म्हः पूजा

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

हिमेश- कार्तिक शुक्ल पक्षदेखि नेपाल संवत्को नयाँ वर्षसुरु हुन्छ । त्यसै दिन मनाइने म्हः पूजा हाम्रो संस्कृतिको विशेष पक्ष हो । नयाँ वर्षो अवसरमा आफैंले आफ्नो शरीरको पूजा गर्ने विशिष्ट चलन सम्भवतः अन्यत्र पाइन्न । चन्द्रमासमा आधारित यो संवत् नेपालको संस्कृति तथा परम्परासँग भिजेको छ । त्यसैले पनि नयाँ वर्षो पहिलो दिन आफ्नो शरीरको पूजा गरेर सुरुवात गर्नुको विशिष्ट अर्थ छ ।

नेपाल भाषामा म्हको अर्थ हुन्छ, शरीर । अनि त्यसैको पूजा म्हः पूजा । मल्लकालतिर जति पनि अन्तबाट काठमाडौं उपत्यका प्रवेश गर्थे, उनीहरु सबै यहाँको भाषा, संस्कृतिसँग नजिक हुन्थे । आफूलाई त्यसै अनुसार ढाल्ने काम गर्थे । त्यसैले केही सस्कृतविदले के मानेका छन् भने म्हः पूजा सायद मल्लकालमा खास एक समुदायसँग मात्र जोडिएको पर्व थिएन । सम्भवतः त्यति बेला काठमाडौंका सबै आम जनताले मनाउने यो पर्व थियो, त्यो पनि नयाँ वर्षो उपलक्ष्यमा ।

आजभोलि नेवार जातिले मनाउने विशेष पर्वको रुपमा यसको व्याख्या गरिन्छ । काठमाडौं उपत्यकामा स्वन्ति तीन दिन मनाइन्छ । स्वन्ति अर्थात् तिहार । पहिलो दिन लक्ष्मी पूजा, दोस्रो दिन म्हः पूजा र किजा पूजा तेस्रो दिन । किजा पूजा अर्थात् भाइटीका ।

नेपाल संवत्को आधारमा लक्ष्मी पूजा वर्षो अन्तिम दिन हो । त्यसैले यो सालतमामी गर्ने दिन पनि हो । अर्थात् आफ्नो व्यवसायको एक आर्थिक वर्षअन्त्य हुने दिन । त्यसको भोलिपल्टबाट नयाँ संवत् सुरु हुन्छ र फेरि नयाँ आर्थिक वर्ष। आजभोलि धेरै कारणले आर्थिक वर्षफरक समयमा मनाउने गरिए पनि केही वर्षअगाडिसम्म लक्ष्मी पूजाकै दिन सालतमामी गर्ने चलन थियो । यो अर्थमा आफ्नो आर्थिक कारोबार र अरु काम बन्द गरेर लक्ष्मीपूजा गर्ने चलन विशिष्ट देखिन्छ । आजभोलि पनि केहीले सांकेतिक रुपमा सालतमामी गर्ने गर्छन् ।

म्हः पूजाको दिन बौद्ध नेवारले बुद्ध, धर्म र संघ, कुलदेवता तथा इष्ट देवताको पूजा गर्छन् । हिन्दु नेवारले भने बलि राजाको पूजा गर्छन् । तर पनि यी दुवै पूजाको मूल आशय भने त्याग र दान शीलताको भावना नै हो । अर्थात् मानिसले आफ्नो जीवन सबै प्राणीको हित र उद्धारका लागि तल्लीन हुन सकोस् भनेर स्मरण गरेर सालिन्दा नयाँ वर्षो अवसरमा आफ्नै शरीरको पूजा गरिन्छ ।

पूजाका क्रममा मण्डल बनाइन्छ । खेलुइताः बालिन्छ । यो सबैभित्र लुकेको दर्शक के हो त – हाम्रो जीवन पञ्चस्कन्ध र पञ्चतत्वले बनेको मानिन्छ । मानिसको जीवन मृत्युपछि यही पृथ्वीमा विलिन हुन्छ । यो एक अर्थमा शून्यतामा विलिन हुनु हो । मानिसको जीवन वास्तवमै शून्यता जस्तै हो भन्ने भाव यही मण्डल र खेलुइताः ले दिइरहेको हुन्छ । खेलुइताः अर्थात् लामो बत्ती । अरु बत्तीभन्दा यो लामै हुन्छ, हाम्रो अनुहारको लम्बाइ बराबर । अनुहारले कोही पनि मानिसको वास्तविक परिचयको प्रतिनिधित्व गरिरहेको हुन्छ । यसलाई बालेपछि यो खरानीमा परिणत हुन्छ । यसलाई बाल्नुको अर्थ एकातर्फहामीले पनि चारैतर्फप्रकाश र्छन सकौं भन्ने हो । अर्कोतर्फहाम्रो शरीर पनि एक दिन यस्तै खराब हुनेछ भनेर बोध गराउनु पनि हो । समग्रमा आफूभित्र रहेको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौं भनेर प्रतीकात्मक रुपले आफूले आपै+mलाई पूजा गर्नु नै म्हः पूजा हो । हाम्रो पर्ुखाले म्हः पूजाको चलन यसै दर्शनलाई प्रत्येक वर्षपहिलो दिनमै सम्झाउन सुरु गरेका हुन् ।

नेपाल संवत्का पर््रवर्तक शंखधर साख्वा हुन् । भनिन्छ, आफूले घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैको मद्दतले उनले जनतालाई ऋणबाट मुक्त गरेका थिए । यस्तै एक अर्को विश्वास अनुसार व्यापारी शंखधर साख्वा विरुद्ध विभिन्न आरोप लागेपछि तत्कालीन राजाले उनको सम्पति अतिक्रमण गरे । पछि शंखधर साख्वाको इमानदारीबारे सबैले थाहा पाए । उनको सम्पत्ति फिर्ता भयो । उनले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋण मोचन गरे । यसै घटनालाई सम्झेर नयाँ संवत् भयो । यो सबै घटना क्रमलाई पनि कुनै न कुनै रुपमा म्हः पूजा र यससँग जोडिएको दर्शनसँग मिल्न आउँछ ।

संस्कृतविद्हरुले म्हः पूजाको क्रममा जति पनि चीज प्रयोगमा आउँछन् तिनमा लुकेको दर्शनलाई व्याख्या गर्ने प्रयास गरेका छन् । जस्तो, मखमली फूल र ओखर त्याग भावनाका लागि प्रेरणा मानिन्छ । फूल, माछा र फलफूलको मिश्रण शक्तिको प्रतीक हो । माछालाई प्रज्ञा र फूललाई करुणाको प्रतीक मानिन्छ । पूजामा सानो पानीको भाँडो पनि प्रयोग हुन्छ । यो यमुनाको प्रतीक हो । कमलको फूलको आठ भागले आठ दिशा तथा अष्टांगिक मार्गको प्रतिनिधित्व गर्छ । सुकुन्दामा गणेश, नाग, कलश, दीप हुन्छन् । गणेश मंगल, नाग काल, कलश लक्ष्मी, दीप प्रकाशको प्रतीक हुन्छ । म्हः पूजापछि आठ परिकार पनि खाइन्छ, अर्थात् च्याता घासा । यो अष्टमातृकाको प्रतीक रहृयो ।

म्हः पूजाका दिन विहान सबेरै उठेर नुहाउनर्ुपर्छ । नसक्नेले राम्रोसँग हात मुख धुनर्ुपर्छ । म्हः पूजा गर्ने ठाउँ र त्यसमा प्रयोग हुने सामग्री सफा सुग्घर राखिन्छ । गोबरले भुइ लिपिन्छ । परिवारका सदस्यको संख्या जति छ, त्यसै अनुसार पूजा सामान र अन्य पदार्थको व्यवस्था गर्नर्पर्छ । सगुनका लागि विशेष खाले पूजा थालीको पनि व्यवस्था गर्नपर्छ । यसलाई कोतः भनिन्छ । फूलमा सयपत्री, भीमसेनपाती, मखमली, गोदावरी चाहिन्छ । यस्तै सिन्दुर, अक्षता, नैबेद्य, इता -सानो बत्ती), जजंका -जनै) पनि चाहिन्छ । सगुनमा हाँसको फुल, सिंगो माछा आवश्यक हुन्छ । भोज भने आफू खुसी हुन्छ, अथवा आफूले सक्दो । सुर्य उदय हुने पर्व अथवा अस्त हुने पश्चिम दिशातिर फर्केर म्हः पूजा गरिन्छ ।

म्हः पूजा गर्ने जति सदस्य छन् प्रत्येकको अगाडि जलमण्डल बनाउनर्ुपर्छ । जल मण्डलको बीचमा पाँचवटा तेलको चक्का बनाउनर्ुपर्छ, त्यसलाई चिकंमन्द -तेल मण्डल) भनिन्छ । परिवारको कोही सदस्य बिरामी छन् अथवा घरबाहिर विदेशमा छन् भने पनि उनको प्रतिनिधित्व गर्दै मण्डल बनाइन्छ । त्यस मण्डलको नजिक बस्नेले त्यसमा पनि पूजा गर्ने गर्छन् । पूजाका क्रममा पुरुषले टोपी लगाउँछन् भने महिलाले दायाँ हात बाहिर निकालेर पछ्यौरा ओढ्ने गर्छन् ।

प्रकाशित मितिः २०७४ कार्तिक ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>