टोखामा पर्यटनको सम्भावना

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ००:४६

(टोखामा पर्यटनको सम्भावना विषयक कार्यपत्र जुन श्रावण २७ गते टोखा संस्कृति तथा सम्पदा संरक्षण दबु तथा नेवाः गुथि टोखाले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । सोहि कार्यपत्र यहाँ जस्ताका तस्तै प्रस्तुत गरिएको छ।)

पृष्ठभुमिः
काठमाडौ उपत्यकाको उत्तरी भेगको मध्य भागमा अवस्थित ऐतिहासिक तथा प्रचीन नगरी हो टोखा । टोखा चाकु र च्युराकोलागि प्रख्यात छ । टोखा कला, सँस्कृति, परम्परा, परम्परागत जीवन शैली, भाषा, भेषभुषा, प्रकृति सम्पदामा पनि धनी छ । खुल्ला चौर, समथर परम्परागत शैली बस्ती र संरचना, आवासीय पदमार्गहरु, सदावहार हरियाली शिवपुरी निकुञ्जको हावा र दृश्य, कला र सँस्कृतिले सुसम्पन्न मठ मन्दिरहरु, दह, पोखरी, पाटी, पौवा, ढुङ्गेधारा आदि प्राकृतिक तथा साँस्कृतिक आकर्षाका श्रोतहरु हुन् । समुन्द्री सतहबाट १४०० मिटर उचाइमा रहेको टोखा अहिले नगर उन्मुख छ । प्रशासनिक विभाजन अनुसार टोखा उतर पश्चिममा झोर -हाल टोखा न.पा. १), दक्षिणमा धापासी र गोंगबुँ -टोखा न.पा.४ र ७), पुर्वमा खड्गा भद्रकाली -बुढानीलकण्ठ न.पा.) र पश्चिममा फुटुङ्ग -तारकेश्वर नगरपालिका) पर्छ । साविक टोखा सरस्वती गा.वि.स. र चण्डेश्वरी गा.वि.स.नै टोखाको केन्द्र हो । भने हाल प्रशासनिक विभाजन अनुसार टोखा नगरपालिका वडा नं. २ र ३ मा विभक्त छन् । प्रशासनिक विभाजनले विभक्त गर्न खोजिएता पनि नेवारी समुदायको बाहुल्यता रहेका कारण एकै प्राचीन बस्तीको रुपमा लिइन्छ ।
वि.सं. २०६७ भिलेज प्राफाईल बमोजिम टोखाको मुख्य बस्तीमा कुल १२८४ वटा घरधुरी छन् भने ६९३९ जना बसोबास गरिरहेका छन् । हाल यस टोखा क्षेत्रमा खानेपानी, ढल र बाटोको सुविधाले गर्दा भाडामा बस्ने परिवारको सँख्या पनि बढिरहेको छ । यस क्षेत्रका अधिकाँश परिवारहरु परम्परागत कृषि पेशामा आवद्ध छन् । भने हिन्दु र बौद्ध धार्मिकमा ज्यादा आस्था राख्छन् ।
आर्जनविना समृद्ध प्रायः असम्भव जस्तै छ । आर्जन र समृद्ध नङ्ग र मासु झैं अन्तर निहित सम्वन्ध भएकाले ती एक अर्कामा समपुरक छन् । एकको भर दुइमा जस्तै । आर्जनका माध्यम अनेक मध्ये पर्यटन पनि एक हुन् । जसलाई भौतिक तथा सामाजिक आर्जनको सबल पक्षको रुपमा चित्रण गरिन्छ । पर्यटनमा नै समाज, मानव जिवन र राष्ट्रको स्तर तौलिने गर्दछ । यर्सथ देशको पर्यटन सवल हुनु या नहुनु राष्ट्रको आर्थिकको सबल पक्षसँग तुलना गर्ने वर्तमानमा चलन स्थापित भइसकेकोछ । यस परिपेक्षमा पर्यटन, आर्थिक सम्पन्नबाट समृद्ध समाजको पेरिफेरीमा सभ्य, सिष्ट र आदर्श समाज को आधार तय गर्न सकिन्छ ।
वर्तमान अवस्थाः
कस्तुरीले आफ्नो सुगन्ध खोज्दैसमय व्यतित गरिरहे जस्तै हामी आफ्नो जन्मभुमि टोखा जो आफैमा हरेक क्षेत्रमा सक्षम छन्, सबल छ र प्रख्यात छ यसलाई छाडी आफैमा एकापस बीच अन्यौलमा हिडिरहेका छौं ।बाटो विराई अल्झि रहेको वटुवा झै अलमलिरहेका छौं । स्पष्ट बाटो कसै सँग छैन । आफ्नो मौलिक दुरदृष्टि त्यागी, अध्ययन, खोज र अनुसन्धा बिना नै आयातित हरेक सामाजिक तथा राजनैतिक कृयाकलापहरु लाई आँखा चिम्लेर सहभागी र र्समर्थन गर्नाले निश्चित रुपमा आज टोखा चारै तिरको नगर उन्मुख बस्तीहरुको प्रहारको तारो बनिरहेको छ । हामी यसमा चाहेर पनि डटेर मुकाविला गर्न सकिरहेका छैनौं । आभाष हुन्छ,यो राम्रो सँकेत होइन । कला, सस्कृति, सम्पदामाथि हस्तक्षप र प्रहार कदापि राम्रो होइन ।भाषा, कला र सस्कृति एक भएता पनि हामी थरीथरीका विचारधाराले प्रशिक्षित भएकाले पनि टोखाको सम्पदा जर्गेनामा उल्लेखनीय प्रगति गर्न नसक्नु हाम्रै कमजोरी हो । यसबाट सिकौं । यसमा चियो, चर्चा, चासो लिऔं । आफ्नो बाली बार्नु, अर्काको गोरुलाई गाली नगर्नु भने जस्तै हामी हाम्रो लागि नसोची अरुको प्रगतिलाई सराप्ने परिपाटीले पनि हामी टोखाको सास्कृतिक पक्षमा एकमत हुन नसक्नु हो । यी स्वीकार्नु पर्दछ  प्रत्येक पटक हामीलाई भर्‍याङ्गका खुड्किला बनाइए र बन्ने क्रम जारी छ । यही पिछलग्गु हिर्डाईले गर्दा टोखालेआज आफ्नो वास्तविक उचाइ हासिल गर्न सकिरहेको छैन । एउटा यथार्थपरक मार्गदर्शकको अभावमा रुमलिएका छौं ।  र उद्देश्य विशाल भएतापनि झिना मसिना विषयवस्तुहरुमा मत भिन्नता व्यक्तवाट कैयौं सामाजिक, आर्थिक विचारले सबल हुने भनिएका योजनाहरु बीच बाटोबाटै टुहिने विगतका तितो यथार्थबाट पूर्ण पाठ सिकी अगाडि बढेमा लाग्छ, गन्तब्य टाढा छैन । सबै मिली सबैको सबल प्रयाशबाट पर्यटनको माध्यमबाट समृद्ध टोखा बन्नेमा कुनै किचक बाधक बनिने छैन ।
वर्तमानमा समाजिक निर्माण कार्यहरुमा पृथक पृथक मतहरु र विचारहरु अभिव्यक्त हुदै गर्दा सामाजिक कार्यहरु अवरुद्ध भएका छन् । जिम्मेवार नागरिक भई समाज र स्थानीयप्रति शुन्य जिम्मेवार बोधको उपज हो । समाज भन्दा दल, सिदान्त र बिचारलाई प्रमुख माने । यो आदर्श समाज निर्माणमा दुष्प्रभाव पार्ने तत्वहरु हुन् । उदाहरणको रुपमा टोखा गेटदेखि गणेसस्थानसम्मको बाटो र बाटो निर्माणको क्रममा सदियौं वर्षइतिहास बोकेको गलयको ढुँङगे धारोलाई निर्मम रुपमा पुरिनुलाई लिन सकिन्छ । टोखा गेट देखि हासलसम्म परम्परागत ढँगले इटा बिछ्याएको छ भने हासल भन्दामाथि गणेशमन्दिरसम्म कच्ची बाटो ग्राभेल छ । यसले हाम्रो एकले अर्काको खुट्टा टान्ने प्रवितिको झझल्को दिइरहेको छ । निर्दोष नागरिकहरु यस्तो नचिताएको परिणाम झेल्न बाध्य छन् । सो कामहरु दुइ मतको चेपुवाको परेको आभाष हुन्छ ।दुइ मतहरुको टकरावले मध्यममार्गको नागरिकहरु पिल्सिरहेका छन् । सामाजिक निर्माण कार्यहरु रोकिनु राम्रो होइन । ती पुरिएका ढुङ्गेधारो तत्काल खोतल्नु पर्दछ । र निर्माण अवरुद्ध पारिएका हासलदेखि गणेश मन्दिर सम्म तत्काल बाटो बनाइनु पर्दछ ।
अहिले देश सँघीयता गइसकेकाले पनि यो टाखा एउटा सँघ भित्रै परेकाले पनि यहाँको पर्यटन विकास तथा प्रवर्द्धनको लागि एक स्वायत भइ कार्य थालनी गर्नु पर्ने आजको नितान्त आवश्यक भएको छ । कला, सस्कृति र सम्पदा विना पर्यटन अपुर्ण हुने भएकाले ती पर्यटनका तत्वहरुलाई सँरक्षण गर्न पनि टोखा नगरपालिकाले एक स्वायत जस्तै बनी टोखालाई साँस्कृतिक नगरी मै सँरक्षण गर्नको लागि आवासीय निर्माण एउटा मापडण्ड तोक्नु पर्दछ  ।
उद्देश्य
स्थानीयस्तरमासकृय युवा टीमलाई सकृय रुपमा पर्यटन क्षेत्रमा परिचालन गर्ने हो । सो युवा टीमलाई सँस्थागत विकास गरी एउटा पर्यटन सर्म्वर्द्धन र प्रवर्द्धनमा सर्म्पर्क कार्यालयको स्थापना गर्ने हो । पर्यटन प्रति आम टोखा बासीहरुमा चेतना ल्याउने हो र।पर्यटन सम्वन्ध सामजिक कृयाकलापरुको आयोजना गर्ने, पर्यटन प्रवर्द्धन र संबर्द्धामा संयोजन गर्ने, सो विष्यमा वृहत अन्तक्रिया, छलफल, गर्ने र गराउने वातावरणको निर्मााण गर्ने हो । टोखाको यावत् पर्यटन सम्पुर्ण सुचना, जानकारी, अवस्था बारे सुसुचित गराउने कार्य सोही कार्यालयबाट गर्ने अवधारणाको विकास गर्ने नै हो । यसले स्थानीय नगरपालिका, वडाकार्यालय, राजनैतिक दल, सामजिक सँघ सँस्था, होटल, मोटल, रिर्र्सोट व्यवसायीहरु, होम स्टे व्यवसायीहरु, स्थानीय रुपमा उपलब्ध पर्यटक पथ प्रदर्शक/गाइडहरु, एजेन्सीहरु, साइकल यात्रीहरु, हाइकिङ्ग विशेषज्ञहरु, सँचारकर्मी, पेशाकर्मी, शिक्षक, वुद्धिजीवि सस्कृति विदहरु, वाद्यबादकहरु, नृत्य नृत्याङ्गानाहरु, अनुभवीहरु, नागरिक समाज, आदि सबैसँग घनीभुत रुपमा छलफल पश्चात, समन्वयन र सहकार्य गर्दै अगाडि बढ्ने प्रमुख जिम्मेवारी यसको रहनेछ ।
प्रचार प्रसार निरन्तर रहिरहनेछ । पर्यटन क्षेत्रमा सम्वद्ध टुरिजम बोर्ड, होटल व्यवसायी सँघ -हान) र ट्रेकिङ्ग ऐजेन्सीज एसोसिएसन -तान) सँग पनि आवश्यक सहकार्य र समन्वयन कारी भुमिका खेल्ने पनि यसको उदेश्य हुनेछ ।
अहिले टोखा वरिपरि भुक्षयको खतरा छ । गलय, नासल, कुमाय ननि, इकुलागा, तोखायच पाचा, पुरको आदि स्थानमा भुक्षयको खतरा छ । टोखाको कोर बस्तीलाई सँरक्षण पनि हुने पर्यटकको लागि पदमार्ग पनि बनिने भएकाले टोखाको वरिपरि पर्खाल बनाई सँरक्षण गर्नर्ुपर्दछ भन्ने अवधारणाको विकास र सो पर्खाल सँगसँगै पर्यटकको पदमार्गको पनि विकास गर्न अवधारणाको विकास गर्ने पनि यसको उदेश्य हुनेछ ।
विद्यमान कला, सँस्कृति तथा सम्पदाहरुको एक अभिलेखीकरण गर्ने र युनेस्कोबाट टोखाको यात्रा विश्व सम्पदा सम्मको यात्रा तय गर्ने अर्को महत्वपुर्ण उदेश्य पनि यसको हुनेछ । जसले टोखाको पर्यटन विकास तथा प्रवर्द्धनमा एक कोसे ढुँगा सावित हुने सम्भावना छ ।
टोखामा प्रचुर मात्रामा पर्यटनको सम्भावना छन् । यद्यपि यस क्षेत्रतर्फजिम्मेवारी निकाय, सम्वन्धित पक्षधर खुलेर लागेको देखिन्दैन । अन्य क्षेत्रको सकृयतामा यो क्षेत्र मौन हुनु स्वभाविक हो । यर्सथ टोखामा उपलब्ध कला, सम्पदा, सँस्कृति, जल, जमिन, जँगल, भौगोलिक सँरचना, प्रकृति प्रति आफ्नो चाख, रुचि प्रकट गर्ने स्थानीय युवा जमातबाट नै यस क्षेत्रमा केही पहल कदमी कार्य थालौं भन्ने भावनाले ओतप्रोत भइ आज हामी उपस्थित भएका छौं । आशा छ यसबाट निश्चित मार्ग दर्शन गर्नेछ । योजनाको खाका कोर्ने छ । सबैमा समान जिम्मेवारी ग्रहणबाट स्पष्ट बाटाहरु खुल्नेछन् । हाम्रो साझा ध्येय टोखाकेा पर्यटन हो । पर्यटनमा टोखाको आयतन बढाउनु हो । सबैमा आफ्ना कला सँस्कृति प्रति गौरवान्वित अनुभुत गरी पर्यटन पर््रवर्द्धनमा सबैमा सम जिम्मेवारी बोध गराइ सबै मत भिन्नता र वैमनस्यता हटाइ  टोखाको पर्यटन सँरक्षण र प्रवर्द्धन गरी यसलाई आय आर्जनको प्रमुख श्रोत बनाउनु हो ।  टोखालाई एउटा नेपालको प्रमुख पर्यटकीय गन्तब्य बनाइ आदर्श समाजको निर्माण हामी सबै अग्रसर हुनु हो ।
यो कार्य पत्र तयार पारिरहदाँ यस टोखालाई साँस्कृतिक सँरक्षित क्षेत्रको घोषणाको कुरा बाहिर आएको छ यदि त्यसो भयो भने टोखामा कला र सास्कृतिक क्षेत्रमा ठूलो परिवर्तनको रुपमा लिनु पर्दछ । तत्कालै यहाँ भौतिक सँरचना निर्माणको लागि विशेष मापडण्ड तोकिने छ र सोही मापडण्ड बमोजिम कला  र संस्कृति नविगार्ने गर मिाात्र सँरचनाहरु निर्माण गर्नुपर्ने हुन्छ । यो राज्य स्तरबाटै प्राचीन नगर र सास्कृतिक नगर टोखालाई सँरक्षण गर्ने सवालमा ठूलो उपलब्धि हो । हाम्रो उदेश्य त्यही सँरक्षित क्षेत्र भित्र रही सँरक्षणमा सकारात्मक भुमिका खेल्ने पनि हुनेछ ।
“आजको पर्यटन स्थानीय पर्यटन” भन्ने मुल नारा लिई आगामी २०२० मा हुने भनिएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय रुपमा सहयोग र समर्थन गर्ने नै हो ।
पर्यटन के हो ?
पर्यटन एक सामाजिक गतिविधिहरुको सँकलन हो । सामाजिक र आत्मिय सम्वन्ध हो । सेवा र सत्कार हो । अतिथि सत्कारकोलागि गरिने सम्पुर्ण कार्यहरु पर्यटन हो । पर्यटन हाम्रो दैनिक सामाजिक गतिविधी, व्यक्तिगत कृयाकलापरु सँग पनि सम्वन्ध हुने भएकाले यो एउटा बाहृय तथा आन्तरिक रुपमा सुसम्वन्ध कायम गरि राख्ने सामाजिक माध्यम पनि हो । आन्तरिक तथा वाहृय पर्यटकहरुलाई आकर्षा पार्नको लागि गरिने कृयाकलाहरु, दिइने सेवाहरु, सुविधाहरुको लागि गरिने सामाजिक प्रयाश तथा कृयाकलापहरु नै पर्यटन हो ।
१. पर्यटनकालागि महत्वपुर्ण पक्षहरु 
माथि उल्लेखित पक्षहरु विना पर्यटन पुर्ण तथा प्रभावकारी हुदैन । यद्यपि ती सबै पक्षहरु टोखामा अहिले पनि मौजुदा छन् । र खोज नितीका विषय भएकालले टोखाको पर्यटन सम्वर्द्धन र प्रवर्द्धनमा एक नौलो आयाम हुनेमा आशावादी छौं ।
क) प्रविधिः 
चाकु प्रविधि
प्रविधि मौलिक या आयातित हुन सक्छन । टोखामा चाकु बनाउने परम्परागत प्रविध एक मौलिक तथा पृथक प्रविधि हो । जुन संसारको कुनै पनि देश तथा राष्ट्रमा यस्तो प्रविधि छैन । यो एक टोखाको साँस्कृतिक तथा ऐतिहासिक चाकु प्रविधको रुपमा लिन सकिन्छ किनकी यही प्रविधि अपनाइ विगतमा टोखा सम्पन्न र समृद्ध भई ल्हासासम्म व्यापार विस्तार हुनु यहीको उपज हो ।यसमा सख्खरलाइ चाकु बनाउने अहिले सजिलो र आधुनिक प्रविधि प्रयोगबाट नेपाल राज्य भरी वितरण हुने चाकु उत्पादन यही बाट हुने गर्दछ । र सिमित परिवारले यसलाइ आर्जनको श्रोतको रुपमा लिइरहेको पाउछौं । हामी विदेशी आयातित चकलेट यति सानो टुक्राको सयौं रुपैयाँ खर्च गरिरहेका हुन्छन । के हाम्रो स्थानीय चाकु कुनै विदेशी चकलेट भन्दा कम छ र – कुनै केक र मिठाइ परिकार भन्दा कमसलको छ र – पक्कै छैन यस चाकु  र चाकु प्रविधि लाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बिस्तारको लागि चाकु निर्माताहरु, मजदुर हरु एक छाता संगठनमा आई कुनै ब्राण्ड नाम लिएर विस्तार गर्न सकेमा लाग्छ यसले पनि पर्यटन तथा आदर्श समाज निर्माण राम्रो प्रभाव पार्ने सम्भावना छ ।
सामग्री औजार निर्माण प्रविधि
यहाँको प्रमुख पेशा कृषि भएकोले पनि कृषिजन्य घरेलु सामग्रीहरुको प्रयोगमा पनि मौलिक प्रविधि अपनाइ सामग्रीहरुको उत्पादन र सदुपयोग हुन्थे । जस्तैं कुतो, कोदालो, डल्लेठो, मुँग, डोको, घुम, पिचा डोको, आदि सबै निर्माण हुन्थ्यो अहिले पनि नःकमी थरका सिमित परिवारले यो पेशा अँगालिरहेका छन् र यसलाई अप्रत्यक्ष रुपमा आम्दानीको श्रोतमा परिचालन गरिरहेको छ। यस्तो प्रविधिलाई मौलिक रुपमा नै ज्वलन्त बनाउनको लागि प्रथमतः आफ्नो पेशा प्रतिको महत्व र सामाजिक महत्व र आफ्नो पेशा प्रतिको गौरवगर्ने चेतनाको विकास गर्नु पर्दछ । समाजले हेलाले होइन मान सम्मानको आँखाले हेरिदिनु पर्दछ ।
आवुषण र वस्त्र उत्पादन प्रविधि 
समाजमा विद्यमान विशेष चाँड पर्वमा आफैले तानमा बुनेको हाते कपडाको पहिरणलाई थप गौरवको रुपमा लिइने गर्दथ्यो । अहिले पनि टोखामा थुप्रै घर परिवारहरुमा हाते तान बुनाइ प्रविधिले सुसम्पन्न छन् । यसमा कच्चा पदार्थको रुपमा कच्चा धागो आयातित गरी यसलाइ कपडा बनाइ विभिन्न रँग र आकार प्रकारमा पहिरन बनाइन्छ । यस प्रविधिलाई प्रमेाट गर्न गराउनको लागि स्थानीय स्तरमा उत्पादन सबै लता कपडा प्रयोग गरी यस पेशामा लागेकाहरुको मनोबल उच्च पार्ने खालको सामाजिक कृयाकलाप गर्नु पर्दछ । प्रविधिको महत्व र सो लाई आम्दानीको श्रोतको रुपमा ल्याउने र आफ्नो पुर्ख्याैली पेशालाई वर्तमानको पिढीले कसरी गौरव गर्ने भन्ने चेतनाको विकासले पनि यस प्रविधिलाई जिवन्त पार्न सकिने भएकाले सो तर्फअग्रसर हुने ।
आवास तथा मन्दिर निर्माण प्रविधि
सीप र कलाले ओतप्रोत भएका दक्षहरु टोखामाधेरैको सँख्यामा छन् । डकर्मी, नकर्मी, बज्रकर्मीहरु यस प्रविधिमा माहिर छन् । हाल यस्ता दक्ष जनशक्तिहरु परम्परागत भन्दापनि आधुनिक भौतिक निर्माण तिर ढल्किरहेका छन् । आफ्नो मौलिक पेशाको महत्व र आफ्नो पेशाप्रति थोरै मात्र पनि गौरवान्वित पार्ने खालका चेतना दिने हो भने यस पेशामा पुनः अनवरत रुपमा लाग्ने देखिन्छ । यसप्रति सँम्वन्ध्िात निकाय र पक्षको ध्यान जानु जरुरी छ ।
कृषि प्रविधि
टोखाको प्रमुख पेशा कृषि हो । यो पेशा अवलम्वन गरिहेका टोखाको कृषकहरुको आफ्नै मौलिक प्रविधि छ कसरी अनाज फलाउने, बढी भन्दा बढी अनाजको लागि कुन बेला कसरी बाली लाउने, पानी सँरक्षण र र्टकाउने, गोडमेल कसरी गर्ने, आली बनाउने, खोला नाला कटानबाट कसरी सँरक्षण गर्ने, कुन वृक्ष कहाँ रोप्ने सो बाट सँरक्षित होस,बाली भित्र्याउँने प्रविधि, बाली सँरक्षण प्रविधि आदि सबै पक्षको जानकार एक टोखाको कृषकमा छ यौ पनि एक मौलिक प्रविधि नै हो । यस पेशालाई अहिले पनि कृषकहरुले ज्वलन्त पारिहेका छन् ।
खाद्य प्रविधि
आवश्यक पर्ने खाद्य परिकार बनाउने पनि एक प्रविधि हो जुन आन्तरिक तथा वाहृय पर्यटकको लागि नयाँ र पृथक हुन सक्छ । हामीले बजारमा पेय पदार्थ हजारौं सयौ तिर्नु भन्दा फाइदा त स्थानीय रुपमा उत्पादन भएका जाँड रक्सीलाई पनि कुनै ब्राण्ड नाम दिर्इर्र्प्रमोशन गर्न सके यसले पनि पर्यटकहरुलाई आकृष्ट गर्न सक्छन् ।
जलसँरक्षण प्रविधि
कुनै पनि पोखरीमा पानी सँकलन गराइ वरिपरि मुहान फुटाइ गरिने पानीको प्रयोग पनि नयाँ नै हो । जस्तै द्यः पुखुको भराइले वरिपरिको मुहान र ढुङ्गेधाराको पानी प्रयोग गर्नु यसको उदाहरण हो ।
क) खानेपानी वितरण प्रणाली र सरसफाई आयोजनामा नवीनतम् प्रविधिको प्रयोग
यी माथिका प्रविधिहरु एक पुस्ताबाट अर्को पुस्तामा हस्ताण्तरित भएको हुदाँ त्यसलाई प्रमुख सम्पदाको रुपमा लिइन्छ । यसलाइ थोरै प्राथमिकता दिई पर्यटनमा पार्न सक्ने सामाजिक असर बारेमा थोरै मात्र पनि जागरुकता ल्याउन सके टोखाकेा पर्यनट प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ । जसरी बन्दीपुर, घान्द्रुक, जोमसोम, र मुक्तिनाथमा प्लाष्टिक जन्य बस्तु प्रयोगमा निषेध गरिएको छ र बाहिर बाट पानी लान पाउदैन त्यसरी नै यहाँ बाहिरको पानी निषेध गरी सबै पर्यटकलाई यहीको पानी उपलक्ध गराउन सके मात्र यस प्रविधिमा पर्यटकको आकर्षा त्रढनेछ । साथै यस प्रविधि अरुको लागि सिकाइको विषय बस्तु पनि बनिन सक्छ ।
ख) धार्मिक महत्व
टोखा धार्मिक दृष्टिकोणले पनि महत्व छ र धार्मिक सम्पदामा पनि धनी छ ।
पिगण द्यः 
करीब १०६ रोपनी भुतखेल खुल्ला चौर र मैदानको बीचमा अवस्थित मन्दिर पिगण द्यः हो । पीगण को अर्थपीठको गण हो । समुह हो । पीठ हो । धार्मिक दृष्टिकोणले पीठ जतिको महत्व र पवित्र शायदै नहोला । जसलाई आधुनिक नामाकरण बाट मसानकाली भनिन्छ । सँगैको मसान घाटमा मसान जलाइने या गाडिने भएकाले पनि मसानकाली भनिएको हो तर यसको परम्परागत नाम पीगण द्यः नै हो । पागोडा शैलीले निर्माण भएको यस मन्दिर पर्यटकीय र धार्मिक दृष्टिले आकषिर्त छ । यसलाई टोखाको सँरक्षक कालीको रुपमा लिइन्छ  । यही भएर यसको दिशा टोखा बस्तीतिर छ । हालको आधुनिक बनावटलाई भत्काएर परम्परागत शैलीमा यस मन्दिरलाई बनाउन सके यस मन्दिरलाई काठमाडौको उतरकालीको रुपमा विकास गर्न सकिनेछ ।
नारायण मन्दिर 
टोखामा नारायण मन्दिर दुइ वटा छन् । द्य पोखारीसँगैको मन्दिर र माथि लाछीको परम्परागत मौलिक प्रविधि, मालिक कला, र मौलिक ढाँचा र शैलीमा बनाइएका प्राचीन मन्दिर । जसका झयाल, ढोका, दलिन, टुडाल, छाना, आखीझयाँल, गजुर, आदि परम्परागत प्राचीन पागोडा शैलीमा छ । कहिले कसरी, कसले निर्माण गरे भन्ने थाहा नभएता पनि सँगैको प्राचीन तथा ऐतिहासकि लिच्छबी सँवत ५१९ को लिच्छबीकालीन सिलालेख ले पनि यहाँको मानव बस्ती, समाज, मन्दिर, कला सँस्कृति प्रचीनकाल देखि नै अनवरत रुपमा स्थापित हुदै आइरहेको प्रष्ट हुन्छ ।
शिला स्तम्भ
थने लाछीको मन्दिर अगाडि पश्चिम दिशामा रहेको करीब १२ फिट उचाई र २ फिट चतुरभुजा आकारको शिाला स्तम्भ र सो माथि घुडाँ मल्लकालिन राजा जस्तो देखिने आकृति र सो स्तम्भमा कुदिएका अक्षरहरु, आकृतिहर र सँकेतहरु निश्चित रुपमा धार्मिक दृष्टिलेमात्र महत्व नभई खोज अनुसन्धान र रिजर्चको खुराक हुन सक्नेमा दुइ मत छैन । दैनिक केटाकेटीहरु यसमा झुम्मिने र छोएर खेल्ने हुदा यस शिलामा भएका अक्षर र आकृतिहरु मेटिन सक्ने भएकाले यसलाई सँरक्षित गर्नु पर्दछ र प्रत्यक्ष छुन नमिल्ने गरी सँरक्षित गरिनु पर्दछ ।
गणेश मन्दिर 
यहाँ कोठु गणेश, विनायक गणेश, र स्वप्न विनायक गणेश गरी फरक फरक आकृतिमा तीन विनायकहरु छन् । ती मध्ये सपना विनायक बैशाख १ गते लाग्ने सपनातिर्थ मेलासँग सम्वन्धित छ भने बाँकी २ गणेशहरु  सपनातिर्थ मेला सँगै शुरु हुने टोखा जात्रासित सम्वन्ध छन् । टोखा जात्रालाई आधुनिक भाषामा टोखा बिस्केट जात्रा पनि भन्न थालेका छन् ।
भिमसेन मन्दिर 
करीब ६ फिट अग्लो मुर्ति भएको नेवारी परम्परागत पागोडा शैलीमा निर्माण गरिएको एक प्राचीन मन्दिर हो । यसलाई अग्लो मुर्ति मध्येको एक मानिन्छ ।त्यसै गरी थनेलाछीको पश्चिम तिर मध्यभागमा जोर भिमसेनको मुर्ति विरलै मानिन्छ । यसको हाल आएर राम्रो सँरक्षण र व्यवस्थापन भइरहेको छ र सबैको आकर्षको विन्दु हुन सफल भएको छ ।
सँकटा माई
यसलाई नेवारीमा वटुवली पनि भनिन्छ । यसलाई पाहाँ चरे जात्रामा प्रमुख देबीको रुपमा जात्रा गरिन्छ । सँकटबाट मोचन गर्ने देवीको रुपमा यसलाई लिइन्छ ।
चण्डेश्वरी मन्दिर 
टोखा बाट करीब २ किलो मिटरको दुरीमा शिवपुरी राष्ट्रिय निकुञ्जको फेदैमा सुन्दर प्राकृतिक रमणीय र शान्त वातावरणमा अवस्थित यो मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले धेरै महत्व राख्दछ । टोखाको प्रमुख मन्दिरको रुपमा लिन्छ । यो धार्मिक सहिष्णुताको उच्चतम् नमुना हुन् । चण्डेशवरी देबी एक हिन्दु देवी भएताल पनि मन्दिर भित्र यसको मुर्ति छैन । मुर्तिको स्थानमा मँडलालाई परापुर्व कालदेखि नै पुज्दै आइरहेका छन् । मण्डलालाई बौद्ध धर्मावलम्वीहरुले मात्र पुज्ने हो । जे भए पनि यो एउटा पवित्र धार्मिक स्थल हो । यहाँको वातावरण सधै हरियाली हुने भइरहेकोले यहाँ आन्तरिक पर्यटकहरुको आगमन भइरहन्छन् । मन्दिर नजिकै दुइ वटा पारिवारिक रिसोर्टको सुविधाले पनि थप पर्यटनमा टेवा पुगीरहेको छ । सदावहार भक्तजनको चहलपहलको साथ साथै स्वस्थानी ब्रत मेला भर यहाँ महिना दिन सम्म मेला लाग्दछ र हरिहर भजन कृतन गरी टोखा देँ परिक्रमा गर्ने चलन आज पनि जिवन्त छ । तेतिस कोटी देवता, दक्षप्रजापतिको यज्ञकुण्ड र सतिदेबीको दाहिने कुम पतन भएको पवित्र स्थलको रुपमा यस ठाउँलाई लिइन्छ । चण्डेश्वरी मन्दिर, मुस्कानेश्वर महादेब शैब, महाकाली मन्दिर, बिष्णुको मन्दिर, यज्ञकुण्ड, पँच धारालाई आकर्षा सँरचनाको रुपमा लिइन्छ ।
नाथेश्वर मन्दिर
बस्तीको शीरमा अवस्थित नाथेश्वर मन्दिर पनि धार्मिक आकर्षण मध्य एक हो ।
द्यःमा द्य
प्राचीन टोखा बस्ती सानो छँदा हालको पीगण द्य जस्ते पीठ भएको मन्दिर द्यः मा हो । अहिले यो मन्दिर बस्तीका बीचमा अवस्थित छ ।
खड्ग जात्रा
विजया दशमीको भोलिपल्ट टोखामा खड्ग जात्रा मनाइन्छ । यसलाई ऐतिहासिक तथा धार्मिक जात्राको रुपमा लिइन्छ । समाजको ज्येष्ठ नागरिकहरु १३ जनालाई देवताको स्थानमा राखी खड्गलाई बाँसको नोलमा लुकाई जात्रा गरिन्छ । “श्रेष्ठ” थर र “डंगोल” थर ले मात्र देवताको स्थान लिन सक्ने यो जात्रा तलेजुबाट शुरु भई नगर परिक्रमा गरी तलेजु मै भित्र्याइन्छ । मानवलाई देवताको स्थान दिई नेवारी परम्परा गत शैलीमा जात्रा गरिन्छ । यो एक मानव समाजले एक मानवलाई आफ्नो जिवन भर सतकर्मबाट सिङ्गो समाजलाई दोहोर्‍याएको बापत गरिने सम्मान हो । देवताको स्थान पाएका नागरिकहरुको मृत्यु पश्चात सो पद स्वतः उमेरको रोल क्रम अनुसार स्वत हस्ताण्तरण हुने गर्दछ । यसको घोषण देँ थकालीहरुको समुहले गर्दछ ।
जिउँदो गणेशर कुमारी
बसन्तपुरमा कुमारी घर भए जस्तै टोखामा जिउँदा देवीहरु गणेश र कुमारीको छुट्टै घर छैन । तीनीहरुको हेरचाह पालनपोषण आफ्ना परिवार र आफ्ना जन्म घर मै हुने गर्दछन् । नाक, कान नछेडेका कन्या केटीहरु गणेश र कुमारी बन्न योग्य हुन्छन् । एक पटक देवता भइसके पछि महिना वारी नभएसम्म देवताको पद कायम नै रहन्छ । पद खाली भए पछि देँ थकालीको समुहले देवता खोज्ने र तोक्ने कार्य हुन्छन् । जिवित देवताहरुको रुपमा चिनिने गणेश र कुमारीको विशेष जात्रा बैशाखको टोखाको जात्रा – टोखा नखः), दशैंमा मात्र जात्रा गरिने चलन छ । जिवित देवताहरुकै सामुमा खड्ग जात्रा र टोखा जात्रा -नखः) लाई वैधानिक मानिन्छ र सम्पन्न गरिन्छ । जिवित देवताहरुको आशिर्वादले जात्रा शरु तथा सम्पन्न भएमा देशमा मँगल हुने लोक विश्वास रहेको छ । यो टोखामा मात्र पाइने भएकाले यसलाई मौलिक जात्राको रुपमा लिन्छ । यसले पनि टोखाको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसलाई व्यापक रुपमा प्रचार प्रसार गरी दशै र जात्रामा मात्रा सिमित नपारी एउटा साझा देवता घर बनाई ती देवताहरुको प्रत्यक्ष दर्शनको वातावरण वनाइनु पर्दछ ।
दाफा खलःहरु
धार्मिक आस्थाबाट प्रेरित भई निरन्तर रुपमा दाफा भजन, किर्तन, बाँसुरी बाद्य र चतुर्मास प्रत्येक बेलुकी टोखाको आकाश गुन्जायमान हुँदा सोच्नुस कति हामी मौलिक छौं । कति हामी समृद्ध छौ भनेर बाकी दुनियाँलाई पाठ पढाइरहेका छौँ । टोखामा ७ दाफा खलः हरु छन् र ३ भजन खलः । समाजको कला, साँस्कृतिक र सम्पदाको आयतन निश्चित रुपमा यी खलःहरुमा पाउछौं । सामाजिक चित्रण, पीर व्यथा, देवदेवीहरुको गुणगान र राजामहाराजाहरुको गुणगान ले भरिपुर्ण गीतहरुको संकलन कुनै महाकाव्य भन्दा कमको छैन । ती सबै सम्पदालाई जिवन्त पार्ने तत्वहरु हुन् । यसले करबरले मात्र गाउने, बजाउने, चलाउने नभई र्सवकालीन रुपमा चलाउन सके टोखाकेा पर्यटन क्षेत्रलाई राम्रो प्रभाव पार्ने देखिन्छ ।
बाद्य बाजाहरु
दाफा बाजाः , बाँसुरी बाजा, धिमाय बाजा, पोँ बाँजा, नायखिँ बाजा, कनाथ बाजा, हार्मोनियम बाजा, पँचे बाजा, मादल, सारङ्गी, आदि टोखामा प्रयोजमा छन् । यी यावत वाजाहरुबाट पर्यटकहरुलाई निरन्तर स्वागत गर्नसके, मनोरञ्नज प्रदान गर्न सके, कल्पना गर्नुस हाम्रो मौलिक खाना परिकारमा, मौलिक आवासमा मौलिक बाजा गाजा एक पर्यटकले कस्तो अनुभव गर्नेछ होला । त्यो पक्कै पनि स्वर्गिय हुनेछ । आनन्दित हुनेछ । साकलिङ्ग पछिका आराममा, हाइकिङ्ग पछिको आराममा, खाना पीन पछिको आराममा यस्तो मौलिक बाजा गाजा तथा नृत्यको व्यवस्थापन गर्न सके मात्र पनि हामीले धेरै पर्यटकहरुलाई आकषिर्त गर्न सकिन्छ ।
धार्मिक नाचहरु
लाखे नाँच, या प्याखँ, नाग प्याखँ, बाँदर नाँच, मयुर नाच, ख्याः प्याखँ, नवदुर्गा नाच,ख्याल, हिले रोपाइ जात्रा तथा नाच आदि रहेका छन् ।ती नाचहरु ऐतिहासिक तथा धार्मिक रुपले महत्वका छन् । ती मध्ये सबै नाँचहरु अस्तित्वमा रहे पनि समन्वयन र सँयोजनको अभावमा विगत केही वर्षदेखि नवदुर्गा नाँच देखाइन छाडेको हो । यो नाच भक्तपुरबाट ल्याएर देखाइन्थ्यो । भएका नाचहरुको स्थायीरुपमा अस्तित्व कायम स्वरुप गुठीको व्यवस्था गरिएतापनि आधुनिक समाजमा ती नाचहरुको सँरक्षण र सर्म्वर्द्धन गर्न यदाकदा कठिनाईको स्वरहरु सुनिने गर्दछ । यसको लागि सम्वन्धित गुठीयारहरु, स्थानीय निकायहरु र स्थानीय आम जनताको समयोजन र समन्वयन कार्य गर्दै कसरी टोखाको पर्यटन क्षेत्रमा टेवा पुर्‍याउन जिवन्त पार्ने सो तर्फकदम चाल्नु पर्ने देखिन्छ ।
धार्मिक पोखरीहरु 
टोखामा जम्मा ४ वटा पोखरीहरु छन्, ती मध्ये धार्मिक पोखरीहरु दुइ वटा छन् । द्य पुखु र सपना तिर्थको बह पोखरी कुण्ड हो । सपना तिर्थको कुण्डमा बैखाश १ गते मेलामा स्नान गरिन्छ भने द्य पुखुमा टोखा जात्राको तेश्रो दिनमा रथहरुलाई स्नान गराइन्छ । ती पोखरीहररु सबै आधुानिक ढाँचामा निर्माण भएकाले ती सँरचनाहरुलाई बाहिरी आवरण राखेर मात्र भए पनि नेवारी कला र सँस्कृति झल्कने गरी सँरचना निर्माण गरिनु पर्दछ ।
लायकु तलेजु दरबार
हाल सालै मात्र तलेजु, कुमारी पाटी, खौमा चोक -हालको क्वाथः) को जिर्णोद्धार सम्पन्न भएका छन् । नेवारी कला कृति, परम्परा ढाँचाले निर्मित ती सँरचनाहरु वास्तविक आकर्षाको विन्दु हुन् । यो दरबार अर्को आकर्षा को केन्द्र बनेको छ ।
चण्डेश्वरी देवी घर
विनाशकाकरी महाभुकम्प पश्चात मानस पातलमा लीन भएको यस देवीको घर पुन निर्माणको पर्खाइमा धैर्य बनी समयको घडी गनिरहेको आभाष हुन्छ । यो देवी घर तत्काल मर्मत गरिनु पर्दछ ।
ग) वातावरण
वातावरण प्रदुशण मुक्त छ । क्षयरोग लागे टोखा जानु भन्ने पुरानो कथनले पनि पुष्टि गर्दछ कि यहाँको वातावरणको अवस्था । पुरानो बस्ती भित्र ठुलठुला भाडाका गाडाीहरु, माल बाहक गाडीहरु प्रवेशमा निषेधका कारण टोखाको हावा, पानी , बाटो र वरिपरिका वातावरण सफा नै छ । बस्तील वरिपिरि र्सार्वजनिक जग्गामा बढीरहेका रुख विरुवाहरु, नजिकको भुतखेल चौर र हरियाली वृक्षहरु, खुल्ला मैदान र उत्तर तिर शिवपुरी राष्ट्रिय निकुञ्जको सदावहार हरियालीको प्रभावले टोखाको हावापानी सफा नै छ । अहिले बृहत खानेपानी परियोजनाले पनि र्सार्वजनिक चोक, मठ मन्दिरहरुमा र्सार्वजनिक धाराको व्यवस्थापनले अझ वातावरण शुद्धिकरणमा सकारात्मक प्रभाव पारिरहेको छ । टोखाको तापक्रम मध्य गर्मीमा ३० डिग्री र मध्य चिसोमा घटेर १ डिग्री बाँकी ८ महिना सालाखाला सुहाउदो न्यायो पारिलो र लोभलाग्दो मौसम हुने भएकाले र बाटा सबै पीच भए वापत धुलो उड्ने सम्भावना न्युन भएकाल पनि वातावरण राम्रै पाइएको छ ।
साथै पर्यटकहरुलाई सुहाउदो आवासको व्यवस्था, पसल, बैंक, र मनोरञ्जन स्वरुप प्रत्येक साँझ नेवारी सँगीत वाद्यनको व्यवस्थापनबाट पनि वातावरण तयार पार्न सकिन्छ ।
घ) आर्थिक
टोखाको आर्थिक पक्ष मध्यम छ । कोही पनि निम्न आय भएकाको लगत यहाँ छैन । प्रायः सबै परिवार चल, अचल ,आम्दानी, व्यवसाय तथा व्यापार आदिबाट प्रत्यक्ष या परोक्ष रुपमा प्रभावित छन् । सबल छन् । परम्परा, जात्रा पर्व, चाँड बाँच ,उत्सब मेला, भनेको सामाजिक समृद्ध तथा सम्पन्नको अभिव्यक्त हो । यथार्थमा टोखामा पर्यटन प्रवर्द्धन तथा सर्म्वर्द्धनमा विद्यमान आर्थिक पक्ष सबल या कमजोर भए कै कारणले नकारात्मक प्रभाव पर्दैन । यस पक्षमा हामीले थोरै जागरुकता ल्याउने हो भने पर्यटनबाट अझ आर्थिक लाभ लिन सकिने भन्ने कुराको साथ साथै विद्यमान पर्यटनका तत्वहरुलाई संरक्षण, सर्म्वर्द्धन, प्रवर्द्धनमा लानको आर्थिक पक्ष सबल हुनु जरुरी छ । कमजोर आर्थिक भएका समाजले पर्यटन प्रवर्द्धन गर्न नसक्ने भएकाले पनि आर्थिक पक्ष सबल हुनु पर्दछ ।
पर्यटनको चाहिने भौतिक सँरचनाहरु निर्माणकेालागि पनि आर्थिक पक्ष सबल हुन जरुरी छ । जस्तै प्रतिक्षालय, र्सार्वजनिक सौचालय, र्सार्वजनिक चौतारा, र्सार्वजनिक स्नानघर, र्सार्वजनिक धारा, आदि निर्माणमा पनि आर्थिक पक्ष सबल हुनु जरुरी छ ।
महिनामा २९ दिन आफ्नो लागि एक दिन पर्यटनको लागि भन्ने सामाजिक नारा प्रफुटन गरी यस आर्थिक पक्ष लाइ थप मजबुत पार्नको लागि सामाजिक कृयाकलापहरु गर्नु पर्दछ । समाज प्रति माया, चिन्ता र गौरवान्ति अनुभुति गराइ यस पक्षलाई सबल पारी पर्यटनमा टेवा पुर्‍याउन सकिन्छ ।
साँस्कृतिक तथा ऐतिहासिक 
टोखा यस पक्षमा पनि उतिकै सबल छ । टोखामा अस्तित्वमा रहेको जीवन शैली, रहन सहन, खानपीन ,कृषि पेशा, आवासिय सँरचना, परम्परा, कला र सँस्कृति पुस्तौदेखि हस्तान्तरण भै आजको पुस्तामा आएको हो । यसकारण यहाका इट, ढुँगा, भौतिक सँरचना सबै सम्पदाहरुहुन् । भाषा, बोली, साहित्य, गीत, सँगीत, नृत्य, लोकगीत, ख्याल, घोचपेच, नाटक, आदि सबै कला र सँस्कृति हुन् । सम्पदा हुन् ।
इतिहासको कुनै काल खण्डमा समाज र जनताप्रति समर्पित भई कुनै व्यक्तिले दान बक्समा बनाई दिएका पाटी पौवा, ढुँधारा, जःधः, गुठी, कुवाँ, सतल,सिँढी, प्राँगन, चोक, दबुँ, मन्दिर, घाट, आदि ऐतिहासिक तथा सास्कृतिक तत्वहरु हुन् । ती तत्वहरु पृथक छन् । आकर्षाको श्रोत पनि बन्न सक्छ । जसमा कुनै पनि आगन्तुक अध्ययनकर्ताको लागि दरिलो विषयवस्तु वन्न सक्छ । जस्तैः परापुर्वकालदेखि लाश जलाउँदा जलाउँदै खरानीको ढिस्कोले मात्रैले पनि थुम्काको आकार लिएका छन् यसको उत्खनन गर्ने हो भने यहाँको बस्ती कति वर्षपहिलेदेखि हो भन्ने कुराको अध्ययन र निष्कर्षनिकाल्न सकिन्छ ।
यहाँ सबै प्रायः कृषि पेशामै व्यस्त रहने हुँदा प्रत्येक ऋतु र सिजन अनुसारको विरहका गीतहरु, नाटकहरु, मौखिक अलिखित काव्यहरु, यथार्थपरक कथनहरु यसलाई साँस्कृतिक तथा ऐतिहासिक रुपमा लिन सकिन्छ । यस क्षेत्रमा थोरै मात्र पनि स्थानीय हरुलाई यसको महत्व दर्शाइदिने हो भने नयाँ नयाँ अग्रज श्रष्टाहरु देखा पर्ने सम्भावना धेरै छन् ।
टोखा एउटा आफैमा अघोषित रुपमा खुल्ला साँस्कृतिक तथा ऐतिहासिक सँग्रालय भएकाले पनि यहाँ हुने सबै सामजिक गतिविधिहरु सास्कृतिक र ऐतिहासिक सम्वद्ध छन् ।
आवासीय भौतिक संरचना आधुनिक भएता पनि यस भित्र भए हुने गरेका सबै क्रियाकलापहरु सम्पदा र सँस्कृति सम्वद्ध नै छन् । जस्तै कुनै पनि सामाजिक सुचना प्रवाहको लागि परम्परा ढंग कै नायखिँ बाजा बजाई सुचना प्रवाह गर्नु पनि एक सस्कृति हो र सम्पदा हो ।
नेवारी समुदायमा मनाइने हरेक चार्डपर्वहर गठेमँगल, गुँला पुन्हि, येन्याँ पुन्हि, गाइजात्रा, सिलु, मोहनी  दशैं, म्हः पुजा, किजापुजा, चहे, आमै, एकादशी, यात्रा, सकिमन्हा पुन्हि, जात्रा , सिठी नखः आदि चाड पर्वमा नेवारी सम्पदाहरु झल्किन्छ ।
त्यसै गरी व्यक्तिगत जन जीवनमा कृयाककलाप जन्म, न्वारान, इहि, बाराय, ब्रतबन्ध, विवाह, र मृत्यु सँस्कारमा समेत नेवारी सस्कृति र सम्पदा झल्किन्छ । यसलाइ पनि सम्पदाको रुपमा लिन सकिन्छ र यी यावत सँस्कारहरुलाई पनि व्यवस्थापन गरी पर्यटनको लागि आकर्षाको रुपमा लान सकिन्छ ।
यसै गरी एतिहासिक तथा धार्मिक अभिलेखहरु, शिला पत्रहरु, कसैले दान भक्त भाउबाट बनाइएका मन्दिरहरु, पाटीहरु, चौतारोहरु, स्थानीय जीवन शैली, भाषा, सँगीत, गीत, नृत्य , हाते कला, परम्परागत उद्योग, परम्परागत सीप लगायतइतिहासको धरोहरहरु, परम्परागत नाटक, अभिलेख, शिलालेख आदि हरु यस भित्र पर्दछन् ।
अनुसन्धानकोलागि महत्वपुण पक्षहरु
प्राचीन टोखा हालको टोखा नभएर टोखा नगरपालिका वडा नं. २ स्थित भिल्ली पँचेतारको समथर भागलाई टोखाको उदगम थलो मानिन्छ । यसको पश्चिम तिर बाल कुमारी देबीको मन्दिर छ। लोक कथन यो छ कि प्राचिन समयमा बाल कुमारीले नव जात शिशुहरु सबैलाई छानी छानी लान थालेको र सो स्थानमा धमिराले साहै नै दुख दिएकाले बस्न नसकी  हालको टोखामा बर्साई सरेको कथन छ । अहिले पनि सो बस्ती वरिपरि उत्खनन गर्ने हो भने वरिपरि भौतिक निर्माणमा प्रयोग भएका प्राचीनकालीन इटाका टुक्राहरु अवशेषको रुपमा आज पनि पाइन्छ । यसै बीच सो ठाउँमा एउटा शिला लेख भेटिएको छ, अहिले बेवारिसे रुपमा फालिएको छ । जसमा कुदिएको आकृति र अक्षर स्पष्ट छैन तर यो शिला कुन शताव्दीको र कति पुरानो हो भनी खोज र अनुन्धान गर्न सकिने भएकाले पनि यसले पर्यटकहरुलाई आकर्षा गर्न सक्छ ।
नेवारीहरुको प्रत्येक घर धुरीमा जाँड र रक्सी खाली हुदैनन् किनकी ती उत्पादनहरु नेवार समुदायको मौलिक प्रविधिबाट मौलिक उत्पादन हो । त्यसकारण नेवारहरुको चाँडबाडमा जाँड र रक्सीले स्वागत गर्ने गरिन्छ । र प्रत्येक ठुलठुला चाडबाडमा जाँड र रक्सीलाई पुजा गरिन्छ । अझ पाँहा चहे जात्रा र टोखा जात्रामा जाँडलाई ठूलो तामाको घ्याम्पोमा राखी पुजा गर्ने चलन आज पनि छ । गाउँ ठाउँमा उपलब्ध जडिबुडीहरुलाई औषधि बनाइ मर्चा बनाइन्छ । यो एउटा मौलिक प्रविधि हो । यहीमर्चाबाट जाँड र जाँड प्रयोग पश्चात रक्सी बनाइन्छ । यही मौलिक आविष्कारलाई ज्वलन्त पार्नकोलागि पनि जाँडलाई पुजा गर्न थालिएको हुनसक्छ । यसलाई पनि खोज र अनुसन्धानको विषय बनाउन सकिन्छ ।
टोखाको माथिको भागलाई थने र तलको भागलाई क्वने भनिन्छ । यहाँ क्वहिति भन्ने ठाउँको हिति वा धारा कता छ भने पत्ता लाउन सकेको छैन । विसिँगालमा गाडेको एउटा हाइटेन्सन लाइनको जग खन्ने क्रममा एउटा पुरानो पानी सहितकोर् इटाको नहर र इटाको पाइप उत्तर बाट दक्षिण तिर वगिरहेको जस्तो लाग्ने ठुलो सँरचना देखिएको थियो । त्यसको प्रत्यक्ष दर्शी हामी नै थियौं । हामीले सो बेलामा चाहेर पनि त्यसलाई सँरक्षण गर्न सके नौं । आज आएर गल्ती महशुस भइरहेको छ , शायद होला क्वहिति को मुख्य नाला त्यही होला । यसलाई पनि अध्ययनको विषय बस्तु बनाउन सके धेरै पानी सम्वन्धि मौलिक प्रविधि प्रति आज वर्तमानमा ज्ञात हुने विरल मौका मिल्नेथ्यो ।
टोखामा हालसम्म लिखित अभिलेख छैन । जसबाट अध्ययन र खोजकर्ताहरुलाई श्रोतको अभाव जस्तै भइरहेकोछ । टोखामा हाल सँचालन भइरहेका खानेपानी वितरण प्रणाली र सरसफाईको व्यवस्थापन पनि एक अध्ययनको श्रोत बन्न सक्छ ।हालको इस्थुलीको पाटीलाई बुढापाकाहरुले जोरपाटी भनिन्छ रे ।
हालको हासल टोखलाई घरली भनिन्छ रे । यस टोेखामा प्राप्त जति स्थान र नामहरु छन सोको बारेमा केही त केही इतिहास छुपेको हुन्छ ती सबैको अनुसन्धान हुनु पर्दछ । जस्तैः चोर लाग्ने उकालो भएकाले खुँपाचा भनिए । बस्ती थुप्रै सँख्यामा ढुगेधारा र इनार पुरिएका छन् खोजिनु पर्छ र त्यसलाई पर्यटकीय आकर्षाको रुपमा लानु पर्दछ । चण्डेश्वरीको मन्दिर पछाडि एउटा ठूलो ड्याम बनाउनको लागि अनुसन्धान थाल्नु पर्दछ । सो बाट वर्षभरी परेकेा पानीलाई सँकलन गरी त्यसलाई खानेपानी, सिँचाइ, जल सम्पदा, प्राकृतिक सौर्न्दर्य आदिको लागि प्रयोग गर्न सकिन्छ ।
हालको बस्तीमा सबै नेवारी कला र परम्पराको आवरणले छोप्ने र परमपरागत शैलीमा आवासलाई ढाल्ने र प्रत्येक महिनाको अन्तमा टोखाको सारा वासीहरुले आफ्नो मौलिक पोशाक लगाई पर््रदर्शन गर्ने । यस टोखालाई खुल्ला सँग्राहलयको आबधारणा सबैमा विकास गराउने ।
हालको तलजु मन्दिर विगतमा दरबार थियो रे । हालको भौतिक बनावट बाट अनुमान लाउन सहज गराउछ कि विनाशकारी  भुकम्पमा परी दरबार ध्वस्त भएको हुनु पर्दछ र सौ स्थान अरु वरिपरिको दाँजोमा १५ देखि २० फिटको उचाइमा छ यसको पनि खोज अनुसन्धान गरिनु पर्दछ । र यसलाई पनि विषय बस्तु बनाउनु पर्दछ ।
पृथक सँरचना
मानव निर्मित र प्राकृतिक निर्मित गरी दुइ वटा पृथक सँरचना हुन्छन् । नदि, नाला, खुल्ला चौर चरण, मैदान, चोक, जँगल, जल, गुफा, झरणा, पहाड,  जल सम्पदा, आदि प्राकृतिक पृथक सँरचना हुन् ।
खानेपानीको भौतिक सँरचना र वितरण प्रणाली, र सोको जन जिविकोमा पारिरहेको प्रभाव, फोहोरमैला व्यवस्थापन र सोबाट उर्जा उत्पादन र सदुपयोग र त्यसले पार्ने सामाजिक तथा आर्थिकोपार्जनमा पार्ने असर । बस्ती वरपर मैत्री वातावरणीय प्रभाव कायम गर्न स्थानीय तवरबाट सामाजिक कोशिसहरु । बिष्णुमती सरसफाई, वृक्षारोपण । सामाजिक सचेतनाबाट एकतामा सहयोग आदि पनि पृथक सोच र संरचनाहरु भएकाले यसले पनि पर्यटक हरुलाई आकर्षा गर्न सक्छन् । परम्परागत मानव बस्ती, आवासकोलागि सँरचना, चोक, गल्ली, भित्री गल्ली, पदमार्गहरु, मन्दिर, पाटी पौवा, ढुँगा स्तम्भ, मुर्तिहरु, कला, लाछी, दबुँ, जःधः, धारा, इनार, कुवाँ, पोखरी, पानी नहर, मानव निर्मित सँरचनाको रुपमा लिइन्छ । यो पनि पर्यटनको आकर्षाको रुपमा लिइन्छ ।
३.टोखाको पर्यटनकालागि सँभाव्यता तत्वहरु 
क) प्राकृतिक आकर्षा
खुल्ला घासे मैदान, चौर, मैदान, फाँट, पहाड, जँगल, झरणा, गुफा, प्रदुषण मुक्त सफा वातावरण, हरियाली वन, नदि नाला, भौगोलिक वनावट, सिमसार, दह, पोखरी, आदि हुन् ।
१. सिलुयात्रा -गोसाइकुण्ड)
प्रत्येक वर्षजनै पुणिर्माको दिनमा रसुवा जिल्लाको गोर्साई कुण्ड तिर्थयात्रा भर्ने नेवारी परम्परा आज पनि प्रचलनमा छ । सो गन्तब्यलाई बेलामौकाको यात्राको रुपमा मात्र नलिई मौसम अनुकुल जुनै बेला पनि टोखादेखि गासाइकुण्ड सम्मको पैदल यात्रालाई प्रवर्द्धन गर्न सके गोसाइकुण्डको साथ साथै टोखाको पनि पर्यटनमा प्रवर्द्धन गर्न सकिन्छ ।
२. शिवपुरी वाघद्वार बिष्णाप यात्रा
यसै गरी प्रत्येक वर्षचैत्र मसान्त देखि बैशाख १ सम्मवाघदारको मेला लाग्दछ । जसमा शिबपुरी डाँडा, बिष्णाप बिष्णुमतिको मुहान, टोखा चण्डेश्वरी र सपनातिर्थ गरी चार तिर्थको एकै मेलाबाट दर्शन गर्ने चलन रहेको छ । यस धार्मिक यात्रालाई पनि बेला मौकाको मेला भर्न जान मात्र नबनाई टोखाबाट शुरु हुने गरी पदमार्ग पहिल्याई हाइकिँगको अवधारणा ल्याउने हो भने टोखा लगायत ती स्थानहरुको पनि पर््रवर्द्धन हुने प्रवल सम्भावना रहेको छ ।
३.नुवाकोट कैलाश डाँडा यात्रा
शिवरात्रीको दिन नुवाकोटको कैलाश डाँडामा टोखाबाट थुप्रै सँख्यामा भक्तजनहरु गई शिवरात्रीको मेला भर्ने गर्दछ । यसलाइ पनि एक साइकलिँग तथा पदमार्गको रुपमा विकास गर्न सकिन्छ ।
४ बौडेश्वर झरणा यात्रा
टोखालाई केन्द्र मानेर साइकलिँग तथा हाइकिँग बाट  सजिलै पुग्न सकिने पर्यटकीय ठाउँ हो बौडेश्वरको झरणा । टोखा न.पा. १ मा अवस्थित यस झरणा टोखाबाट ४ कि.मी.को दुरीमा छ । करीब ४० फिट उचाइ र ३० फिट चौडाइ भएको ठुलो चटानबाट पानीका बगावट वास्तविक रुपमा आकर्ष नै छ । यस भित्र करीब २० मिटर लामो प्राकृतिक सुरुँग रहको छ भने सो सुरुँग भित्र महादेव र गणेशको मुर्तिहरु छन् । नेवारीमा यसलाई गुँ महादेब भनिन्छ ।
५ साइकलिङ्ग/हाइकिङ्ग पाथ
क) टोखा- चण्डेश्वरी – सपनातिर्थ मन्दिर – झोर – वौडेश्वर -साँग्ला -टोखा । साइकलिङ्ग पथको रुपमा व्यवस्थापन गर्न सकिने ।
ख) त्यस्तै टोखा- हाती गैंडा- बुढानिलकण्ठ- शिवपुरी राष्ट्रिय निकुञ्ज- डाँडा गाउँ- दहीबुढी झोर- भँडाल- भन्ज्याँङ्ग बौडेश्वर- टोखा सम्म साइकलिङ्ग पाथ को अवधारणा ।
ग) टोखा – नुवाकोट छहरे – केरुङ्ग – रसुवागढी साइकलिङ्ग पाथ ।
घ) टोखा- बौडेश्वर- गुर्जे भन्ज्याङ्ग – अख्र्यौली- खोले गाउँ- सिम्ले- चिसापानी- सुन्दरिजल – टोखा साइकलिङ्ग पाथ ।
ङ) टोखा- बौडेश्वर -भन्ज्याङ्ग – सुर्यचौर- ककनी- गोलढुगा- टोखा हाइकिङ्ग र साइकलिङ्ग पाथ ।
च) टोखा- बौडेश्वर -भन्ज्याङ्ग -काभ्रेस्थली- तारकेश्वर मन्दिर- धर्मस्थली- फुटुङ्ग- टोखा । हाइकिङ्ग र साइकलिङ्ग पाथ ।
छ) चण्डेश्वरी-शिवपुरी निकुञ्जको पर्खाल छेउछाउ भएर झोर सम्मको पदमार्ग ।
माथि उल्लेखित तिर्थस्थलहरु वा पदमार्गहरुमा मासिक या द्धेमासिकको फरकमा हाइकिँग, साइकलिँग जस्ता कृयाकलापहरुको निरन्तर रुपमा आयोजना गर्दे जाने हो ।
६ भुतखेल घासे मैदान तथा बगैँचा, सपनातिर्थको घासे मैदान र पोखरी, चण्डेश्वरी मन्दिरको प्राङ्गण साँचो रुपमा अदभुत नै छन् ।
टोखा मु ध्वाखा  -टोखा प्रवश द्वार )
टोखामा परम्परा गत शैलीको प्रवेश द्वार हरु चार वटा छन् । मुख्य द्वार, गणेश स्थानको द्वार ,सपना तिर्थको द्वार , चण्डेश्वरी मन्दिरको द्वार । यसलाई मानव निर्मित पृथक सँरचना भएकाले यसलाई पर्यटनको आकर्षारुपमा लान सकिन्छ । यी द्वारहरु बस्तीको शिर र पुच्छारमा रहे बापत के अनुमान लाउन सकिन्छ भन्दा खेरि परापुर्व कालमा वैरीहरुको आकर्मणबाट सुरक्षित हुनको लागि यहाँ बस्ती वरिपरि पर्खाल र नाका नाकामा द्वारहरुको निर्माण गरी एउटा किल्लाको रुपमा रहेको पुष्टि हुन आउँछ । द्वार कै नामबाट टोल र ठाउँको नाम रहे बापत पनि यसको थप पुष्टि गर्दछ । जस्तैः ध्वाक्चा, धाखय् आदि ।
स्वास्थ्य पर्यटन
नेपालको ठुलो मध्यको एक ग्राण्डी अस्पताल हाम्रै टोखामा परेकाले पनि टोखामा स्वास्थ्य पर्यटनको सम्भावना पनि दरिलो छ । जस्तै अस्पतालमा लामो समय सम्म उपचारत हुँदा वरिपरिको होटल ताथ लज व्यवसायीहरुको दाँजोमा अलि सस्तो सुलभ मौलिक खाना, खाजा, मौलिक भेषभुषामा मौलिक सँगीतमा होम स्तेको व्यवस्थामा ती उपचारतहरुलाई टोखामा ल्याउन सके स्वास्थ्य पर्यटनमा पनि बढी सम्भावना देखिन्छ ।
खेलकुद पर्यटन
नेपालका प्रथम ओलम्पिक धावक स्वर्गीय गजराज जोशीले जीवन पर्यन्त योगदान दिएर जानु भएको टोखामा काठमाडौको उतर भेग कै ठूलो खेककुद मैदान रहकेकाले पनि यहाँ खेलकुद पर्यटनको सम्भावन अझ बढी छ । आज आवासीय सँरचना निर्माण बाक्लिने जाने क्रम बढीरहेको सर्न्दर्भमा खेलकुद मैदान, खुल्ला चौरहरुको अभावमा खेलहरु कुनै हलहरुमासिमित भएर गइरहेका छन् । जस्तै फुटसल, ब्याडमिन्टन कोटहरु आदि । यदि भुतखेल चौरलाई खेककुदकोलागि केन्द्रविन्दु बनाउने हो भने लाग्छ खेलकुदले पनि बाहृय तथा आन्तरिक पर्यटन आकृष्ट गर्न सक्दछ । अहिले धेरै युवाहरु भुतखेलमा झुम्मिनु एक यसैकेा उदाहरण स्वरुप लिन सकिन्छ ।
भुतखेल मैदान वरिपरि भएको बाटोलाई हामीले पर्यटक पाथको नामाकरण गरी त्यही अनुसारकोे साइकलिङ्ग पाथ र पदमार्गको अवधारणाको विकास गर्न सकेमा भुतखेल पनि सबैको गन्तव्य बन्न सक्छ । अहिले पनि यो स्थानमा आन्तरिक पर्यटकहरु दैनिक सयौंको सँख्यामा आउने तथ्याँकले यही कुराको पुष्टि गर्दछ ।
हाल सालै मात्र टोखा नगरपालिकाको प्रयाशा बाट चण्डेश्वरी मन्दिर देखि झोर सम्म शिवपुरी राष्ट्रिय निकुञ्ज पर्खाल छेउछेउ हाइकिङ्ग पथ वा ट्रेकिङ्ग पथको निर्माण गरिएको छ । सो पदमार्गको ठाउँ ठाउँमा प्रतिक्षालय र पाटी बनाउन र घुम्ती पसल को सुविधा पर्‍याउन सके अझ सुनमाथि सुगन्धित हुन्थे होला । प्रचार प्रसारमो अभावमा यद्यपि सो पदमार्गमा हिडदुल गर्ने हरु हाल न्युन छन् ।
सभथर घासे मैदान उत्तरबाट दक्षिण र दक्षिण पश्चिम फैलिएको करीब १०६ रोपनीको पहाडीय रेन्च प्राकृतिक र धार्मिक दृष्टिकोणले अति आकर्षा र महत्व हुनेछ टोखाको पर्यटनको लागि । वरिपरि जँगल बीचमा मन्दिर । नजिकै खुल्ला खेलकुद मैदान । सदावहार हरियाली । चण्डेश्वरी मन्दिर
२ख) मानव निर्मित सँरचनाले आकर्षण
बगैंचा, पार्क, मन्दिर, पाटी पौवा, शिला लेख, कुवाँ, ढुङगे धारा, इनार, चौतारा, पुल पुलेसा,
भौतिक आवासीय सँरचनाहरु, द्धार, गुठी घर, शिवपुरी रिसोर्ट तथा होटल, एन, डि. ए. होटल एण्ड रिसोर्ट, टोखा नेवारी खाजा घर एण्ड होटल, गगन होम स्टे , टोखा मिनी फन पार्क टोखा क्यवः हस्पीटल, सुपरमार्केट, क्लिनिक, पुस्तकालय, र्इमर्जेन्सी सेवा, यातायात सुविधा, बैंक, मनि एक्सचेन्ज, आदि ।
ग) साँस्कृतिक आकर्षा
यसमा माथि उल्लेख गरिएका सबै साँकृतिक धरोहरहरु, सम्पदाहरु यस भित्र पर्ने तत्वहरु हुन् ।
घ) पृथक निर्माण र सँरचनाहरु
४ वातावरण मैत्री दिगो सरसफाई परियोजनाले टोखाको पर्यटनमा पार्न सक्ने प्रभावहरु
क) एउटा पृथक परियोजना
मन्दिरको मानव मल मुत्र, स्कुल तथा स्थानीयहरुको मानव मल मुत्रलाइ सँकलन गरी उर्जा उत्पादन । उर्जाको सदुपयोग स्वरुप चण्डेश्वरी मन्दिरमा बती बाल्ने, । यही परियोजनामा समाजको जेष्ठ नागरिकहरुको हेरचाह केन्द्र -वृद्धाश्रम), सामुदायिक स्नान गृह, सभा बैठक हल  पनि बनिने भएकाले यसलाइ भविष्यमा आय आर्जनको श्रोत पनि हनु सक्ने सम्भावना छ । हाल यस योजनाको ९५ प्रतिशत कार्य सम्पन्न भएको छ । वरिपरिको फोहोरले पुगेन भने घरै पिच्छे गएर फोहोर सँकलनको पनि व्यवस्था भएकाले टोखा एउटा सरसफाईको क्षेत्रमा नमुना र पर्यटकको गन्तव्य हुन सक्छ । नयाँ अनुसन्धान तथा रिर्सचकेा विषय बस्तु बन्न सक्ने सँभाव्यता पनि उतिकै रहेको छ ।
५)  टोखा वृहत् खानेपानी परियोजनाले टोखाको पर्यटनमा प्रभाव पार्न सक्ने असरहरु
 १)पृथक परियोजना
क) नयाँ मोडल खानेपानी व्यवस्थापन तथा वितरण प्रणाली ।
ख) सामुदायिक धाराहरुमा पानीको वगावत निरन्तर ।
ग) दह पोखरीहरुमा पानी भरण र त्यसले पोखरीको सौर्न्दर्यता थप्ने र आकर्षको केन्द्र बन्ने ।
घ) ढुङगे धारो र इनारहरुमा पानीको मात्राले पनि शोभा बढाउने ।
ङ) भुमिगत पानी र श्रोतको पानीलाइ सँकलन गरी पानी वितरण गर्ने प्रणालीमा आधारित यस परियोजनामा सुख्खा याममा भुमिगत पानीको अधिकतम प्रयोग र वर्षायाममा श्रोतको पानी अधिकतम प्रयोग यो एउटा नेपालको परिपेक्षमा नवीनतम प्रयोग र परियाजनाको रुपमा चित्रण गर्न सकिन्छ र यस उपर अध्ययन र अनुसन्धान हुन प्रचुर सम्भावना भएकाले पनि यसले आन्तरिक र वाहृय पर्यटकहरुलाई आकषिर्त गर्न सक्नेमा दुइ मत छैन ।
च) सबै घरघरम पानी पुग्दा, र निरन्तर पानीको सबैमा पहुँचले गर्दा मानिसको ध्यान व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाई प्रति आकृष्ट हुने भएकाले पनि यसले पर्यटन क्षेत्रमा तेवा पुर्‍याउन सक्नेछ ।
छ) भुमिगत पानीको प्रयोगको साथ साथै भुमिमा पानी भित्र पसाउने वातावरणको लागि सामाजिक चेतनाको विकास गरी आकाशे पानीको सँकलन र जमिन पानीले पुन  रिचार्जको भावना जगाइ एक नयाँ र पृथक परियोजनाबाट पनि पर्यटकलाइ आकषिर्त पार्न सकिन्छ ।
६ प्रमोशनका लागि सर्न्दर्भ सामग्रीहरु
· नक्शा
· क्यालेण्डर
· ब्रोसर
· स्मरण चिनो निमन्त्रणाको लागि
· प्रमोशन गर्ने माध्यमहरु जस्तैः व्यानर, बोर्डहरु, कार्ड, हेन्स आउट, तस्बीरहरु, गीत, सँगीत, विज्ञापन, सँदेशहरु ।
७ सामाजिक प्रभाव
· आवश्यक भौतिक सँरचनाहरुको निर्माण ।
· आम मानिसमा पर्यटन सम्वन्धि चेतनाको विकास ।
· आम्दानीको श्रोत ।
· रोगगारीको सृजना ।
· समृद्धिको मार्ग स्पष्ट ।
· आफ्नो स्थान, भाषा, कला, सस्कृति र परम्परा प्रति गौरन्वानित अनुभुति प्रदान ।
· भाइचाराको विकास ।
· समाजिक एकता ।
· सभ्य समाजको निर्माण ।
तर यी यावत राम्रा पक्षहरु हुँदा पनि यसमा हामीले निम्न कुराहरुमा अत्यन्त ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।
क) आगन्तुकको भिषा
भिषा भएका व्यक्ति वैधानिक नै हुन्छन् यसकारण सो को निरीक्षण गरिनु पर्दछ ।
ख) स्वस्थ्यताको प्रमाणिकरण र्
पर्यटनलाई रोग र्सार्ने माध्यमको रुपमा पनि लिइन्छ । त्यसैले पर्यटक सँक्रमण कालिन देशबाट होस या अन्य देशबाट निरोगी तथा स्वस्थको प्रमाण पत्र को निरिक्षण ।
ग) कानुनले वर्जित गरिएका सामग्रीहरु जस्तौ लागुऔषध, दुर्व्यसनी, हातहतियार, वा अन्य फौजदारी कृयाकलापमा भए नभएको  प्रमाणिकरण ।
घ) विमा भए नभएको । नभए विमाको व्यवस्थापन ।
प्रकाशित मिति २०७५ भाद्र १६ गते
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *