समृद्ध टोखाको अवस्था र आवश्यकता

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

प्रयाप्त कृषि योग्य जमिन र अनेकौं सम्भावनाको क्षेत्र टोखा आज सम्पन्न भएर पनि केही नभएको अवस्थामा छ । युवायुवतीमा विदेश प्रतिको मोह झन झन बढ्दौ छ । आफ्नो घर आँगनमा कर्मशाली बनेर तरकारी खेती, कुखुरा, बंगुर, गाईबस्तु पालन, पुष्प व्यवसाय गर्न सक्ने उपयुक्त वातावरण हुँदा हुँदै पनि टोखाली युवाले खरब कमाउन अरब जाने चाहना पाल्नु र खोरीमा बेचेर कोरियामा जाने सपना बुन्नुको मुख्य कारण समृद्ध टोखाको अभाव नै हो ।

काठमाडौं खाल्टोको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन सुन्दर नगरीका रुपमा परिचित नेवारी कला र संस्कृतिले सम्पन्न आफ्नै मौलिक परिचय र चिनारी बोकेको ठाउँ हो टोखा । उपत्यकाका पुराना नेवारी बस्ती मध्यको एक टोखा विगतमा जति सम्पन्न, समृद्ध र सुन्दर थियो, आज त्यति नै कुरुप अव्यवस्थित र अस्तव्यस्त छ भन्दा अत्युक्ति नहोला । थुप्रै सम्भावना अवसर हुँदाहुँदै पनि टोखा कुहिरोको काग भएर बाँच्न बाध्य छ । चाकुसँगको यसको सम्बन्ध जति पुरानो र प्रगाढ छ त्यही रुपमा टोखा सांस्कृतिक धरोहरलाई जोगाउन, चिनाउँन र बुझाउन सकेको भए वास्तवमा आज टोखा विश्व सम्पदा सूचीमा सुचिकृत स्थल बन्न सक्थ्यो ।

सम्पुर्ण नेवार बस्ती आफ्नै धर्म र संस्कृति अनि कला र सभ्याताले पुर्ण टोखा अब बहुसंख्यक नेवार बस्ती आयातिक धर्म र संस्कृति अनि आधुनिकताको बढ्ढो प्रभावसंगै आफ्नो साख जोगाउन अग्रसर छ । राजधानीको काखमा रहेर पनि बत्तीमुनिको अँध्यारोमा सुत्न बाध्य टोखा विकास र परिवर्तनका दृष्टिले पछि पर्नु निश्चय पनि दुःखको कुरा हो । यातायात, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विकासका मानक आधारमा रहेर हर्ने हो भने टोखा निकै नै पछि छ भन्ने कुरा भनाइ होइन भोगाइ नै बनेको छ । टोखा क्षेत्रका गल्ली र सडकको दुरावस्ताले स्वयम् टोखाबासीलाई गिज्याइरहेका छन् भने राजधानी सम्म पुग्ने मुख्य सडकको अवस्था पनि सन्तोषजनक छैन । माध्यामिक तहसम्म पढाइ हुने २/४ वटा नीजि विद्यालय र प्लस २ सञ्चालन भएको एक मात्र सामुदायकि विद्यालय रहेको टोखामा प्राविधिक एवं व्यवहारिक शिक्षाको प्रभाव शून्य छ । सिमानामा रहेको ग्राण्डी अस्पतालको नाम लिएर गर्न गर्नु लायक पक्ष नभेटिनु अर्काे लाजमर्दाे कुरा हो भने रोजगारका सन्दर्भमा चर्चा गर्नु नै व्यर्थ छ । सामान्य बिरामी हुँदा राजधानी दौडन पर्ने निष्ति र कामका लागि सहर र्झन पर्ने अवस्था यहाँको वास्तविकता हो ।

कालो बादलभित्र चाँदीको घेरा भएझैँ टोखाको विकास र समृद्धिको अनेकौं सम्भावना छन् । सम्भावनाको खोजी र यथार्थताको पछि नलाग्ने हो भने हामी केवल पुर्खाको विरासत बोकेर वर्षको एक पटक माघे सङ्क्रान्ती कुरेर बस्नु बाहेक अर्काे विकल्प रहदैन । यसैले कला, संस्कृति, संस्कार र व्यवहारले टोखालाई सम्पन्न बनाउन जरुरी छ । २१ औं शताब्दी अनुकुलको व्यवहारिक एवं प्राविधिक शिक्षा आफ्नै घर आँगनमा लिन पाउने टोखाबासीको चाहना र आवश्यकतालाई हिम्मतका साथ अगाडी बढाउनु पर्छ । प्राचीन कला र संस्कृति जुन टोखाका चिनारी हुन तिनको संरक्षण र सर्म्बर्द्धन गर्दै वाहृय कला र संस्कृतीकाे मोह टोखाबासीले छाड्नु पर्छ । सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक एवं व्यवहारिक पक्षहरु युग अनुसार परिवर्तनशील हुनु भन्ने कुरालाई आत्मसाथ गर्दै समयानुकूल अगाडी बढ्नु पर्छ ।

टोखा ऐतिहासिक नगरी मात्र होइन सुन्दर नगरी पनि हो । अनेकौं ऐतिहासिक एवं सांस्कृतिक धरोहरले सुसम्पन्न टोखाको उचित प्रचारप्रसार गरेर हामीले आन्तरिक एवं वाहृय पर्यटकको उपयुक्त गन्तव्य थलोका रुपमा यसलाई चिनाउन सक्नुपर्छ । नव निर्माण र नवीन सिर्जनामा स्थानीय कला र संस्कृतिलाई महत्व दिनु समयानुकूल स्तरीय शिक्षा एवं प्राविधिक शिक्षा तर्फयुवायुवतीहरुलाई आकषिर्त हुने वातावरण सिर्जना गर्दै सबल, सक्षम र दक्ष बनाउनु पर्छ । किनकी सबल, सक्षम र दक्ष टोखाबासी नै टोखाका भविष्य हुन र मौलिक चिनारीका वाहक बन्न सक्छन् ।

प्रयाप्त कृषि योग्य जमिन र अनेकौं सम्भावनाको क्षेत्र टोखा आज सम्पन्न भएर पनि केही नभएको अवस्थामा छ । युवायुवतीमा विदेश प्रतिको मोह झन झन बढ्दौ छ । आफ्नो घर आँगनमा कर्मशाली बनेर तरकारी खेती, कुखुरा, बंगुर, गाईबस्तु पालन, पुष्प व्यवसाय गर्न सक्ने उपयुक्त वातावरण हुँदा हुँदै पनि टोखाली युवाले खरब कमाउन अरब जाने चाहना पाल्नु र खोरीमा बेचेर कोरियामा जाने सपना बुन्नुको मुख्य कारण समृद्ध टोखाको अभाव नै हो । त्यसैले टोखा सम्भावनाले भरिभराउ छ । अवसर र चुनौति दुबै छन् । अवसरलाई चिन्नु र चुनौतिलाई चिर्नु आजको आवश्यकता हो । यसबाट नै टोखाको सुन्दर भविष्य सम्भव छ ।

रोशनी डंगोल
कक्षा १०
विन्ध्याबासिनि स्कुल
-यो निबन्ध न्हुजः पुस्तकालयको ३५ औं वाषिर्कोत्सवको अवसरमा आयोजना गरिएको विद्यालयस्तरको खुल्ला निबन्ध प्रतियोगितामा तृतीय भएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>