दु:खद समाचार : यात्रुबाहक बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page
kanchhi

स्वंगीय कान्छी डंगोल

न्युज अफ टोखा डट कम । श्रावण ३२, काठमाडौं ।  यात्रुबाहक बसको ठक्करबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा टोखा नगरपालिका २ भिल्लीका २६ बर्षीया कान्छी डंगोल रहेकी छिन् ।

आज बेलुका करिव ५:३० बजे तिर आफ्ना दुई छोरी सहित घर फर्किदै गरेकी कान्छी डंगोल गलय् टोखा बृहत् खानेपानी नजिक बिपरित दिशाबाट आईरहेको यात्रुबहाक बसले  ठक्कर दिदा ग्राण्डी अस्पतालमा उपचारका क्रममा २६ बर्षको कलिलै उमेरमै ज्यान गुमाएकी  थिइन भने घाइते हुने उनकी दुई छोरी मध्य एकको हात भाँचिएको छ भने अर्काको टाउकोमा गम्भीर चोट लागेको परिवार श्रोतले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार मृतक कान्छी डंगोल उनका श्रीमान मोटर साइकलबाट आफ्ना छोरीहरू सहित घर जान्दै गर्दा विपरीत दिशाबाट तीब्रगतीमा आइरहेको बसले एकासी ठक्कर दिदा मोटर साइकल लडेको थियो ।भने मृतकलाई बसले किचेको थियो ।

टोखा छहरे रूटमा चल्ने उक्त टोखा छहरे मिनिबस व्यवसायी समितिको यात्रुबाहक बस अहिले आवश्यक थप अनुसन्धान र कार्वाहिका लागि महाराजगन्ज प्रहरी चौकीमा राखिईको प्रहरी श्रोतले जनाएको छ ।

बस चालकको लापरबाहीका कारण उक्त दुखद घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अध्ययनले देखिएको छ । बाटो साँघुरो र अव्यवस्थित हुनु घटनाको अर्को कारकतत्व बनिदिएको छ । त्यसो त टोखा छहरेमा चल्ने बसहरू आवश्यकता भन्दा बढी गतीमा  कुदाउने गरेको स्थानीयबासीहरूले गुनासो  नपोखेका भने होईनन् । सडकको अवस्था र क्षमता भन्दा तीव्र र अनियन्त्रित गतीमा चलाउने कारणले आज यो अकल्पनीय घटना घट्न गएको सहजै अनुमान गर्न सकिन्छ । 

मृतक परिवारहरूले दोसिलाई कडा भन्दा कडा सजाए दिनुपर्ने र न्यायोचित क्षतिपूर्ति पाउनु पर्ने माग गरेका छन् भने घाइते भएका बालिकाहरूको उचित उपचार र भविष्यमा कुनै पनि आँच नआउने गरी अध्ययनका लागि शिक्षा दिलाउनु पर्ने माग गरेको छ । भोलि विहान ८ बजे पीडित र टोखा छहरे मिनिबस व्यवसायी समिति बीच यस बारेमा दुई पक्षीय  छलफल हुने परिवार श्रोतले जनाएको छ ।

तर यस बारेमा टोखा छहरे मिनिबस व्यवसायी समितिले आफ्नो आधिकारीक धारणा सर्वजनिक गरेको छैन ।

भविष्यमा यस्तो दुख्द घट्ना दोहोरिन नदिन समयमा नै सजक भई टोखा छहरे मुल सडक खण्ड अन्तर्गतका सडक व्यवस्थित गरी सिमित गति टोकेर सवारीसाधन आवत जावत गर्ने आवश्यक कदम चाल्न सम्वन्धित निकायको ध्यान जान जरूरी भएको छ ।

हामी यस बारेमा थप जानकारी दिदै जानेनौ छौं हामी संग रहनुहोला ।

One Response to दु:खद समाचार : यात्रुबाहक बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

  1. Panchakaji sth Reply

    August 17, 2017 at 5:28 am

    Mritak KO nam Kanchhi ho ki shanti farak pareko dekhing6.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>