु गणेश र मसानकालीको खटले पुनः टोखा परिक्रमा गर्छ र हासल टोलमा अर्को विशेष पूजा गरिन्छ । यो संगै मसानकाली र कोथु गणेशको खट थलाग टोलमा विसाइन्छ । गणेशको खट पनि मरली खुवाएर नगर परिक्रमा पश्चात थलाग टोलमा विसाइन्छ र यसरी नै महादेव र सरस्वतीको खटलाई नगर परिक्रमा बिनानै थलाग टोलमा दिउसो १ः०० बजे सम्ममा सबै खटलाई बिसाइन्छ । दिउँसो सिन्दुर जात्रा- सबै खलः , पुचः, गुठी तथा संघ संस्थाको आ–आफ्नो विशेषता गत बाजागाजाका साथ दिउँसो ४ः०० बजे पूजाआजा सहित जात्राका लागि सयौँ संख्यामा सिन्दुर जात्रामा सामेल हुन्छन् । ४ः०० बजे सरकारी पूजा संगै खटलाई नगर परिक्रमा गराइन्छ । र कोने लाछी तथा थने लाछीमा विशेष सिन्दुर जात्रा गरिन्छ । साँझ ६ बजे सम्ममा सात वटै खटहरु थनेलाछीमा विसाइन्छ । खट बिसाउने ठाउँमा पहिला नै रातो माटोले लिटपोट गरिएका हुन्छन् । २,३ र ४ गते टोखामा भएभरका बाजागाजाहरु बाहिर प्रदर्शन गर्ने गरिन्छ ।

साँझको याँ प्याखँ जात्रा       साँझ ८ बजे दाफा खलक, भजन खलकहरु सातै वटा खट अगाडी सात भजनमण्डलीहरु आफ्नो भजन आरधनाका लागि उस्थित हुन्छन् सँगै दियो मत्च्या जात्राका लागि मत्च्या गुठीका सबै गुठी पुचः तथा दियो बाल्न ईच्छुक ब्यक्ति , परिवार, समुहहरु धमाधम उपस्थित हुने गर्दछन् । लगतै इन्द्रायणी दाफा खलक याँ प्याखँ(नृत्य) प्रदर्शनका लागि यलाग टोल स्थित नाथेश्वरी मन्दिरमा पूजाआजा गरी थने लाछीमा  राति ९ बजे बैधिक याँ प्याखँ नृत्य प्रदर्शन गर्दछन् । जहाँ याँ प्याखँ, माक प्याखँ, मयुर प्याखँ, नाग प्याखँ लगाएत विविध बैधिक नृत्यहरु देखाउने गर्दछन् । यो नृत्यमा संगित र गीतको बोलमा आफ्नो ध्यान केन्दीत गरी नृत्य प्रस्तुत गर्नु पर्छ । जति हेर्न रमाईलो र आनन्द लाग्छ यो नृत्य गर्न त्यतिनै कठिन र मुस्किल पनि ।

बैशाख ३ गते  यो दिन नारायण पोखरीमा खट स्नान मेला हुनेभएकाले विहान ७ बजे थनेलाछीमा खट उठाएर चाँडैनै खटलाई हासल टोलमा बिसाइन्छ । यता यंसि (लिंगो) खलकहरु जम्मा भएर लिंगोमा हालिएको हलपटा(विशेष आभुषण) निकाल्ने काम गर्दछन् र नायख्यी बाजाका साथ चण्डेश्वरीको विशेष जात्रा सकिएको उद्घोष गर्दछन् । अपरान्ह १२ बजे सम्ममा सबै खटहरु बिसाई सकेका हुन्छन् र दिउँसो ३ बजे पुनः सिन्दुर जात्रा संगै रथ नारायण पोखरीमा लगेर स्नान मेलामा ५ वटा खटलाई जात्रा गरी मसानकाली मन्दिरमा परिसरमा घुमाएर पुनः पोखरी मार्ग भएर नगर परिक्रमा गर्न लाग्दा मसानकाली तथा कोथु गणेशको मिल्यमत्तोमा जात्रालाई केही समय लम्ब्याउन बाटो छेक्ने कार्य गरिन्छ । जसमा गणेशले पनि साथ दिइन्छ भने चण्डेश्वरी र सपानाविनायक एक समुह बन्ने गर्दछ भने मसानकाली, कोथु गणेश र गणेश दोस्रो समुह बन्छ । केही समय पछि कोने लाछीमा पनि यस्तै बाटो छेक्ने काम हुन्छ ।

       यो साँझ खटहरु कोनेलाछीमा बिसाउने भएकाले चण्डेश्वरी  र सपनाविनायकलाई अतिथ्य स्वीकार्न मसानकाली र कोथु गणेशले आग्रह गर्छ, तर भक्तजनले पाँचै जनाको दर्शन गर्न लालायित भएकाले भक्तजनहरुलाई दर्शन दिन जाऔँ भन्दै सपनाविनायकले लिड गर्छन र सबै खटहरु आपासि मैत्रिका साथ अगाडी नगर परिक्रमामा अघि बद्छन् । यो कार्यले आपसी मित्रता तथा माया सद्भावलाई बढवा दिएको छ । नबुझनेहरुले गल्त अर्थ निकालेकाले थने र कोने अर्थात सरस्वती र चण्डेश्वरी बिचको खाडल खन्ने गर्दछन् तर जे होस जात्रालाई सहज र रमाईलो पार्न यो कार्यले निकै प्रसंशनिय भूमिका खेलेको छ जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। रात्रिकालिन समयमा अघिल्लो २ गतेको राति जस्तै दियो जात्रामा याँ प्याखँको आयोजना हुँने गर्दछ ।

बैशाख ४ गते अन्तिम दिन – विहानै खटहरु उठाई नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाइन्छ, मसानकाली भनेआफ्ना खल पुचःका घरघरमा गई बाली उठाउँने कार्य गर्दछन् । दिउँसो २ बजे सम्ममा मसानकाली माईको खट बिसाइ सक्छन् । अन्तिम जात्राको  तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातोमाटोले लितपोत गरी स्वागत योग्य कार्य गर्दछन, ४ः३० बजे अन्तिम जात्राको तयारी सरकारी पूजाबाट गरिन्छ र खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुसासित ढङ्गबाट अगाडी बढाउन बसः(विशेष प्रकारको कपडा)ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटा खटहरु पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकका आ–आफ्ना प्रतिनिधि बाजाले लिन आउने गर्दछन् ।  देवता घरमा देवी देवतालाई बिधिवत पूजा आजाका साथ यथास्थानमा एक वर्षका लागि सुरक्षित राख्छन् । यहि रात केही बुढापाकाहरु तथा  स्थानियवासीहरु हृदयविदारकगीत गाउने चल्न पनि छ ।

बैशाख ५ गते लिसपूजा– यस दिन विहान थनेलाछिमा अवस्थित यँसी गालेमा रहेको यँसी ढालिन्छ । जात्रा समापन भएको संकेट गर्दै करिव एक महिनादेखि थहराएको उत्त यँसिलाई यस दिन ढालिन्छ । त्यस्तै बिधिवतरुपमा जात्राको सम्पन्न भएको जानकारी दिन बज्रयोगिनीमा गएर पूजाआजा गरी भोजभट्टेरको आयोजनागरी टोखा नगर परिक्रमा गर्दछन् । यो दिन सिन्दुर जात्रामा सामेल सबै खलः,पुच,गुठी तथा संघसंस्थाहरु बज्रयोगिनीमा गएर पूजागरी भोज खाई नगर परिक्रमा गर्नै पर्ने प्रवधान रहेको छ ।यसरी आफ्नै मौलिम परम्‍परा र छूट्टै महत्व बोकेको टोखाको विस्का नखः सञ्चार माध्यममा स्थान नपाउँला गुमनाम भैरहेको तीतो यर्थाथता छँदैछ । जे हो आफ्नो पुर्खाले सुम्पेर गएको जात्रालाई हालसम्म पनि निर्नतररुपमा टोखाबासीहरुले हर्षोल्हासका साथ मनाइदै यसलाई जीवन्तता दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>