नेवा: पुच: द.कोरियाको साधारण सभा सम्पन्न, नयाँ कार्य समितिको चयन

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

दक्षिण कोरीया
दक्षिण कोरिया । नेवा: समुदायमा एकता,आपसी सदभाब,भैपरि आउने आपत-बिपतमा सहयोग, नेवा: भाषा,भेष-भुषा,संस्कृति र सम्पदाको प्रचार-प्रसार,संरक्षण गर्ने उद्देश्यले सन् २००२ मा स्थापना गरिएको यस सामाजिक संस्थाको फेब्रुअरी १८ बुधबार साउल तुन्देमुन स्थित एक बिहारमा नेवा:पुच: द.कोरियाको सातौं साधारण सभा सम्पन्न तथा नयाँ कार्य समिति चयन गरिएको छ।

संस्थापक अध्यक्ष श्री मणिराज जोशी प्रमुख अतिथि,बिहार प्रमुख कोरियन भिछु सन्जिन बिशेष अतिथि, यस संस्थाको सम्पुर्ण कार्यभार समाल्नु भएका उपाध्यक्ष श्री रमेश श्रेष्ठ  भुतपुर्ब अध्यक्ष श्री सानु प्रजापति , चितवन सम्पर्क समितिका पुर्ब अध्यक्ष श्री राजन श्रेष्ठ, नेपाल जनसम्पर्क समितिका भुतपुर्ब सभापति तथा बर्तमान सल्लाहाकार श्री गंगा थापा श्रेष्ठको  अतिथि रहेको कार्यक्रममा सभापतिमा निबर्तमान अध्यक्ष श्री डा.नबिन बज्रचार्य रहनु भएको थियो।

साँझ ०६:०० बजे बाट सुरुभएको कार्यक्रममा, कार्यक्रमका सभापति ज्युले पुरानो कार्यसमितिको बिघटन गरि तदर्थ समिति गठन गरि नयाँ अध्यक्ष पदमा चुनाब नै गर्नु परेको थियो l एती रेस्टुरेन्टका संचालक श्री गम्बिरमान श्रेष्ठ ज्युलाई पराजित गर्दै भुतपुर्ब सचिब श्री कृष्ण मुस्यान ज्यु नेवा: पुच: द.कोरियाको अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो l

नव-निर्बाचित कार्यसमितिको पद-अधिकारी

अध्यक्ष
श्री कृष्ण मुस्यान

उपाध्यक्ष
श्री निर्मल महर्जन
श्री मदन लाल श्रेष्ठ
श्री राज देसार

सचिब
श्री बिक्रम श्रेष्ठ

सह-सचिब
श्री बिकाश महर्जन

कोषध्यक्ष
श्री बीरबहादुर डंगोल

सह-कोषध्यक्ष
श्री नानु छोरी महर्जन

सदस्य
श्री सुनिल महर्जन
श्री पुस्कर श्रेष्ठ
श्री निरोज महर्जन
श्री सजनी श्रेष्ठ
श्री हर्बिन्द्र श्रेष्ठ
श्री निराजन तुलाधर
श्री श्याम श्रेष्ठ
श्री बिनोद श्रेष्ठ

संरक्षक
श्री डा.नबिन बज्रचार्य
श्री मणिराज जोशी
श्री सानु प्रजापति
श्री रमेश श्रेष्ठ

सल्लाहकार
श्री गंगा थापा श्रेष्ठ
श्री मल्लिका श्रेष्ठ थकाली
श्री राजन श्रेष्ठ
श्री गम्बिरमान श्रेष्ठ
श्री पुरु जोशी

दक्षिण कोरीया.1jpg

माथि उल्लेखित तपसिल अनुसारको व्यक्तिहरुमा साधारणसभामा समयको अभाबले बर्तमान अध्यक्षको पहलमा आकस्मिक बैठक बसी, कार्य समितिका पद-अधिकारीको मागमा उपाध्यक्ष पदमा श्री निर्मल महर्जन सहित सदस्यहरु मनोनित गरिएको थियो l साथै कार्य समितिकै सरसल्लाहमा माथि उल्लेख अग्रज आदरणीय व्यक्तिहरुलाई संरक्षक,सल्लाहकारमा मनोनित गरिएको थियो ।
समाचार नेवा पुच दक्षिण कोरिया बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>