टोखा – बुढानिलकण्ठ “कवि सम्मेलन २०७५” सम्पन्न

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १३:५३

न्यूज अफ टोखा | मंसिर १५, टोखा र बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसर पारेर टोखा र बुढानिलकण्ठ नगरपालिकामा क्रियाशील अनलाइन सञ्चार माध्यामहरुको आयोजनामा पहिलो पटक कवि  सम्मेलन २०७५ सम्पन्न भएको छ ।


प्रकृति र संस्कृतिको संगम स्थलको रूपमा रहेका टोखा र बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्ने कवि तथा साहित्यकारहरुलाई एउटै मंचमा ल्याएर उहाँहरुका सृजनामा यि क्षेत्रको भुमिका र स्थानको वारेमा सामुहिक छलफल गर्ने अद्देश्यले काठमाडौं क्षेत्र – ५ (२) का प्रदेश सभा सदस्य दिपक निरौलाको पहल र संयोजनमा न्युज अफ टोखा , कपन अनलाइन , काठमाडौं खबर बिएसजि न्युजले उक्त कवि सम्मेलन को आयोजना गरिएको हो ।


ऐतिहासिक, प्राकृति, धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई व्यापक प्रचार प्रसार गर्दै टोखा र बुढानिलकण्ठ नगरपालिका प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक दिपक निरौलाले स्वागत मनतव्यका क्रममा बताउनु भयो ।

आफ्नो प्रदेशमा रहेको टोखा र बुढानिलकण्ठ नगरपालिका विविध दृष्टिकोणले सम्पन्न रहेको भन्दै यहाँको समुचित विकासका लागि एकृकीत विकासका नीति तथा योजना बनाई पेश गर्न सुझाव दिदै त्यसलाई राज्यको तर्फबाट हरतरहले सहयोग गरिने कार्यक्रमका प्रमुख अतिथि ३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बताउनु भयो ।
३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल प्रमुख आतिथ्य उक्त कवि सम्मेलनमा नयाँ तथा पुराना नामचलेका साहित्यकारहरुको उत्साह जनक सहभागिता रहेको थियो । बूढानिलकण्ठ मन्दिर परीसरमा  आयोजित उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल, बुढानिलकण्ठका मेयर उद्धव प्रसाद खरेलले समेत आआफ्ना कविता बाच्न गरेर सुनाएका थिए 

अधिकांश सर्जकहरुले आफ्नो सीर्जनामा आफ्नो भूगोलको सुन्दरता महोत्वको वयान गरिएको थियो भने देश र समाजमा भैरहेको विकृति र विसंगतिहरुको विषय समेत उठान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *