सडक विस्तार पीडितहरूको पक्षमा सर्वोच्चको फैसला, रिट जारी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page
मूआब्जा र क्षतिपूर्ति नदिई सरकारले सडक विस्तार गर्न नपाइने

न्युज अफ टोखा डट कम । असोज २ गते । सडक विस्तार पीडितहरूले लामो समयदेखि गर्दै आईरहेको न्यायीक आन्दोलन अन्तत् सफल भएको छ ।

आज असोज २गते सर्वोच्च अदालतले सुनाएको फैसलामा सर्वोच्चले रिट जारी गरेको छ । सडक विस्तार गर्ने क्रममा मुआब्जा र उचित क्षतिपूर्ति दिनुपर्ने सडक विस्तार पीडितहरूको मागलाई सर्वोच्चले यस्तो रिट जारी गरेसंगै यो मुद्दामा सडक विस्तार पीडितहरूको जित भएको हो ।

सर्वोच्चले गरेको यो निर्णयपछि आउदा दिनहरूमा मुआब्जा र क्षतिपूर्ति नदिकन सडक विस्तार गर्न पाईने छैन् ।

सर्वोचको यस निर्णयसंगै जनताको जित भएको छ , सरकारले विना मुआब्जा, विना क्षतिपूर्ति सडक विस्तार गर्न खोजिएको काम कानूनी रूपमै पूर्ण बन्देज गरेको पुर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रतिक्रिया दिए छैन् । जनताको पक्षमा भएको सर्वोच्चको निर्णयलाई आम नागरिकहरूले स्वागत गर्नु पर्ने उनले भने ।

सर्वोच्च अदालतले जनतालाई न्याय दिएको र आउदा दिनहरूमा सडक विस्तार गर्नु परेमा क्षतिपूर्ति र मुआब्जा नदिई कुनै पनि हालतमा कहि पनि सडक विस्तार गर्न नपाईने भएको यस निर्णयले पीडितहरूलाई ठूलो राहत मिलेको उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितियाका संयोजक सुमन सायमीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>