येँया पुन्हि / सम्हय्बजि चाड (एक चोटी पढनै पर्ने लेख)

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

“कान्तिपुर नगरलाई नेपालभाषामा येँय् देय् भन्ने गरिने हुनाले त्यसबेला यस जात्रालाई येँया भन्ने गरिएको थियो । हिजोआज पनि नेपाल भाषाभाषीहरुले इन्द्रजात्रा नभनीकन येँया नै भन्ने गर्दछन् र भाद्रपूर्णिमाको दिनलाई पनि येँयापून्हि भन्ने गर्छन । इन्द्रजात्रा भन्ने नाम त पछि मात्र नेपाल भाषाभाषीहरुले राखेका हुन् ।”

भाद्रशुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यका भित्रका नेवार समुदायले वर्षेनि सम्हय्बजि चाड मनाउने गर्दै आएका छन् । सो दिन बेलुका दलुचा नामक एक प्रकारको कलात्मक दियोमा तेलको बत्ती बालेर त्यस बत्तीलाई नै विधिपूर्वक सम्हय्बजि चढाएर पूजा गरिसकेपछि त्यसैको प्रसाद स्वरुप सम्ह्य खाएर चाड मनाउने गरिन्छ । यसरी देवदेवताहरुलाई सम्ह्य चढाएर पूजा गर्नु र प्रसाद स्वरुप सम्हय् आनु नेवार समाजमा संस्कृति नै बनेको छ । परिवारमा कसैको जन्मदिन परेमा र अन्य चाडपर्वहरुमा पनि घरका तन्त्रोक्त देवताहरु र टोलका देवताहरुमा सम्हय् सहित पूजा गर्नुपर्ने परम्परा प्राचिनकाल देखि नै चल्दै आइरहेको छ । तर पनि भाद्र शुक्लपूर्णिमालाई भने मुख्य रुपमा सम्हय् चाड कै रुपमा माने गरिएको छ ।

यस किसिमको संस्कृति रहस्मय सर्वप्रथम भाद्र पूर्णिमालाई सम्हय् चाडको रुपमा किन मान्ने गरियो भने कुरा बुझ्न आवश्यक हुन्छ । देवमाला वंशावली अनुसार कलिगत वर्ष ३८२५ मा (हिजोआज कलिगत वर्ष ५१०८) तत्कालिन लिच्छवी राजा गुणकामदेवले आफुले सपनामा देखे अनुसार देवी महालक्ष्मीको खड्ग आकारमा विभिन्न नामका देवदेवीहरुका पीठहरु स्थापना गरी कान्तिपुर नगरी नामले बस्ती बसाएका थिए, त्यसै बेला देखि नै प्रत्येक वर्ष भाद्र शुक्लपक्ष द्धादशी देखि पूर्णिमासम्म चारदिन नगर स्थापनाको वार्षिक उत्सव मनाउने परम्परा तिनै राजाले चलाइका थिए, भनिन्छ । त्यति बेला विजुलि बत्तीको बिकास भइनसकेको हुँदा घरघरका झ्यालहरमा “दलुचा” नामक दियाहरु झुण्ड्याएर त्यसमा तेलका बत्तीहरु बाल्ने तथा टोलहरुमा पनि काठका झ्याल जस्ता लठ्ठाहरु भुइँमा गाडेर उभ्याई त्यसमा पालाहरु राखेर बत्ती बाली उत्सव मनाउने गरिन्थ्यो । यसरी सबैतिर बत्तीहरु बाल्दा कान्तिपुर नगर झिलीमिली उज्यालो देखिन्थ्यो । भनिन्छ, त्यतिबेला बत्तीहरुबाट भएको उज्यालो पाटन र भक्तपुरबाट समेत देखिन्थ्यो रे । अनि उत्सवको चौथो दिन पूर्णिमाको दिन ती बत्तीहरुलाई नै पूजा गरेर अर्थात दलुचा पूजा गरेर सम्हय् नखः मानी नगरोत्सव सिध्याउने गरिन्थ्यो रे, पछि शाहवंशीय राजाहरुले तीन शहर विजय गरेर शासन गर्न थालेपछि पृथ्वी नारायाण शाहका छोरा प्रतापसिंह शाहले हनुमानढोका परिसरमा इन्द्रध्वजोत्थान भनेर लिङ्गो ठड्याइ इन्द्रजात्रा भनेर नामाकरण गरी अर्काे चार दिन पनि थपेर आठ दिन जात्रा मनाउने गरिएको हो, भनिन्छ ।
कान्तिपुर नगरलाई नेपालभाषामा येँय् देय् भन्ने गरिने हुनाले त्यसबेला यस जात्रालाई येँया भन्ने गरिएको थियो । हिजोआज पनि नेपाल भाषाभाषीहरुले इन्द्रजात्रा नभनीकन येँया नै भन्ने गर्दछन् र भाद्रपूर्णिमाको दिनलाई पनि येँयापून्हि भन्ने गर्छन । इन्द्रजात्रा भन्ने नाम त पछि मात्र नेपाल भाषाभाषीहरुले राखेका हुन् । यसको अतिरिक्त येँया जात्रामा मल्ल राजाहरुको शासनकालमा कुमारीको रथयात्रा गर्ने कुरा पनि थपिएको थियो । मल्ल राजाहरुले नेपालमा शासन गर्ने अवसर पाएपछि तिनीहरुले राष्ट्रकै इष्ट देवाताको रुपमा तलेजु देवीलाई स्थापना गरी नित्य देवीको आराधना गर्ने चलन बसालेका थिए, त्यसपछि तिनै तलेजु देवीकै रुप जीवित कुमारी पनि स्थापना गरेर कान्तिपुर नगरोत्सव अर्थात येँया जात्रामा कुमारीको रथयात्रा पनि थप्ने चलन चलाएका थिए ।

येँयापून्हि एकदिन अगाडि चिकंमुगल, लगन, ब्रम्हटोल हुँदै भिमसेनस्थानबाट कुमारीको रथयात्रा गरी बसन्तपुरस्थित देवगृह अगाडि पु¥याइ जात्रा सिध्याइन्छ भने भोलिपल्ट पूर्णेको दिन यट्खा, टेंगल, न्ह्योखा हुँदै असन, इन्द्रचोक, भएर हनुमानढोकाबाट त्यहीं कुमारी देवगृह अगाडि पु¥याएर जात्रा सम्पन्न गरिन्छ । तगनतिर गरिने रथजात्रालाई क्वःनेया भनिन्छ भने असनतिर गरिने रथयात्रालाई थःनेयाः भनिन्छ भन्ने गरिन्छ । यसरी कुमारीको रथयात्रा गर्दा क्वःनेयाःको दिन तल्लो टोल पु¥याएर रथ तानेर जैसीदेवल अगाडि पुगेपछि त्यहाँ रथ अड्याएर देवीको पूजा गरी जात्राका सहभागी र दर्शकहरुलाई समेत सम्हय् बाँडेर ख्वाउने गरिन्छ । त्यस्तै भोलिपल्ट थःनेयाःको दिन पनि माथिल्लो टोल घुमाएर ल्याइ रथ हनुमानढोका अगाडि पुगेपछि त्यहाँपनि दर्शक र जात्रामा सहभागीहरुलाई सम्हय् बाँडेर त्यहाँ रहेको भैरबको मुखबाट धाराको रुपमा निस्किरहेको जाँड खुवाउने पनि गरिन्छ । यसरी येँया जात्रालाई सम्हय् चाडको रुपमा मनाउने गरिन्छ ।

यस्तै जात्राको पहिलो दिन विहान टोखामा मुख्य मुख्य चोक पुखुसी, यलाग(नासल), थलागमा विशेष प्रकारको दियो बाल्नका लागि चारवटा लिङ्गो ठहराईन्छ र पानीले बलेको दियोलाई असर नगरोस भनेर माथिबाट छ्वाली अथवा परालको छानो बनाएर छोप्ने गरिन्छ जसलाई गोर्‍याख पनि भनिन्छ । यस लिङ्गोमा इन्द्रको प्रतिकका रुपमा एउटा गोलाकार वस्तु राखिन्छ । भने अन्य चोकहरुमा दियो बाल्नका लागि इण्द्रको प्रतिमा सहिल दियोकव् खम्बा राखिन्छ । बेलुका ७ः०० बजे तिर टोखामा रहेका सबै साँस्कृतिक बाजागाजाहरु दापाःखलहरु जात्रा मनाउका लागि आउने गर्दछ यस जात्रामा सहभागि हुन आएका ससना नानीहरु देखि महिलाहरु यिनै दापाः खलःहरु सँगै बत्ती दिएर नगर परिक्रमा गर्नका लागि गणेशस्थानमा जम्मा हुन्छन । आफुलाई पाएक पर्ने दापाःखलहरु सँगै मिसिएर सामुहिक रुपमा बत्ती दिदै नगर परिक्रमा गर्ने गर्दछ । पाचदिन सम्म मनाइने यो जात्रामा चार दिन सम्म यसै समयमा एबं रितले चाल्छ । यस जात्राको अन्तिम दिन भने टोखा नगर बाहिर रहेको मन्दिर सपनतिर्थ हुँदै चण्डेश्वरी, संकटामाई सम्म बत्ती दिन्न जाने परम्परा रहँदै आएको छ । त्यहाँ बाट फर्के पछि गणशस्थानबाट नगर परिक्रमाकालाई निरन्तरता दिदै भुतखेल इण्द्रायणी मन्दिर हुदै नास द्यः, तलेजु हुदै पुणः गणेशस्थानमा आई टुङ्गिन्छ । यसै दिन टोखाका स्थानियबासीहरु सामुहिकरुपमा नाचगान गरी नगरी परिक्रमा गर्ने गर्दछन । दियो बाल्ने लिङ्गो थहराउने व्यक्ति वा खलकहरुले बत्ति दिए नगर परिक्रमा सकिए पछि सम्हय्बजि बाँधेर दिने गरिन्छ । यसैदिन मध्य राती वालख म्हुवनेगु विशेष नगर परिक्रममा समेत गर्ने गरिन्छ । जहाँ फोर र जोखिम युक्त बाटोमा धिमे बाजा सहित अध्यारोमा सामुहिकरुपमा नगर परिक्रमा गर्ने चलन रहेको छ ।

 सम्हय् तान्त्रिक देवदेवीहरुलाई मात्र चढाउने गरिन्छ र यो संस्कृति नेवार समुदायमा मात्र रहेको पाइन्छ । सम्हय् नेवारी शब्द हो र अरु कुनै भाषामा पनि आजसम्म पर्यायवाची शब्द बन्न सकेको छैन् ।

अब यहाँ सम्हय् संस्कृतिको विषयमा पनि प्रकाश पार्नु उपयुक्त हुने ठान्दछु । सम्हय् तान्त्रिक देवदेवीहरुलाई मात्र चढाउने गरिन्छ र यो संस्कृति नेवार समुदायमा मात्र रहेको पाइन्छ । सम्हय् नेवारी शब्द हो र अरु कुनै भाषामा पनि आजसम्म पर्यायवाची शब्द बन्न सकेको छैन् । सबैले सम्हय् शब्द नै प्रयोग गदै आइरहेका छन् । सम्हय् गणेश, भैरव तथा काली भगवती आदि देवहरुलाई मात्रा चढाइन्छ । सम्हय्मा मुख्यतः पाँचवटा चीज राख्नुपर्ने हुन्छ । स्याबजि (भुटेए फुलाएको चिउरा), कालो भट्मास, अदुवा, मासु (नुन तेल राखेर साँधेको) र जाँड वा रक्सी यी पाँच वस्तु हुनैपर्ने र अरु वढी माछा, मास, बारा, अण्डाहरु सगुनको रुपमा राख्ने गरिन्छ । यसरी पाँचवस्तु सम्हय्मा राख्नुमा बडो रहस्यपूर्ण अर्थ रहेको छ । हाम्रो जीवन पञ्चतत्वले बनेको कुरा दार्शनिकहरु बताउने गर्छन् । पञ्चतत्व भन्नले पृथ्वी(माटो), जल(पानी), तेज(तातोपन वा ताप), वायु(हावा), तथा आकाश(खालि ठाउँ) हुन् । हाम्रो शरीरमा पृथ्वी तत्वका हाड, मासु आदि ठोस कुराहरु रहेका छन् । जल तत्वका रगत आदि रस वस्तुहरु हुन, त्यस्तै तेज तत्वले शरीरलाई तातो बनाइ राखेको हुन्छ । वायु तत्वबाट श्वासप्रश्वास आदि चलिरहेको हुन्छ भने आकाश तत्वले शरीर भित्र खालि ठाउँ रहेर शरीर संचालन भइरहेको हुन्छ । त्यसकारण यी पाँच तत्वहरु सन्तुलित किसिमबाट रहुञ्जेल शरीर स्वस्थ्य रहिरहने हुन्छ जब आवश्यकता भन्दा तत्वहरु घटबढ हुन थालेपछि शरीर अस्वस्थ बन्ने हुन्छ । त्यसैले जीवनका ती पञ्चतत्वकै प्रतिक स्वरुप पाँच वस्तु राखेर शक्तिका प्रतिकरुपी देवदेवीहरुलाई सम्हय् चढाउने र प्रसाद ग्रहण गर्ने अर्थका सम्हय् खाने संस्कृति परम्परागत रुपमा चल्दै आएको हो ।

त्यसपछि सम्हय्मा राखिने पाँचवस्तुहरुमा कुन कुन वस्तु कुन वस्तुको प्रतिक हो, त्यो पनि जन्नु आवश्यक हुन्छ । स्याबजि फुलाएर बनाएको चिउरा भएको हुँदा त्यसलाई आकाश तत्वको रुपमा पनि राख्ने गरिन्छ । त्यसैले सबभन्दा पहिले पातका दोनावान टपरिमा आकाश जस्तै फैलाएर स्याबजि राख्ने गरिन्छ । त्यसपछि वायुतत्वको प्रतिक कालो भट्मास केही राखिन्छ साथै जलतत्वको प्रतिक अदुवा तथा पृथ्वीतत्वको मासु पनि राखिन्छ । त्यसपछि तेजतत्वको प्रतिक रक्सी वा जाँड छुट्टै भाँडामा राख्ने गरिन्छ । यस किसिमबाट हाम्रो जीवनका प्रत्यक तत्व सन्तुलित रुपमा रहेर हामी स्वस्थ्य बनी जीवनको कार्यक्षेत्रमा लाग्न सकौं र जीवनमा बेलाबखत आइ पर्नसक्ने समस्याहरुसँग संघर्ष गर्दै समाधान गर्न सकौं भन्ने शुभकामना हामीले देवतालाई सम्हय् खाने कार्यबाट प्रकट गर्दछौँ । यस प्रकारको संस्कृति नेवार समुदायको धार्मिक क्रियाकलापमा रहनु मौलिकता रहेको र रहस्यात्मक कुरा हो । यस्तो संस्कृतिलाई हराउन नदिई संरक्षण गरेरै राख्नुपर्दछ ।

प्रस्तुतीः सुबिन्द्र श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>