टोखा संस्कृति संरक्षण अध्ययन कार्यदलले नगरपालिकालाई बुझायो संरक्षण अवधारणा प्रतिवेदन

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १४:५०

टोखा संस्कृति संरक्षण अध्ययन कार्यदलले नगर उप्रमुख ज्ञानमाया डंगोललाई अध्ययन प्रतिवेन बुझाउदै ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राचीन वस्ती टोखाको जीवन्त कला, संस्कृति, साहित्य, सम्पादा, रीतिरिवाज तथा मूल वस्तीलाई प्रवर्द्नन तथा सम्वर्द्धनको अध्ययन गर्नका लागि गठित टोखा संस्कृति संरक्षण अध्ययन कार्यदलले  नगरपालिकालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

आज टोखा नगरपालिकाको कार्यालयमा टोखा संस्कृति संरक्षण अध्ययन कार्यदलका संयोजक गणेशमान श्रेष्ठले उपप्रमुख ज्ञानमाया डंगोल तथा कार्यकारी अधिकृतलाई कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।

प्राचीन सभ्यता बोकेको वस्ती टोखाको नामबाट टोखा नगरपालिकाको नामाकरण गरिएको यस नगरपालिकाले गत आर्थिक वर्षको नगर परिसदबाट टोखाको मूल वस्तीलाई संरक्षित क्षेत्र घोषणा गरेको थियो । यसै संरक्षित क्षेत्रको बहुआयामिक क्षेत्रको संरक्षण सम्वद्धन तथा प्रवर्द्धन गर्न  गणेश मान श्रेष्ठको संयोजकत्वमा पाँच सदसीय टोखा संस्कृति संरक्षण अध्ययन कार्यदलको गठन गरिएको थियो ।

टोखाको मूल वस्ती भित्र रहेका जीवन्त तथा लोपोउन्मुख संस्कृति सम्पदाहरुका पछिल्लो अवस्थाका बारेमा अध्ययन अवलोकन गर्नुका साथै विभिन्न जिम्मेवारी व्यक्तित्व तथा गुठीहरुसँगको प्रत्यक्ष अन्तक्रिया गरी अध्ययन प्रतिवेदन तयार गरिएको अध्ययन कार्यदलका संयोजक गणेशमान श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाले घोषणा गरेको संरक्षित क्षेत्रको दीर्घकालिन हित र बिकासकालागि पर्यटनसँग जोडेर आर्थिक रुपमा सवल बनाउन सकिने भएकाले अध्ययन कार्यदलले नगरपालिकालाई  अधिकार प्राप्त बिकास समितिक गठन गर्नु पर्ने अवधारणा समेत सुझावको रुपमा दिएको अध्ययन कार्यदलका सदस्य दीपेन्द्र श्रेष्ठले बताउनु भयो ।

अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन भोलि नगरपालिकाको परिसदमा प्रस्तुत गरिनेछ ।

उक्त अध्ययन कार्यदलमा बिजेन्द्र श्रेष्ठ नगरप्रतिनिधि सदस्य (प्राविधिक शाखा प्रमुख), सत्यनारायण डंगोल नगरप्रतिनिधि सदस्य (कानूनी सल्लाहकार), मनिष जोशी र हरि नारायण श्रेष्ठ सदस्य रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *