हङकङमा तनाव बढ्दै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

हङकङ (बीबीसी), आश्विन १३ – साता लामो तनावपछि हङकङ प्रहरीले मुख्य सरकारी भवनबाहिर प्रदर्शन गर्नेहरूलाई अश्रु ग्यास प्रहार गरी तितरबितर पारेको छ । प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेका प्रदर्शनकारीहरूलाई ‘पिपर स्प्रे’ प्रयोग गरी भगाउन खोजेको थियो ।

सन् २०१७ को चुनावमा चीन सरकारले तोकेकामध्येबाट हङकङ प्रशासक छान्ने भन्ने नियमविरुद्ध प्रदर्शन सुरु भएको हो । हङकङका प्रमुख कार्यकारी सिवाई लियोङले प्रदर्शनलाई अवैध भन्दै योजनाअनुसार नै चुनाव अगाडि बढ्ने बताए ।

विरोध प्रदर्शन सुरु भएयताको पहिलो सार्वजनिक वक्तव्यमा लियोङले ‘समाजका मानिसहरूको कुरा गम्भीरतापूर्वक सुनिने’ बताए । तर अवैध प्रदर्शनविरुद्ध चाहिँ दृढ कदम चालिने उल्लेख गरे ।

हङकङ सरकारको मुख्यालय भवनअगाडि धर्ना दिनका लागि प्रदर्शनकारीहरूले अगाडि बढ्न खोज्दा प्रहरीसँग मुठभेड भएको थियो । सोही क्रममा उनीहरूले सामुन्नेको सडकमा यातायात अवरुद्ध गरेका थिए ।

प्रदर्शनकारीको भीड अश्रु ग्यासले भाग्ने, तर फेरि र्फकने क्रम चलिरह्यो । प्रहरीले हातहातमा पिपर स्प्रे बोकेर लखेट्न खोजे पनि प्रदर्शनकारीले छाता र मास्क प्रयोग गरी भिडेका थिए । साँझ पर्दा सम्म तनाव कायम रह्यो ।

विद्यार्थीहरूले सुरुमा हङकङमा प्रजातान्त्रिक सुधारको माग गर्दै सुरु गरेको हड्तालले साताबीचमा बृहत् रूप लिएको हो । हजारौं प्रदर्शनकारीले सरकारी मुख्यालयसामु गएको सप्ताहन्तदेखि धर्ना सुरु गरेका हुन् ।

शनिबार रात ‘अकुपाई सेन्ट्रल’ नामक अर्को विरोध अभियानका नेताले विद्यार्थीहरूको धर्नामा मिसिने घोषणा गरेपछि प्रदर्शन बाक्लिएको हो । उक्त अभियानका तर्फबाट जारी वक्तव्यमा लियोङले राजनीतिक सुधार गर्न नसकेको उल्लेख छ । उनको अभिव्यक्तिलाई प्रदर्शनकारीहरूले पत्याएका छैनन् । जब कि, उनीहरूले सरकारी पक्षसँग वार्ताको माग गरेका छन् ।

बृहत् अभियान

अकुपाई सेन्ट्रलले खासमा आगामी बुधबार केन्द्रीय व्यापार क्षेत्रलाई कब्जा गर्ने योजना बनाएका थिए । तर उनीहरूले त्यसलाई संशोधन गरी विद्यार्थी आन्दोलनसँग मिसिने निर्णय गरे । विद्यार्थीहरूले शुक्रबार अबेर चर्को प्रदर्शन सुरु गरेका थिए । सोही क्रममा प्रहरीले विद्यार्थी नेता जोसुवा वोङसहित ६० जनालाई पक्रेको थियो ।

प्रकाशित मिति: २०७१ आश्विन १३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>