माघ १ गते चाकु दिवस , थकालि सम्मान तथा साँस्कृतिक कार्यक्रम हुने

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा, पुष २८ शुक्रवार । यस वर्षदेखि माघ १ गतेलाई चाकु दिवसको रुपमा मनाईने भएको छ । चाकुको उद्गमथलोको रुपमा रहकेको टोखा आफ्नो मौलिकता र पहिचानलाई जोगाइ राख्न यसै वर्षदेखि माघ १ गतेका दिनलाई चाकु दिवसको रुपमा मनाउन लागेको नेपा युवा क्लवका अध्यक्ष संदिप डंगोलले बताए । चाकुको उद्गमथलोको रुपमा रहेर पनि आजका दिनसम्म यसलाई कसैले सम्मान नगरिरेको परिपेक्षमा युवा पुस्ताले चाकु दिवस मनाउनु समय सान्दर्भिक देखिन्छ । अाफ्नो क्लबको प्रथम वार्षिकोत्सवको अवसरमा चाकु दिवसको सुरुवाट गरिन लागेको डंगोलले बताए ।

त्यसै गरी  टोखाको मौतिक परम्परा तथा जीवन्त धरोहरका रुपमा रहेका तलेजुका थकालिहरुलाई  सम्मान गरिने  भएको छ । यहि माघ १ गते संकान्तिको अवसरमा गरिन लागेको क्लबको पहिलो वार्षिकोत्सव कार्यकमको अवसरमा थकालिहरुको सम्मानका गरिन लागेकाे हो ।

क्लबको वार्षिकोत्सको अवसरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको छ भने साथै माघ १ गते विहान म्याराथुन दौड हुनेछ । यसका साथै  विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने क्लबका अध्यक्ष डंगोलले बताए । साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको विविध प्रस्तुति रहनेछ ।  कार्यक्रम तलेजु मन्दिर परिसरमा दिउँसो १२ बजेदेखि शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>