मनोरञ्जन

सुरजवीरको  ‘दोहलपा’  गीतिसंग्रह सार्वजनिक

सुरजवीरको ‘दोहलपा’ गीतिसंग्रह सार्वजनिक

आईत, चैत ११, २०७४,। सुरजवीर बज्राचार्यको एकल स्वरमा रहेको ‘दोहलपा’ नेपालभाषाको गीतिसंग्रह सार्वजनिक भएको छ । गत शुक्रबार राष्ट्रिय नाचघरमा भएको बूदिंया भिंतुना म्ये कासाको टप फाइप घोषणा तथा साँगीतिक साँझ कार्यक्रममा वरिष्ठ संगीतकार अमरराज शर्मां, सुरजवीरका पीता चित्रवीर बज्राचार्य, इलाेहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्यले बिमोचन गरेका थिए । उक्त गीतिसंग्रहमा सुरजवीरले निभाः म्ये प्रतियोगितामा उत्कृष्ट गायकको पुरस्कार जीतेको वरिष्ठ संगीतकार शर्मांको रचना तथा संगीतमा ‘तसकं यःम्ह’ समावेश भएको छ । बज्राचार्यकै रचनामा हिपहप ‘नेवाः अधिकार’, लोकप्रीय गितारवादक फिरोज बज्राचार्यको संगीत तथा गायक स्वयमकै रचना‘आः जिं लिफः स्वयाः’, धर्मकृष्ण सिकर्मीको रचना तथा संगीत ‘म्हगसय् वयाः’ र ज्ञानेश्वर निभाःको स्वरमा अत...

बलिउडमा हिरोइन बन्न धेरै मेहनत गर्नुपर्छः कविना महर्जन

बलिउडमा हिरोइन बन्न धेरै मेहनत गर्नुपर्छः कविना महर्जन

बलिउडको रंगीन संसारमा पछिल्लो समय अर्को नेपाली युवतीले अवसर पाइरहेकी छिन । नेपाली मोडलिङको क्षेत्रमा सक्रिय वानेश्वरकी कविना महर्जनले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘वान नाइट आउट’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रको रिलिज तयारीसँगै उनले अरु दुई हिन्दी फिल्ममा साइन गरेकी छिन् । बलिउड स्टार रणवीर कपुरसँग स्क्रिन सेयर गर्ने गरी हालै मात्र उनले ‘गान्धी चोक’ नामक चलचित्रमा हस्ताक्षर गरेकी छिन भने तेस्रो लिङ्गीको कथामा बन्न लागेको अर्को हिन्दी चलचित्र ‘उपेक्षा’मा पनि उनी लिड रोलमा देखिदै छिन् । सडक बालबालिकाको लागि बनेको उनी अभिनित चलचित्र ‘वान नाइट आउट’ सामाजिक चलचित्र हो । विगत केही वर्षदेखि बलिउडमा ‘कविना रानी’ को उपनामले उनी चिनिन्छन् । नेपालमा रहँदा स्टेज सो, म्युजिक भिडियो तथा मोडलिङमा सक्रिय थिइन । उनै कविना महर...

धरापमा अनमोलको स्टारडम

धरापमा अनमोलको स्टारडम

एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए । कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन् । यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिशामा छु या गलत, मलाई ठम्याउनै मुस्किल पर्छ । त्यसैले म आफ्नो परिवार र साथीहरुको सुुझावलाई निकै गम्भीरतापूर्वक लिन्छुु किनभने उनीहरु नै हुन्, जसले मलाई जमिनमै टिकाइरहन्छन्, हावामा उड्न दिँदैनन् ।’  नेपालमा अहिले जताततै अनमोल केसीको चर्चा छ । उनकै हाइहाइ छ । फिल्म इन्डस्ट्रीसँग जोडिएका बहुमत अहिले उनीसँग काम गर्न लालायित छन् । उनी नेपाली फिल्मका दर्शकल...

पोखरा थिएटरको उद्घाटन आज, आजदेखिनै नाटक ‘सिरुमारानी’ मञ्चन हुने

पोखरा थिएटरको उद्घाटन आज, आजदेखिनै नाटक ‘सिरुमारानी’ मञ्चन हुने

आज फागुन २ गतेदेखि प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर औपचारिक रुपमा  सञ्चालनमा आउने भएको छ । थिएटरको राष्ट्रिय स्तरका नाट्यकर्मीको उपस्थितीमा कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले उद्घाटन गर्ने थियटर अध्यक्ष परिवर्तनले जनाए। थिएटर उद्घाटन समारोहमा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, कलाकार दयाहाङ राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठ लगायत सहभागी हुदैछन्। दिउँसो ३ बजे थिएटरको उद्घाटनसँगै साँझ पौने पाँच बजेबाट बहुप्रतिक्षित नाटक ‘सिरुमारानी’ मञ्चन हुनेछ । यो नाटक मञ्चन सँगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वर्षौदेखिको सपना पुरा हुनेछ। नाटक फागुन २ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर...

औपचारिक रुपमा बक्स अफिस शुरु

औपचारिक रुपमा बक्स अफिस शुरु

काठमाडौ– नेपाल चलचित्र बिकास बोर्डले ७ फाल्गुनदेखि लागू हुनेगरी बक्स अफिस प्रणाली ‘इ टिकेटिङ’ शुरु गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले ‘इ टिकेटिङ’ शुरुको शुभारम्भ गरे ।  कार्यक्रममा सुचना तथा सञ्चार मन्त्री बस्नेतले बक्स अफिस प्रणाली आफ्नै कार्यकालमा लागु भएकोमा खुसी प्रकट गरे ।  बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी कार्यक्रममा उपस्थित रहेका थिए ।  बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ । जसको सञ्चालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहवले गर्नेछ । यस्तै उपत्यका बाहिर सञ्चालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ । इ टिकेटिङ सिष्टम बैशाख १ देखि उपत्यकाको सम्...

विश्वकै सबैभन्दा महँगो चलचित्रको छायाँकन सुरु, यसको बजेटले निर्माण हुन्छसक्छ  १० वटा बाहुबली  !

विश्वकै सबैभन्दा महँगो चलचित्रको छायाँकन सुरु, यसको बजेटले निर्माण हुन्छसक्छ १० वटा बाहुबली !

काठमाडौँ । सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो । चलचित्रका निर्देशक जेम्स क्यामरुनले एक काल्पनिक कथामा चलचित्र निर्माण गरेका थिए । चलचित्रमा पृथ्बी र अर्काे ग्रहको कथा बुनिएको छ । दर्शकले चलचित्रलाई रुचाए । विश्वरभरबाट चलचित्रले तारिफ समेत बटुल्न सफल रह्यो । सफलतासँगै चलचित्रको सिक्वेल बन्ने चर्चा चलेको थियो । चलचित्रका निर्देशक जेम्स पनि अवतारको भन्दा राम्रो कथाको खोजी गरिरहेका थिए । निर्देशक जेम्सले चलचित्रको सिक्वेल अहिले सुरु गरेको समाचार बाहिर आएको छ । चलचित्र थ्रिडीको रुपमा निर्माण हुने र विश्वकै सबैभन्दा महँगो चलचित्र बन्ने दाबी गरिएको छ ।  चलचित्रको निर्माण लागत एक अर्ब डलरभन्दा बढी ला...

‘चेज बूदिंया भिंतुना’ कभर गीतका १२१ जना प्रतियोगिहरु सम्मानित

‘चेज बूदिंया भिंतुना’ कभर गीतका १२१ जना प्रतियोगिहरु सम्मानित

काठमाडौं । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगिताका १२१ जना सहभागिहरुलाई सम्मान गरेको छ । पेजथ्रीका प्रकाशक इलोह प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले सहभागि प्रतियोगिहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै गरी लोक गायक रत्न वेहोसी तथा विरिष्ठ गायक जुजुकाजी रञ्जित लगायतले बधाई दिएका थिए । कार्यक्रमा बोल्दै प्रमुख अतिथि दुर्गालाल श्रेष्ठले यस गीतले नेपालभाषाको संगीत क्षेत्रमा नयाँ पुस्तालाई भित्र्याउने काम भएको भन्दै गायक तथा रचनाका सुरजवीर बज्रचार्य तथा संगीतकार जुगल डंगोललाई विशेष धन्यबाद दिएका थिए । यस कभर गीत प्रतियोगिताले मनोवैज्ञानीक ...