स्वास्थ्य / जीवनशैली

फास्टफूड प्याकिंग बक्स स्वास्थ्यका लागि निकै हानिकारक,सिन्थेटिक केमिकलले हुन सक्छ क्यान्सर

फास्टफूड प्याकिंग बक्स स्वास्थ्यका लागि निकै हानिकारक,सिन्थेटिक केमिकलले हुन सक्छ क्यान्सर

हामी सबैलाई थाहा भएको कुरा हो फास्टफूड हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । यदि तपाईँपनि फास्टफूड खान निकै रुचाउनु हुन्छ र विभिन्न अध्ययन अनुसन्धानका बाबजुद पनि केहि न केहि खाइ राख्नु हुन्छ भने यो धेरै नै गम्भिर विषय हो । केहि व्यक्तिले आफ्नो यो बानीलाई राम्रो भनेर अरुलाई सन्तुष्ट पार्न खोज्छन् कि राम्रो गुणस्तर भएको फास्टफूड खाने गरेको छु तर यसले तपाईको स्वास्थ्यलाई केहि राम्रो भने हुँदैन । फास्टफूड कसरी बन्दैछ, फास्टफूड बनाउनमा कस्ता गुणस्तर भएका तत्वहरुको प्रयोग गरिन्छ, यि सबै कुराका बाहेक त्यसको प्याकिगं कसरी हुने गरेको छ त्यो विषय महत्वपूर्ण हुन्छ । किनकी फास्टफूडको प्याकिगंले हाम्रो स्वास्थ्यलाई खतरा हुन सक्छ । एक अध्ययनका अनुसार फास्टफूड भन्दा पनि त्यसको प्याकिगं खतरनाक हुन सक्छ । प्याकिगंका लागि प्रयोग हुने प्लास्टिक, फोइल...

मास हिस्टेरिया के हो ?

मास हिस्टेरिया के हो ?

यो एक अनौठो रोग हो जस्मा एकैचोटी धेरै मानिसहरु एकै प्रकारको लक्षण देखाई विरामी पर्दछन । खासगरी काम्ने ढल्ने वेहोस हुने, श्वाासफेर्न गाहे हुने र आत्तिने आदी लक्षणहरु देखिने गर्छ । भदौ महिनाको पहिलो साता अचानका खवर आयो एउटा दुर्गम गाउँमा स्कुले छात्रहरुमा एकै चोटी नयाँ रोग देखा प¥यो । आत्तिने, डराउन,े श्वास बढने, कराउने अनि ढल्ने र बेहोस हुने एक पछि अर्को छात्रामा सर्दै गए जस्तो देखिने ठुलो भिडमा रोग आफै वढ्ने विरामीलाई सम्हाल्न नै गाहे भयो यो नयाँ रोग मास हिस्टेरिया थियो । धेरै मानिसहरु एकै चोटी देखिने मनोवैज्ञानिक समस्या जसमा शारिरिक लक्षण देखिन्छ यसलाई मास हिस्टेरिया भनिन्छ वा यसलाई मास कन्र्भसन डिसअर्डर भनिन्छ ।मास हिस्टेरियाको कारण के हो ?यसमा मानिसमा एक प्रकारको डर पैदा हुन्छ जस्ले गर्दा जव कुनै मानिसमा कुनै लक्षण देखियो अर्को मानिसमा पनि त्...

पानी कति पिउने र कसरी पिउने ?

पानी कति पिउने र कसरी पिउने ?

-डा. रबिनलाल श्रेष्ठ | पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरु सम्भव हुँदैनन् । शरीरका क्रियाहरुमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य ब्रि्रन्छ । तर्सथ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । पानी पिउनु किन आवश्यक ? शरीरले क्रियाहरु गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ । शरीरभित्रका हरेक क्रियाहरुको लागी पानी अत्यन्त आवश्य...

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहार

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहार

टोखा नगरपालिका २ वडा साविक चण्डेश्वरी गाविसमा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुविधा तथा व्यवस्थापनमा अपत्यारिलो ढंगबाट सुधार भईरहेको छ । फाटफुट मात्र विरामीहरु आउने गरेको स्वास्थ्य केन्द्रमा बिगत १ वर्षा विरामीहरुको चाप अत्याधिक बढेको देखिन्छ । कारण स्वास्थ्य केन्द्रले आफ्नो सेवा तथा सुविधालाई गुणस्तरीय, विश्वसनीय र सन्तोषजनक बनाएकाले नै अहिले बिरामीहरु उक्त स्वास्थ्य केन्द्रमा जचाँउन आउने गरेका हुन । स्वास्थ्य केन्द्रले पुवाधार र आर्थिक अभावमा पनि सिमित स्रोत र साधनको उच्चतम प्रयोग गरी सेवाग्राहीहरुलाई सेवा दिदै आईरहको छ । टोखा चण्डेश्वरी स्वास्थ्य चौकीबाट बिक्रम संवत २०५४ श्रावण महिनाबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तर उन्नती भएको थियो । विभिन्न आरोह अवरोहहरु पार्रगर्दै आजको दिनसम्ममा आईपुग्दा ...

अनिद्राको पिरलो

अनिद्राको पिरलो

के तपाईंलाई निदाउन गाह्रो छ? के तपाईंलाई निदाइरहन गाह्रो छ? के तपाईं मध्यराति वा बिहानीपख बिउँझेपछि फेरि निदाउन समस्या छ? यदि यीमध्ये कुनै पनि समस्या छ भने बुझिलिनुस् तपाईंलाई कुनै न कुनै खालको अनिद्राको समस्या छ।  त्यसो त अनिद्रालाई साधारण तवरले लिने गरिन्छ। जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ। नवजात शिशुका लागि दिनको १९ घण्टा, ५ वर्षसम्मका बालबालिकाका लागि ९ घण्टासम्मको निद्राको आवश्कता भएपनि वयस्कहरूका लागि ठ्याक्कै कति घण्टा निदाउनुपर्ने आवश्यक छ प्रस्ट भने छैन। तर पनि कतिपय अध्ययनबाट निद्राको अवधि र मानिसको आयुबीच सम्बन्ध रहेको पाइयो। जस्तै राति साढे ४ घण्टाभन्दा कम र साढे ७ घण्टाभन्दा बढी सुत्ने मानिसको आयु छोटिएको पाइयो। नियमित रूपमा साँढे ८ घण्टाभन्दा बढी सुत्ने मानिसको मृत्युदर १५ प्रतिशतले बढेको पाइयो। त्यसो भए...

एड्सजस्तै खतरनाक रोग ‘हेपाटाइटिस बी’ बाट बच्ने कसरी ?

एड्सजस्तै खतरनाक रोग ‘हेपाटाइटिस बी’ बाट बच्ने कसरी ?

संसारमा सबैभन्दा खतरनाक रोग भनेर एड्सलाई चिनिन्छ । किनकी एड्सको कुनै उपचार छैन र यसले अवश्यम्भावीरुपमा मानिसलाई मृत्यूतर्फ धकेल्छ । यद्यपि यहाँ हामी एड्सको चर्चा गर्न गइरहेका छैनौं । एड्सजस्तै खतरनाक अर्को रोगको चर्चा गर्दैछौं, जसको उपचारमा थोरै मात्र ढिला भए पनि मानिसको मृत्यू हुन सक्छ । यो रोग हो हेपाटाइटिस बी । हेपाटाइटिस बी रोग विभिन्न कारणले लाग्छ । संक्रमित सूई वा ब्लेडको प्रयोग र असुरक्षित यौनसम्वन्ध यसका प्रमुख कारण हुन् । संक्रमित आमाको गर्भमा रहेको बच्चामा पनि यो रोग सर्न सक्छ । यसका अलावा ब्लड ट्रान्सफ्यूजन वा अंग प्रत्यारोपण गर्दा राम्ररी जाँच भएन भने पनि हेपाटाइटिस बी हुन सक्छ । तर, एउटा कुरा सँधै ध्यानमा राख्नुपर्छ कि अंगालो मार्दा, हात मिलाउँदा, खोकी वा हाछ्यूँ गर्दा हेपाटाइटिस बी सर्दैन । यो भाइरस एचआइभी भाइरसभन्दा ५० देखि १०० ...

रक्तदानले बचाउँछ हृदयाघातबाट

रक्तदानले बचाउँछ हृदयाघातबाट

रक्तदानलाई जीवनदान पनि भनिन्छ । कसैले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, कतिपय मानिसले यसबारे गलत धारणा राख्छन् । रक्तदानले बिरामी, शरीर कमजोर बनाउनेजस्ता गलत धारणा राख्छन् । तर, रक्तदानले त शरीरलाई फाइदा पु-याउँछ । यी हुन् रक्तदानका फाइदा : ०  रक्तदान गर्ने मानिसमा हृदयाघातको सम्भावना कम हुन्छ । रक्तदान गर्दा शरीरमा रगत जम्ने सम्भावना कम हुनुका साथै रगत पनि पातलो हुन्छ र हृदयाघातको समस्याबाट बच्न सकिन्छ । ०  रक्तदानले तौक कम गर्न पनि भूमिका निर्वाह गर्छ । जसका लागि हरेक वर्ष दुईपटक रक्तदान गर्नुपर्ने हुन्छ । ०  रक्तदानले शरीरमा इनर्जी भर्ने काम गर्छ । रक्तदानपछि शरीरमा नयाँ रगतका सेल्स निर्माण हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ । ०  रक्तदान गर्दा कलेजोसँग सम्बन्धित समस्याबाट प...

यसरी निको हुन्छ पायल्स

यसरी निको हुन्छ पायल्स

मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो अवस्था तुलनात्मक रूपमा बढी जटिल हुन्छ । यसरी गर्न सकिन्छ पायल्सको उपचार : ०  दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ । ०  पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन । ०  यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्द...