प्रथम मिडिया फेष्टिभल सम्पन्न

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page
प्रथम मिडिया फेष्टिभल  सम्पन्न

 शनि, पौष २२, २०७४ ललितपुर । नेवाः राष्ट्रिय पत्रकार दबूको आयोजनामा आज ललितपुर दरबारको भण्डारखाल बगैचामा प्रथम मिडिया फेष्टिभल भव्य रूपमा सम्पन्न भएको छ ।

व्यवसायीक पत्रकारिताका लागि समावेशी सञ्चार सहित सुरूभएको फेष्टिभलको उद्घाटन वाड्गमय शताब्दी पुरूष तथा संस्कृतविद् डा. सत्य मोहन जोशीले सुकुन्दा बालि गरेका थिए । उक्त कार्यक्रममा डा. जोशी प्रथम समावेशी पत्रकार भएकाले उहाँलाई भब्य रूपमा सम्मान गरेको हो । जोशीले २००९ सालमा सर्वप्रथम कलाकार नामक नेपालभाषा, नेपाली, हिन्दी र अंग्रेजी भाषाको पत्रिका प्रकाशन गरेकाले उनलाई प्रथम समावेशी पत्रकारका रूपमा सम्मान गरेको हो ।

उक्त कार्यक्रममा दबुको स्मारिका, त्यस्तै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ, मातृभाषा पत्रकारितामा प्रथम पत्रकार धर्मादित्य धर्माचार्य को तस्वीर अंकित क्यालेण्डर प्रकाशित गरेको थियो ।

दबुका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमा सूचना विभागका महानिर्देशक, प्रेस काउन्सिलया कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ लगाएतले समावेशी पत्रकारिताको विषयलाई लिएर अाफ्ना मन्तव्य राखेका थिए । 

त्यस्तै गरि कार्यक्रमको दोस्रो चरणमा मातृभाषा पत्रकारितामा स्थानीय जनप्रतिनिधिहरूको दायित्व र सहयोगको वियषलाई लिएर महालक्ष्मी नगरपालिकाका मेयर तथा किपू नगरपालिकाका मेयर रमेश महर्जले आफ्नो भनाइहरू राखेका थिए । त्यस्तै गरि कार्यक्रमको तेस्रो चरणमा समावेशी संचारका विषयमा भएको बहसमा राजनीतिक विश्लेषक सिकेलाल, पत्रकार युवराज घिमिरे तथा सुरेश किरण मानान्धर सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न मिडिया प्रकाशन गृहले स्टलत समेत राखिएका थिए । साथमा विभिन्न कलाकारहरुले सांगीतिक तथा नृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>