संस्कृति / सम्पदा

सिला चर्‍हेया महिमा (शिवरात्रिको महिमा) भिडियो सहित

सिला चर्‍हेया महिमा (शिवरात्रिको महिमा) भिडियो सहित

काठमाडौं । हिन्दु धर्मावलिहरुले शिवरात्रिलाई विशेष रुपमा मनाउने गर्दछ । हिजो टोखामा पनि हर्षोल्हासका साथ सिला चर्‍हे (शिवरात्रि) मनाएको छ । साँझको झिसमिसेमा आफ्ना छरछिमेकहरु मिलेर ग्वं (धुनि) बालेर सिलचा बस्ने गर्दछ । टोल बस्ती तथा मन्दिरहरुमा छरछिमेकिहरु मिलेर आगो ताप्दै नाचगान गरेर हर्षोल्हासका साथ मनाउने गर्दछ । यस दिन टोखाको चण्डेश्वरी परिसरमा रहेको मुखारेश्र्वर महादेवको अगाडी विशेष धुनि बाल्ने गरिन्छ मानौ एउटा जात्रा नै । यसका साथै टलपाछीमा रहेको महादेवको मन्दिरमा पनि सिलचा बस्ने गर्दछ । यस दिन राति मौलिक लोक भाका गाउदै सामुहिक नाचगान गरी नगर परिक्रमा समेत्न गर्ने गर्दछ । यस दिन राति अागो टाप्दै प्रसादको रुपमा छुस्या (भुटेको गँहु) मुस्या (भुटेको भतमास) र लबा(लसुन) खाने गर्दछ ।टोखामा छिमेकिहरु प्रतिको स्नेह र आत्मीयतादेखिने पर्वको रुपम...

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

आज माघ शुक्ल पूर्णिमा यस दिनलाई टोखामा हरमार पूर्णि हरमार जात्राका रुपमा विशेष उत्सवका रुपमा मनाईदै आइरहेको छ । यस दिन चण्डेश्वरी मन्दिर परिसरवाट परम्परागत विशेष साँस्कृतिक झाँकी सहित टोखा नगर परिक्रमा गरी हर्षोल्हासका साथ मनाइने गर्दछ । हरमार भजन गुथिको नेतृत्वमा यस दिन चण्डेश्वरी मन्दिर परिसरमा जात्रामा सहभागि हुन ईच्छुकहरु जम्मा भई विधिवत रुपबाट नित्य पूजा गरी जात्राको आरम्भ गरिन्छ । र नगर परिक्रमा अगाडी बढ्छ । यस जात्रामा अग्रस्थानमा धिमे र प्वः बाजा रहन्छ । साना कुमाराहरु महादेवको प्रतिक हातमा शंख बोकि विशेष पहिरन पहिरि जात्रामा सहभागि हुन्छन । यिनिहरुको दाँयाबाँया कलशले जल छर्कनेहरु हुन्छन । कोहि म्होः दायगु अर्थात दण्डवत् (लट्ठी जस्तै ढले) को ढाँचामा नमस्कार गर्नेहरु रहन्छ । यसरी दण्डवत् गर्नेहरु पुरुष हुने गर्दछ । उनीहरुको अगाडी ...

'इहि' भ्रम र यथार्थ

'इहि' भ्रम र यथार्थ

न्युज अफ टोखा ,२०७४ माघ ६ शनिवार । इहि को शाब्दिक रुपान्तरण ‘बेलबिबाह’ हैन । ‘बेल’ उक्त समारोहमा साक्षिमात्र हो, तर डेडअक्कल पण्डितका ब्याख्या सुन्नेहरु, मनगढन्त व्याख्यामा रमाउनेहरु र गहिराइ बुझ्नु भन्दा लहलहैमा बग्न रुचाउने बहुसंख्यक नेवारहरु समेत अझै पनि ‘इहि’ लाई “बेलबिबाह“ कै रुपमा लिन्छन । छोटकरीमा भन्नु पर्दा ‘इहि’ नेवार समाजको आधारशीला रहेको दशकर्म बिधिको एक महत्वपूर्ण कर्म हो । नेवार समाज दर्शन कर्म र तन्त्रमा आधारित छ, जसले उनीहरुलाइ कर्मयोगी बनाउने उत्प्रेरणा दिन्छ । जीवनको परिवर्तित जिम्मेवारी र आवश्यकता बोध गराउने ती कर्म मध्य ‘इहि’ ले छोरी÷चेलीलाई आमाबुबाको ममता घेराबाट बाहिर ल्याउने अनुमति दिन्छ र त्यहाँ देखि जीवन–अध्ययन शुरुवात हुन्छ । यसरी अध्ययन शुरु गर्दा अनेक चुनौति र खतरा सामना गर्नु पर्ने हुनाले ...

आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै

आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै

माघे संक्रान्तिलाई मकर संक्रान्ति, थारु समुदायले माघी पर्व, मैथीलीभाषीहरुले तिला संक्रान्ति, नेवार समुदायले घ्यः चाकु सल्हु जस्ता नामहरुबाट समेत मनाउँदछन् । न्युज अफ टोखा २०७४ माघ १ । हाम्रो देश नेपाल भौगोलिक विविधताले भरिएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । यहाँ बसोबास गर्ने भिन्न जातीय समुदायहरुको आ–आफ्नै धार्मिक, परम्परागत, सामाजिक, सांस्कृतिक चाडपर्व र रीतिरिवाजहरु पाइन्छ । आज माघ महिनाको पहिलो दिन परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर धुमधामसँग मनाइँदैछ । माघे संक्रान्तिलाई मकर संक्रान्ति, थारु समुदायले माघी पर्व, मैथीलीभाषीहरुले तिला संक्रान्ति, नेवार समुदायले घ्यः चाकु सल्हु जस्ता नामहरुबाट समेत मनाउँदछन् । नेपालमा चाड अनुसारको भिन्न भिन्न परिकार खाने बिशेष चलन रहेको छ । असार १५ मा दही चिउरा, श्रावण १५ मा ...