निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरेरै छोड्छु : महासचिव पोखरेल

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं २०७४ मंसिर २९ । काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गत मंगलवार टोखामा आयोजित विजय र्‍यालीमा सम्बोधन गर्दै उहाँले चुनावका क्रममा आफूले जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

उहाँले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । महासचिव पोखरेलले सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताउनुभयो ।

हामीले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए । तर हामी ती प्रतिबद्धतालाई पूरा गरेर मुलुकलाई विकास तर्फ लैजान्छौ, उहाँले भन्नुभयो ।

उहाँले चाँडै नै वाम गठबन्धनको सरकार बन्ने समेत बताउनुभयो ।निर्वाचन क्षेत्र नंं ५ मेडिकल कलेजको हब भएको भन्दै उहाँले जनतालाई स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा राख्नुभयो ।

सभामा उहाँले ऐतिहासिक नगरी टोखाको संरक्षण गर्दै यस क्षेत्रको विकासका लागि आफ्नो कर्तव्य भएको समेत बताउनुभयो । टोखाबासीलाई सम्वोधन गर्दै टोखाको संमग्र विकास निर्माणका लागि विभिन्न राजनीतिक दलमा रहेका दल तथा संस्थाहरुलाई विशेष योजना लिएर सहयोगको लागि अनुरोध गरे त्यसलाई आफुले सहस स्वीकार गरि सहयोग गर्ने प्रतिद्वता जनाउनु भयो ।

टोखा नगरपालिका २ र ३ पार्टी कमितिल‍े संयुक्त रुपमा आयोजना गरेको र्‍यालीमा प्रदेश सभाका विजयी उम्मेदवार नारायणबहादुर सिलवाल र दीपक निरौलासहित एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाको सहभागिता रहेको थियो । र्‍यालीमा क्रममा मतदाताले महासचिव पोखरेललाई बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>