​गुगलले किन्यो पोलार, गुगल प्लसको रि-स्ट्रकचरिंग र मोबाइल एप्समा ध्यान केन्द्रित हुने

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

सर्च इन्जिन जाइन्ट गुगलले इन्टरनेट प्रयोगकर्तामाझ विभिन्न भोटिंग गराउने साइट पोलारबि डट कम किन्ने भएको छ। बिहीबार सार्वजनिक विज्ञप्तिमा गुगलले खरिदको खुलासा गरेको हो। गुगलले पोलारको मुल्यांकन र पूर्ण खरिद जानकारी सार्वजनिक गरेको छैन। पोलार संस्थापक लुक रोब्लेउस्की र उनको टीमले अब गुगल प्लस टिमसँग काम गर्नेछ।

‘सबैको धारणा सुन्नु जहिलेपनि महत्वपुर्ण हुन्छ,’ यही साधारण सोचाइबाट सुरु गरिएको पोलार अहिले प्रत्येक ४४९ इन्टरनेट प्रयोगकर्ता मध्ये एकको धारणा सुन्न सक्षम भइसकेको छ। पोलारले आफ्नो होमपेजमा भोटगर्ने सबैलाई धन्यवाद दिएको छ। पोलार प्लस गुगल लेखिएको ब्यानर पोलारले आफ्नो होमपेजमा राखेको छ। यही वर्षको अन्त्यसम्ममा अहिले रहेका प्रयोगकर्ताहरुले आफ्ना पोल तथा डाटा सुरक्षित डाउनलोड गर्न सक्ने छन्।

रोब्लेउस्की र उनको टीमले गुगलमा सामाजिक संजाल गुगल प्लसको डिजाइनमा काम गर्नेछन्। उनीहरु मोबाइल डिजाइनमा केन्द्रित हुनेछन्।
‘लुक रोब्लेउस्की र उनको सशक्त टिमलाई गुगलमा स्वागत गर्न पाउदा धेरै नै उत्साहित छु,’ गुगल प्लस भाइस प्रेसिडेन्ट डेभ बेसब्रिसले आफ्नो गुगलप्लस स्टाटसमा लेखेका छन्। यसअघि रोब्लेउस्की को-फाउन्डर रहेको ब्यागचेक ट्वीटरले सन् २०११ मा खरिद गरेको थियो।

रोब्लेउस्कीले प्रमुख डिजाइन आर्किटेक्टको रुपमा याहुमा केही समय बिताएका थिए। कसरी डिजाइन टीम डेस्कटपबाट मोबाइलमा केन्द्रित हुदैछन् भन्ने बिषयमा रोब्लेउस्कीले मोबाइल फर्स्ट भन्ने किताबपनि लेखेका छन्।

दुवै कम्पनीले अधिग्रहण पश्चात एपको भविष्य के हुने भने अहिलेसम्म स्पस्ट पारेका छैनन्। प्रविधि क्षेत्रमा रहेका केही आलोचकहरुले भने गुगलले स्प्यारोजस्तै यसलाई पनि नकार्ने बताउँछन्।

गुगल प्लस लामो समयदेखि अपेक्षित प्रयोगकर्ताको रुची भन्दा बाहिर छ। पोलारको आवगन पश्चात गुगल प्लसको सुखद दिन आउलान् वा नआउलान् भन्ने बुझ्न भने केही समय अवस्य कुर्नुपर्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>