चण्डेश्वरी विद्यालयले विद्याकी देवी सरस्वतीको प्रतिमा स्थापना गरी श्रीपञ्चमी मनाइँयो

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार १०:२७

चण्डेश्वरी आधारभूत विद्यालयले विद्याकी देवी सरस्वतीको प्रतिमा स्थापना गरी आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी मनाइँयो ।

टोखा नगरपालिका २ वडाका वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हेराकाजी महर्जनको व्यक्तिगत लागतमा उक्त सरस्वतीको प्रतिमा विद्यालयको प्राङ्गणमा स्थापना गरिएको हो ।

प्रतिमाको स्थापना पश्चात वडाध्यक्ष दीपकराज जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थी लगायतले पूजा आराधना गरी सरस्वती पूजा मनाइएको थियो ।

महर्जन विद्यालयको शैक्षिक तथा भौतिकपुर्वाधार निर्माण तथा व्यवस्थापन क्षेत्रमा विशेष रुपमा सक्रिय रहँदै आइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *