चण्डेश्वरी विद्यालयलाई नेडरलेण्डको सहयोग (शैक्षिक गतिविधि भिडियो सहित)

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार ११:०५
काठमाडौँ ।टोखा नगरपालिका -२ मा अवस्थित श्री चण्डेश्वरी आधाभूत विद्यालयलाई नेडरलेण्डको एक संस्थाले पुस्तकालय सहयोग गरिएको छ । सोमबार विद्यालयमा एक कार्यक्रम गरी उक्त पुस्तकालयको उद्घाटन समेत गरिएको छ ।
थाङ्ग फाउडेशन दि नेडरलेण्डले विद्यालयलाई पुर्ण पुस्तकालय सहयोग गरिएको हो । थाङ्ग फाउडेशन दि नेडरलेण्डस्की अध्यक्ष मर्लिन फिसरले पुस्तकालय विद्यालयलाई हस्तान्तरण गदै उद्घाटन गरेकी थिइन् ।
फाउडेशनले पुस्तकालयको कोठाको रङ्गरोघन, आवश्यक कार्पेट, चकटि, फर्निचर तथा बालमैत्री पुस्तकहरु लगायत झण्डै रु ३ लाख ५० हजार बराबरको लागत लागेकोे थाङ्ग फाउडेशन, नेपालका संयोजक मोहन विक्रम श्रेष्ठले जानकारी गराउनु भयो ।
विद्यालयले गरेको औपचारिक कार्यक्रममा सम्वोधन गर्ने क्रममा थाङ्ग फाउडेशन दि नेडरलेण्डकी अध्यक्ष मर्लिनले आफुहरुले उपलब्ध गराएको सामाग्रीहरुको विद्यालयले सहि सदुपयोग गरी विद्यार्थीहरुको अध्ययन क्षेमतालाई वृद्धि गर्ने छ भनि विश्वास्त रहेको बताइन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका–२ वडा अध्यक्ष दीपकराज जोशीले सहयोगको लागि धन्यवाद तकराउदै विद्यालयको गुणस्तर सुधार गर्नका लागि नगरपालिकाको तर्फबाट हरदम साथ र सहयोग हुने बताउनु भयो ।
त्यस्तै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले सहयोगि दाता प्रति सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै, विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सधार गर्नका लागि सक्दो पहल गरिरहेको बताउनु भयो ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको उक्त विद्यालयका प्रधानाध्याक गोपाल कार्कीले यो सहयोग विद्यालय र विद्यार्थीका लागि अतुलनिय रहेको भन्दै यसको सहि सदुपयोग गरिने बाचा गर्नु भयो ।
बालबालिकाहरुको मनोविज्ञान र तिनीहरुको रचनात्मक बृद्धिमा आधारित रहेर विद्यालयको पाठ्क्रम भन्दा बाहिरको पुस्तकहरु उक्त पुस्तकालयमा रहेको छ । पुस्तकालयमा रहेका पुस्तक कथालय प्रकाशनको रहेकाे  छ ।
कार्यक्रमको भिडियो 

प्रकाशित मिति २०७५ मंसिर ४ गते
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *