टोखामा सांस्कृतिक पर्यटन यात्रा र सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार १४:२१

न्युज अफ टोखा – टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्यांकी बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ ।
‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा बिस्केट जात्राको तयारी भैरहेको अवस्थामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकार साथै स्थानीय अभियन्ताहरुको सहभागितामा ‘‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरिएको थियो ।
टोखा क्यब मिनी वाटर फन पार्कका अध्यक्ष सुशान्त डंगोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले टोखा कला, कौशल र शीपमा धनी रहेको उल्लेख गर्दै सकारात्मक सोचबाट समाजमा परिवर्तन हुन सक्ने कुरामा जोड दिनुभयो ।
पत्रकारहरुले सांस्कृतिक संरक्षित क्षेत्र टोखाको अवलोकन भ्रमण गरेको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशी र नेवाः पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितले टोखाको सांस्कृतिक सम्पदा संरक्षणमा हुँदै आएका र भैरहेका गतिविधिबारे बोल्नुभएको थियो ।
टोखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोलले स्वागत गर्नुभएको कार्यक्रममा नेवाः गुथि, न्यूयोर्कका निवर्तमान अध्यक्ष समीर महर्जन, उपाध्यक्ष विजयमान सिंह, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञानमाया डंगोल, वडा नम्बर ३ का अध्यक्ष सिंहराज श्रेष्ठ र योग गुरु हरिओम अधिकारी अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा टोखा सकारात्मक सोच समूह गठनको घोषणा पनि गरिएको थियो ।
कार्यक्रममा ब्लड एशोसिएशन नेपाल (ब्लोदान) का सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठले पनि नेवाः पत्रकार कोषलाई १० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको पुरा भिडियो यहाँ क्लिक गरी हाम्रो युटुव च्यानलमा हेर्नसक्नुहुनेछ ।

Facebook Comments

One Response to टोखामा सांस्कृतिक पर्यटन यात्रा र सहयोग रकम हस्तान्तरण

  1. Rajendra kumar shrestha Reply

    March 25, 2019 at 9:48 pm

    कार्यक्रम भब्य र रोचक लाग्यो। प्रमुख अतिथि वरिष्ठ पर्यटनविद कर्ण शाक्यज्यूले व्यक्त गर्नु भएको एक एक शब्द मनन योग्य थियो।
    अन्तिम हरफमा लेखिएको समाचारमा ब्लड डोनर्स क्लब नभइ ब्लड डोनर्स एशोसिएशन नेपाल ( ब्लोदान ) भएको जानकारी गर्द्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *