स्वास्थ्य केन्द्रको फेरिंदो मुहार..‍. (बिशेष रिपोर्ट)

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । टोखा टाइम्स् । भाद्र २४ । >> टोखा न.पा. २ – टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुविधा तथा व्यवस्थापनमा अपत्यारिलो ढंगबाट सुधार भईरहेको छ । फाटफुट मात्र विरामीहरु आउने गरेको स्वास्थ्य केन्द्रमा विगत १ वर्षा विरामीहरुको चाप अत्याधिक बढेको देखिन्छ । कारण स्वास्थ्य केन्द्रले आफ्नो सेवा तथा सुविधालाई गुणस्तरीय, विश्वसनीय र सन्तोषजनक बनाएकाले नै अहिले बिरामीहरु उक्त स्वास्थ्य केन्द्रमा जचाँउन आउने गरेका हुन । स्वास्थ्य केन्द्रले पुर्वाधार र आर्थिक अभावमा पनि सीमित स्रोत र साधनको उच्चतम प्रयोगगरी सेवाग्राहीहरुलाई सेवा दिँदै आईरहको छ ।

टोखा चण्डेश्वरी स्वास्थ्य चौकीमा वि.सं. २०५४ श्रावण महिनाबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तर उन्नती भएको थियो । विभिन्न आरोह अवरोहहरु पार्रगर्दै आजको दिनसम्ममा आईपुग्दा स्वास्थ्य केन्द्रको मुहार नै परिवर्तन भएको छ । पहिला सीमित सेवा सुविधा मात्र दिँदै आईरहेको केन्द्रमा अहिले प्राथमिक स्वास्थ्य केन्द्र स्तरको सम्पुर्ण सेवाहरु उपलब्ध रहेका प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रंधिर सागर यादव भन्नु हुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं अर्न्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्था मध्ये धेरै बिरामीहरुलाई सेवा दिनेमा यो स्वास्थ्य केन्द्र अग्र स्थानमा रहेको छ ।

सामान्य किसिमको चोटपटकको उपचार गर्न कठीन अवस्थाबाट अहिले माइनर प्रोसिजरहरु दिन सक्ने अवस्थामा पुगेको छ । पुर्वाधारको कमीले सेवामा अलि ढिलाई भए पनि सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने डा. यादव भन्नुहुन्छ । प्रति महिना यस प्राथमिक स्वास्थ्य केन्द्रबाट १०४८ जनाको हिसाबले सेवा लाभ दिईरहेको यस केन्द्रको तथ्यांक छ ।

यस प्राथमिक स्वास्थ्य केन्दमा अन्य स्वास्थ्य केन्द्रको तुलनामा धेरै थप सुविधाहरु पनि उपलब्ध रहेको छ । स्वास्थ्य केन्द्रमा कार्यारत डाक्टरको अग्रसरतामा छाला रोग, रेविजको निःशुल्क र्सर्ुइ, स्तन क्यानसर पहिचान स्वयम् जाँच तालिकाको शिक्षा तथा पाठेघरको मुखको क्यान्सर पहिचानको जाँच सेवा उपलब्ध छन् । त्यसका साथै इसीजी, एक्सरे सेवा सुचारु तथा ल्याब समेतको व्यवस्थापन डा. यादवको अगुवाईमा नै भएको हो ।

हाल यस स्वास्थ्य केन्द्रमा टेलिर्डमाटो तलोजि मार्फछाला रोगको निःशुल्क विशेषज्ञ सेवा त्रि.वि. शिक्षण अस्पतालका छाला रोगको विभागीय प्रमुख प्रा.डा. द्धारिका प्रसाद श्रेष्ठको सहयोग र परामर्शमा सञ्चालन भई रहेको । यसका साथै सहयोगार्थ प्राप्त औषधीहरु समेत निःशुल्क उपलब्ध गराइरहेको छ जुन औषधीहरु सामान्यत महंगो हुने गर्दछ । त्यसै गरी रेविजको निःशुल्क सुइ डा. यादवको अथक प्रयासबाटै उपलब्ध भएको हो । यो सुइ काठमाडौं जिल्लाको सन्दर्भमा टेकु र यस केन्द्रमा मात्र निःशुल्क उपलब्ध छ । माइसकोक्रप बिगरिदा ल्याब नै प्रभावित हुन पुगेको थियो । सम्वन्धित निकायबाट यसको समाधान हुन नसक्दा महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आर्चायको सहयोगमा व्यवस्था गरिएको छ । रेविजको सुइ पनि डा. आर्चायकै सहयोगबाट उपलब्ध भएको हो । बैशाख महिना देखि इसीजी र भाद्रबाट एक्सरे सेवाक समेत सुरु भएको छ । एक्सरे, इसीजी र ल्याब सेवाका लागि व्यवस्थापन समितिले निर्धाररण गरेको न्यूनतम शुल्कमात्र लाग्ने डा. यादवले बताए ।

यसका साथै निःशुल्क औषधि वितरणलाई प्रभावकारी बनाउन र अभाव हुन नदिन जिल्ला जनस्वास्थ्य कार्यलयबाट प्राप्त हुनेमा थप औषधिहरु आपुर्ती महाशाखाबाट हे.अ. योगेश भट्टले आफ्नै पहलमा समय समयमा ल्याउने गरेका छन् । विगतको भन्दा आ.व. ०७३/७४ मा सम्पुर्न सूचकहरुमा प्रशंसनीय सुधार भएको छ । परिवार नियोजनका अस्थाई सम्पुर्न सेवा सुधार गरी इमप्लान्ट, आयुसीडि, डिपो, चक्की, कण्डम सबै उपलब्ध रहेको छ । इमप्लान्ट र आयुसीडी एक वर्षअगाडीबाट सुरु गरिएको थियो । गत आर्थिक वर्षा १५० जनाले इमप्लान्ट सेवा लिएको स्वास्थ केन्द्रको तथ्यांक रहेको छ । परिवार नियाजनका सेवामा भएको उल्लेखनीय सुुधारको फल स्वरुप जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं अर्न्तर्गतका सबै स्वास्थ्य संस्था मध्ये टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र दोस्रो स्थानमा छ ।

टोखा नगरपालिका पुर्ण खोप घोषणा भईसकेको छ । आ.व. ०७३/७४ को जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको खोप सेवाको मुल्याङ्कणमा सो कार्यालय अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा यो प्राथमिक स्वास्थ्य केन्द्र पहिलो स्थानमा र समग्रमा पाँचौं नम्वरमा छ । पुर्ण खोपलाई दिर्घकालीन बनाउन यस स्वास्थ्य केन्द्रले पाएको उपलब्धी अवश्यक नै उपयोगि हुनेछ । मातृ शिशु सेवामा पनि व्यापक सुधार भएको देखिन्छ । अघिल्लो वर्षो ९.५% रहेको चार पटक गर्भवती जाँच आ.व ०७३/७४ मा फडको मार्दै ४७% पुगेको छ । बालबालिकाको वृद्धि अनुगमनलाई प्रभावकारी बनाउन एस.डि.पि.सि. संस्थाको सहयोगमा हरेक महिनाको पहिलो साता १ देखी ७ गतेसम्म वृद्धि अनुगमन सप्ताहको रुपमा अभियान चलाइरहेको छ । यो कार्यक्रम यसै स्वास्थ्य केन्द्रको आफ्नै कार्यक्रम रहेको जानकारी योगेश भट्टले भने । यो अभियानको फलस्वरुप पोषणको सुचकमा दुर्इ गुणाले बृद्धि भएको हो । यी सम्पुर्ण प्रगति र सफलता यस स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्वयं सेवीकाहरुको अथक प्रयास र सेवाभावले हासिल भएको डा. यादवको बुझाई छ । साथै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंबाट प्राप्त सहयोग र प्रोहोत्सानले पनि सधैं प्रेरित गरेको उनको भनाई छ ।

आफु कार्यारत क्षेत्रका बिरामी सेवाग्राहीहरुलाई आफुले सकेको सेवा तथा सुविधा उपलब्ध गराउन चिनजान भएका संस्था र व्यक्तिहरुसंग हारगुहार गरेर भए पनि आवश्यक सेवाहरु स्वास्थ्य केन्द्रमा ल्याउने कार्य भईरहेको डा. यादवले भने । सरकारी स्वास्थ्य चौकी र केन्द्रहरुको बारेमा सामाजको पुरानो नै धारण रहेकाले सुलव र निःशुल्क रुपमा उपलब्ध सेवा सुविधाहरुको सदुपयोग गर्न मानिसहरु हिच्किच्याउने गरेको छ । जनचेतना फैलाउनको लागि स्वास्थ्य केन्द्रमा कम्प्यूटरबाट स्वास्थ्य सामग्रीको भिडियो देखाउने व्यवस्था गरिएको छ । सो भिडियोहरु अत्यन्तै जानकारीमूलक र उपयोगी रहेको सेवाग्राहिको थहर छ । सो कम्प्यूटरमा ३० घण्टा जतिको भिडियो सामग्रीहरु राखिएका छन् । स्वस्थ समाज र स्वस्थ व्यक्ति निर्माणका लागि यस स्वास्थ्य केन्द्रले विभिन्न संस्थाहरुसंग सहकार्य गर्दै आईरहेको छ ।

महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई तीनीहरुको कार्यमा सक्रिय रुपमा लाग्न प्रोत्साहान गर्ने र तीनिहरुको कार्यहरुको मुल्याकंन गरी पुरस्कृत गर्ने गरेको छ । आमा समुह तथा नागरिक सचेतना केन्द्रलाई प्राथमिक स्वास्थ्य केन्द्रसंग सिधा सर्म्पर्क गर्राई स्वास्थ्य केन्द्रले कार्यक्रमहरुमा सक्रिय गराएको छ । समय समयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत गरिदै आईरहेको छ । विभिन्न दिवसहरु जस्तै विश्व मुटु दिवस, मधुमेह दिवस, स्तनपान, धुम्रपान, वातावरण दिवस आदिमा विभिन्न जनचेतामूलक कार्यक्रमहरुको आयोजना गरिदै आईरहेको छ ।

सक्षम नेतृत्व र व्यवस्थनप भएमा जस्तो सुकै अभावमा पनि उचित सेवा सुविधा दिन सकिने जोल्नत उदाहरण हामीले यस स्वास्थ्य केन्द्रमा देख्न सक्छौँ । स्वास्थ्य केन्द्रमा रहेका सबै कर्मचारीहरुलाई नेतृत्व गर्दै सेवाग्राहीहरुलाई सेवा दिँदै स्वास्थ्य केन्द्रलाई नै माथि उकासने कार्यमा अहिले सबै कर्मचारीहरु एक साथ अगाडी बढिरेहेको देखिन्छ । कर्मचारीहरुको एक अर्का प्रतिको साथ सहयोगका कारण स्वास्थ्य केन्द्रको मुहार फेरिदै आएको आभाष मिल्दछ । सामुहिक कार्यका कारण नै यस स्वास्थ्य केन्द्रले सबै सूचानकहरुमा व्यापक सुधार गर्न सफल भएको छ । छोटो समयमै प्रभावकारी सेवा संगै दिईएको लक्ष्यप्राप्त गर्न सफल यस प्राथमिक स्वास्थ्य केन्द्र टोखामा मात्र नभई जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा समेत चर्चामा रहेको छ ।

स्वास्थ्य केन्द्रको स्वास्थ सुविधामा आमूल सुधार गर्ने कार्यमा लागि रहँदा बीचबीचमा आउने समस्याबाट यो केन्द्र पनि अछुटो छैन । भौतिक पर्ूवाधारका अभावमा पनि सेवाग्राहीलाई सेवा सुविधा दिँदै आइरहेको छ । आवश्यक सामग्री राख्न तथा ल्याव लगायतका अन्य उपकरणहरु राख्नका लागि कोठाको अभाव रहेको छ । एक तलय भवमा रहेको छ वटा कोठालाई पाटेशन गरेर भएपनि सञ्चालन गरिरहेको छ । यद्यपी केहि समयमा यो स्वास्थ्य केन्द्र गलेमा निर्माणधिन नयाँ भवनमा र्सनेछ । तर हाल भने ठाउँको अभाव रहेको छ । नाफामुखी भन्दा सेवामुखी संस्था भएका कारण सरकाले उपलब्ध गराउने गरेका बाहेकका अन्य आवश्यक थप सामग्री तथा कार्यालय संचालन गर्न कठीन हुने गरेको छ ।

यसका लागि स्थानीय निकायबाट उच्च प्राथमिकता दिई सेवा र सुविधामा सहयोग गर्नु पर्ने केन्द्रको भनाइ रहेको छ । स्वास्थ्य कार्यालयले आफ्नो भावि योजनामा ल्याबलाई स्तरोन्ती गर्ने एनालाइजरको व्यवस्था गरी अरु थप परीक्षण/जाँच गराउने आगामी योजना स्वास्थ्य केन्द्रले लिएको छ । त्यस्तै गरी सुरक्षित गर्भपतनको सेवा, मुखको क्यानसरको पहिचान सेवा तथा दन्त सेवा दिने योजना रहेको कार्यालय प्रमुख डा. यादवले जानकारी दिए ।

त्यस बाहेक मानिसहरुमा सरकारी स्वास्थ्य संस्था प्रतिको परमपरागत सोच स्वास्थ्य केन्दले अर्काे ठूलो समस्याको रुपमा लिएको छ । स्वास्थ्य केन्द्रले ती परम्परागत सोचलाई हटाउदै गुणस्तरीय सेवा सु्विधा दिइरहेको छ । तर मानिसहरुमा जनचेतनाको अभाव हटाउन स्वास्थ्य केन्द्रको मुल चुनौति नै हुनेछ । विद्यमान अभाव र चुनौतिहरु लाई सामाना गर्न र प्राप्त उपलब्धीहरुलाई स्थाईत्व दिई प्रगतिको पथमा अग्रसर भईरहन यस टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय निकायको सहर्षसहयोगको आवश्यकता देखिन्छ ।

सकारात्मक सोच र कामका साथ अगाडी बढिरहेको परिपेक्षमा टोखा नगर-पालिकाको विशेष रेखदेखमा यसलाई आवश्यक पर्ने भौतिक तथा आर्थिक सहयोग गर्ने हो भने सामान्य उपचारका लागि अस्पताल धाईरहनु पर्ने समस्याबाट मुक्त हुनेछ । नगरस्तरबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्वास्थ्यको नेतृत्वदायी भूमिका बढाउने र प्रत्यक्ष सहभागी गराउने दिर्घकालीन नीति बनाउन सकेमा यस भेगका र्सवसाधारण स्वास्थ्य सेवाबाट लावान्वित हुनेछ । जन समुदायमा सामुदायिक स्वास्थ्य केन्द्रमा गएर उपचार गराउन प्रचारप्रसार गर्ने लगायकता कार्य नगर स्तरबाट नै गरी स्वास्थ्य लाभ लिन प्रेरित गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>