आज सापारु अर्थात गाईजात्रा देश भर मनाइन्दै / टोखामा मनाइने गाईजात्रा विशेष जानकारी

प्रकाशित मिति : १९ श्रावण २०६९, शुक्रबार ०३:१०

काठमाडौ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्राआज साउन१९,भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई सिगारी आआफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।

 पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको पाइन्छ ।यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकाको बाटो भएर नगर परिक्रमामा जानुपर्ने प्रथा आज पनि जारी छ ।भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन्

टोखामा मनाइने गाईजात्रा/सापारु
भाद्रकृष्ण प्रतिप्रदा अर्थात् क्वाँटी पूर्णिमाको भोलिपल्ट पर्ने यो पर्वमा वर्षभरीमा कसैको घरमा कोही मरेको छ भने प्रत्येक मृतकका घरबाट मरेको आत्माको शान्तिका लागि गाईजात्रा गर्ने चलन छ । यस दिन गाईलाई लिएर यात्रामा अगाडि बढ्दा गाईका सिङ्गले घच्याडी दिएपछि बन्द रहेको स्वर्गद्वार खुल्छ र मृतकले स्वर्गको सुख प्राप्त गर्छन् भन्ने विश्वास गरिन्छ । टोखाका नेवार जातिमा भने गाइको सट्टा गाईको मखुण्डो तथा सिङ्ग बनाएर गाईको रुप मान्छेले लिने र समूहमा मिलेर टोखा नगर परिक्रमा गर्ने चलन छ । गाई बनेर नगर परिक्रमा गर्दै हिंड्दा गाई बन्नेलाई मर्ने मान्छेका घरका सदस्यहरुले विभिन्न खालका खाद्यान्न परिकारहरु दान गर्दछन् । यसका साथै गाई बनेर गएकाहरुको पछि पछि विशेष हास्यव्यगात्मक खालको झाँकी आउने गर्दछ । उला ब्वय घझ व्वय वने मत्यनी ला..ला.. भन्दै सबैलाई हसाउदै आउने गर्दछ । नगर टोल घुम्नेहरु चण्डेश्वरी गाविस १ नं वडास्थित नासल चोक भएर तलेजुको मन्दिरमा पुगेपछि क्रमशः आआफ्नो घरतिर लाग्ने परम्परा छ । 
टोखा सरस्वती र चण्डेश्वरी गा‍.वि.स.को तथ्यांक अनुसार गत वर्ष २०६८ साउन ३० गते गाईजात्रा देखि २०६९ साल गाईजात्राको पुर्व सन्धयासम्म ५० जनाको दिवंगत भएको छ ।

यसै दिन साँझपख रोपौ (हिले जात्रा)का लागि”वाप सा तयगु” धानको विउ राखेर आउने परम्परा रहैदै आएको छ । दश पन्ध्र जनाको समुहमा आउने उक्त झाकीले टोखाको मुख्य मुख्य चोकहरुमा नातकीयरुपमा धानको बिउ राख्ने गरिन्छ । यसरी आउनेहरुमा केही पुरुषहरु महिलाको भेषधारी आउने गर्दछ । यी झाकीहरुले नाट्कीयरुपमा धानको विउ राख्ने गर्दछ जुन निकै नै रमाईलो हुने गर्दछ । यो झाँकी पुरै सांगीतिकरुपमा गर्ने गरिन्छ । यसका साथै उनीहरुले बिभिन्न प्रहसन गरेर दर्शकहरुलाई हसाउने गर्दछ । मादल र गीतको तालमा विउ राखेर आउनेहरुले पालैपालो आआफ्नो कार्य गर्दछ।  

बुँ पाम्ह दाजु बाँलाक पाला विउ 
जिउसा मजिउसा बाँलाक पाला विउ 
हायरे हाये जुजु काजी रत्न… 
खापे दापी ततापी बाँलाक दाया विउ
जिउ साँ मजिउ साँ बाँलाक दाया विउ… 
हायरे हाये जुजु काजी रत्न…
वाप्सा तम दाजु बालाक तया बिउ 
जिउसा मजिउसा बाँलाक तया बिउ…हायरे हाये जुजु काजी रत्न…
सांगीतिकमय वातावरणमा निकै नै रामईलो झाँकीका साथ थने लाछिमा पुगेर  समाप्त हुने गर्दछ ।
यस सम्वन्धी फोटो हेर्ने गाईजात्रा   
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *