भगवती क्लव ‘ए’ २ गोलले बिजयी बाल प्रेमी र सानो गोचरणको खेल बरामरी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । भाद्र ६ । काठमाडौं । श्री भगवती क्लवको आयोजनामा टोखाको भुटखेल खेल मैदानमा जारी उत्तर भेगिय गजराज जाेशी स्मृति कप २०७४ फुटबल प्रतियाेगिताको लिग चरणको खेलमा गाम्चा युवा क्लवलाई अायाेजक टिम भगवती क्लव ‘ए’ले २ गोल हराएको छ । भगवती क्लबका तर्फबाट दिनेश डंगोल र रबि बिडारीले एक एक गोल गरेका थिए ।

त्यस्तै गरी आजै भएको अर्को खेलमा सानाे गौचरण र बाल प्रेमी बीच भएकाे  खेल २-२ गाेलसहित बराबरी टुङ्गिएको  छ । खेलमा सानो गौचरणका लागि दिपक भुषाल र अखिलेस कार्कीले एक एक गोल गरेका थिए भने बाल प्रेमीका तर्फबाट निरज राई र भरत शाहले एक एक गोल गरेका थिए ।

प्रतियोगिता भोलिको लिग खेलमा सदाबहार खे.स. र नयाँ जागरण बीच पहिलो खेल हुने छ भने सर्वमान्य र भगवती “बी” बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>