न्हूजः खलःले भोलि आफ्नो ३३ ‌औ‌ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । श्रावण ३२ ,काठमाडौं : न्हूजः खलः (न्हूजः पुस्तकालय)ले आफ्नो ३३ ‌औ‌ वार्षिकोत्सवको अवसर पारेर भोलि विविध कार्यक्रम गरी मनाइदै छ । प्रत्येक वर्षको भाद्र १ गतेका दिन आफ्नो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउदै अाइरहेको छ ।

न्हूजः खलःले ३३ औं वार्षिकोत्सवको अवसर पारेर भोलि रक्तदान, निःशुल्क मृगौला परिक्षण तथा स्थानिय मा.वि. स्तरीय निबन्ध प्रतियोगिता कार्यक्रम समेत गर्ने भएको छ । रक्तदान कार्यक्रम भोलि विहान ८ देखि दिउसो १ वजेसम्म गणेश मन्दिर परिसरमा हुनेछ । त्यस्तै गरी नेपाल मेडिकल कलेजको सहयोगमा निःशुल्क मृगौला परीक्षणा विहान ९ देखि १ वजेसम्म न्हूजः भवनमा हुनेछ भने स्थानिय मा.वि. स्तरीय निबन्ध प्रतियोगिता विहान ११ बजेदेखि न्हूजः परिसरमा हुने न्हूजः खलःका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले रक्तदान कार्यक्रममा सहभागि भई कसैको जीवन बचाउने पुण्य कार्यमा सरिक हुन तथा निःशुल्क मृगौला परिक्षणमा सहभागि भई लाभ लिन सम्पुर्ण टोखाबासीहरुमा आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>